Saturday, October 31, 2020

गुलियो चकलेटभित्रको नमीठो खेल

निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग साँठगाँठ

मनबहादुर बस्नेत

२० जेष्ठ २०७७ 

विशाल ग्रुपका सञ्चालक अनुज अग्रवाल र अर्थमन्त्री युवराज खतिवडा । 

 
दुई वर्षअघि । जेठकै महिना थियो । ठूलाठूला परियोजनामा पैसा जुटाउन स्थापित पूर्वाधार विकास बैंक ९निफ्रा० ले सञ्चालन अनुमतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दियो । तर राष्ट्र बैंकले लामो समय निर्णय नगरी अल्झाइरह्यो ।

यो उल्झनको केन्द्रमा थिए, अर्थमन्त्री युवराज खतिवडा

Friday, October 30, 2020

न्यायको ढोकामा पनि दलित अछूत ?

छरछिमेक, स्थानीय निकाय, राजनीतिक दल, प्रहरीदेखि अदालतसम्म न्यायिक प्रक्रियाका बाधक

मनबहादुर बस्नेत

१५ जेष्ठ २०७७

हालै रुकुममा भएको घटनामा ज्यान गुमाएका जाजरकोटका नवराज विकका शोकाकुल परिवार र आफन्तजन ।  इकान्तिपुर

काभ्रे पाँचखाल प्रहरी कार्यालयमा भेला भएका केटीका आफन्तले प्रहरीकै सामु पोते चुँडाइदिए । सिन्दूर पुछिदिए । उमेर नपुगी विवाह गरेको भन्दै १५ वर्षीया किशोरीलाई बाआमाको जिम्मा लगाइदियो, प्रहरीले । सोही दिन पाँचखालकै दलित परिवारका अजित मिजारले बाहुन परिवारकी किशोरी भित्र्याएको तीन दिन मात्र भएको थियो । त्यो दिन थियो, २८ असार ०७३ ।

प्रहरीले केटा र केटी दुवै पक्षलाई छलफल गराएर अभिभावकको जिम्मा लगाउँदा युवती जान मानिरहेकी थिइनन् । लछारपछार पार्दै अगाडि लगाएपछि युवतीले रुँदै अजितलाई परसम्म पुग्दा पनि भनिरहेकी थिइन्, केही हुँदैन । म आउँछु ।

युवती आउनुअघि नै अजित नफर्किने गरी गए

सीमा सुरक्षा : कहाँ चुक्यो सशस्त्र प्रहरी ?

जिम्मेवारीअनुसार विशिष्टीकृत जनशक्ति बनाउने डेढ दशक समय खेर फाल्दाको प्रतिफल

 मनबहादुर बस्नेत

११ जेष्ठ २०७७ 

नेपाल–भारत सीमानामा पर्ने बैतडीको झुलाघाटमा पहिलोपटक स्थापित सशस्त्र प्रहरीको सीमा निगरानी चौकी  ।  विनोद सिंह विष्ट

नेपाली भूमि मिचिएको हिमाली उपत्यका कालापानीको छिमेकी गाउँ छाङरुमा वैशाख अन्तिममा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोस्ट ९बीओपी० बसाल्यो । त्यसको दुई सातापछि डडेल्धुरामा २ र बैतडीमा अर्को बीओपी तैनाथ गर्‍यो । योसहित देशभर बीओपी संख्या १ सय २४ पुगेको छ । सीमा निगरानी गर्ने यस्ता पोस्ट चाँडै ५ सयभन्दा बढी पुर्‍याउने गृह मन्त्रालयको तयारी छ ।

बीओपीको संख्या बढाउने योजना झट्ट नियाल्दा सीमा सुरक्षामा सशस्त्र प्रहरीलाई केन्द्रीकृत गरेजस्तो देखिन सक्छ । तर द्वन्द्व समाप्तिपछिको डेढ दशक बित्दासम्म पनि यो फौजभित्र सीमा सुरक्षाको विशिष्टीकृत जनशक्ति छैन ।

Even as Kathmandu protests Indian encroachment, Darchula depends on India

For locals in Darchula, reclaiming Nepali territory from India will not mean much unless the state finally pays attention to its citizens and the conditions they live in.

Even as Kathmandu protests Indian encroachment, Darchula depends on India

A motorable track opened by India on the Mahakali banks linking Gunji, Kalapani. RSS
bookmark
Man Bahadur Basnet
Published at : May 20, 2020
With the onset of winter every year, the residents of Chhangru and Tinkar villages in Darchula’s Byas Rural Municipality descend to district headquarters Khalanga to avoid the cold. When spring arrives, they return to their villages and their fields, ready for the new plantation season.
Ashok Singh Bohara, chairperson of the rural municipality’s Ward No 1, makes this same journey every year with his family. If all goes well, he is generally back in Chhangru by April. But things haven’t so gone well this year.
Nearly two months into the lockdown, around 400 individuals from these two villages, including Bohara, remain in Khalanga, waiting to make their way home. Chhangru, Tinkar and Khalanga are all Nepali territory but getting from one to the other requires traversing through India, as there are no roads or foot trails on Nepali land.

कसले पो सुनिदेला कालापानीवासीको मर्का ?

कालापानीको नेपाली भूमि भारतीय कब्जामा पुगेको कुरा राष्ट्रिय राजनीतिमा चर्कोसँग उठे पनि त्यहाँ बाँचिरहेका नागरिकको दैनिक व्यथाले भने विरलै ठाउँ पाउँछ

  • मनबहादुर बस्नेत

३ जेष्ठ २०७७ 


३ जेष्ठ २०७७ ब्यास गाउँपालिका १ स्थित कालापानीमा अतिक्रमण गरी भारतले बनाएको सैनिक बंकर । वर, लिपुखोलाको मोटररेबल पुल ।  मनोज बडू

जाडो छिप्पिन थालेपछि सधैझैं कात्तिकमै सपरिवार सदरमुकाम खलंगा ओर्लिए, दार्चुला छाङरुका अशोक सिंह बोहरा । बोहरामात्र होइन चिसो छल्न वर्षेनी यसरी तल्लो भेगमा सर्लक्कै उठेर छाङरु र टिंकर गाउँ बसाई हिँड्छ, ६ महिनाका लागि ।

वडा अध्यक्षसमेत रहेका बोहरासहितका गाउँले गत सालजस्तो हुन्थ्यो भने चैतको अन्तिमदेखि वैशाखको पहिलो हप्तासम्म आफ्नै थातथलो फर्किएर खेतपाती, बन्दव्यापार र पशुपालनमा भुलिसकेका हुन्थे । तर यसपाली उनीहरु सदरमुकाममै गाउँ उक्लने दिन पर्खिरहेका छन् ।

कोभिड–१९ भाइरस संक्रमणका कारण नेपाल–भारत नाका बन्द भएपछि छाङरु र टिंकरका बासिन्दा खलंगामै थुनिएका हुन् । व्यास गाउँपालिका वडा नम्बर १ को यी दुई गाउँमा १ हजार २ सय ३० जनसंख्या छ । त्यसमध्ये कतिपय काठमाडौं, भारत र सदरमुकाममै बस्छन् । ४ सयभन्दा धेरै भने उपल्लो थलो उक्लिने आशामा छन् । तर, भारतीय र चिनियाँ सीमावर्ती यी दुई गाउँ पुग्न भारतीय भूमि भएर जानुपर्छ ।

महामारीको मौका छोपेर सशस्त्रको दरबन्दी बढाउने दाउ


कार्यप्रकृति प्रतिकूल संगठन विस्तार र कार्यादेशबाहिर खटिने परिपाटी नसुधारी संख्या बढाउँदा ढुकुटीमा भार मात्रै

मनबहादुर बस्नेत

३० वैशाख २०७७ 

कैलालीको भजनी नगरपालिका –५ स्थित भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको तापक्रम मापन गरिँदै ।  प्रकाश मिश्र

एक दशक लामो हिंसात्मक द्वन्द्व समाप्तिपछि सशस्त्र प्रहरी बल ९एपीएफ० ले सीमा सुरक्षाको जिम्मा पायो, ०६३ मा । सरकारले काम सुम्पिएको डेढ दशकपछि बल्ल यो फौजको जिम्मेवारीले ठूलो चर्चा पाएको छ । चर्चाको कारण विश्वव्यापी कोरोना भाइरस र भारतले नेपाली भूमि मिचेर दार्चुलाको लिपुलेकमा निर्माण गरेको सडक बनेका छन् । 

कोरोना फैलिएसँगै भारत र नेपाल दुवैले नाका सिल गरेपछि नेपाल भित्रिने थुप्रै सीमा क्षेत्रमा छन्, जसलाई छिर्न नदिनु एपीएफको प्रमुख दायित्व छ । अर्कोतिर सीमा मिचेर नेपालमा बनाएको सडक नयाँ दिल्लीले उद्घाटन गरेपछि पुन: बहसमा आएको सीमा रक्षामा समेत एपीएफ जोडिएको छ ।

भारतले नेपाली भूमि हुँदै चीन जोड्ने सडक बनाएर उद्घाटन गरेपछि बल्ल दार्चुलाको छाङ्ग्रुमा यसअघि नै स्थापना गर्ने भनिएको बोर्डर आउट पोस्ट (बीओपी)

हाइप्रोफाइलविरुद्ध मुस्किलले उजुरी दर्ता, तर अनुसन्धानमा मौनता

सत्ता निकट हाई–प्रोफाइल व्यक्ति संलग्न प्रकरणको अनुसन्धानमा देखिएको आनाकानीले प्रहरीप्रति नै सन्देह

  • मनबहादुर बस्नेत

२४ वैशाख २०७७ 

जिल्ला सरकारी वकिल कार्यालय । र, दर्ता उजुरी ।  हेमन्त श्रेष्ठ


इन्स्पेक्टरदेखि आइजिपीसम्मको जागिरे यात्रामा सर्वेन्द्र खनालले कति उजुरी लिए र त्यसलाई टुंगोमा पुर्‍याए, सायद भुलिसके । तर प्रहरी कार्यालयमा उजुरी बोकेर आउनेहरूको अनुहारमा छचल्किएका दुस्ख र पीडाभाव भने पक्कै उनको विस्मृतिबाट बिलाएको छैन ।

जीवनभर अरूका पीडा छामेर राहत दिएका पूर्वप्रहरी महानिरीक्षक खनाल २२ वैशाख दिउँसो सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठसहित राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी बोकेर पुगे ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलगायतले ट्वीटरमा लेखेको कुराले आफ्नो मानमर्दन भएको भन्दै खनाल, बस्नेत र श्रेष्ठ उजुरी दिन आयोग पुगेका थिए । जसपा (यसअघि संघीय समाजवादी पार्टीमा आबद्ध) का सांसद डा सुरेन्द्र यादवलाई आपसी सल्लाहमै महोत्तरीदेखि काठमाडौँ ल्याए पनि अपहरण गरेको आरोप लगाएर सामाजिक मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै आयोगमा निवेदन दिएका हुन् ।

अचम्म के भने सोही दिन यसअघि

स्वास्थ्य सामग्री खरिदमा जेलियो जंगी अड्‌डा

महिना दिन नाघिसक्दा पनि कोरोना उपचार स्वास्थ्य सामग्री ल्याउन नसक्दा जंगी अड्डा अप्ठेरोमा 

  • मनबहादुर बस्नेत

नेपाली सेनाको मुख्यालय । फाइल तस्बिर । इलिट जोशी

१९ वैशाख २०७७ 

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसको संकट हिमाली मुलुकमा फैलन नदिन सायद सरकारले स्वास्थ्य सामग्री छिट्टै ल्याउन खोजिरहेको थियो । हतारो र संवेदनशीलता देखाउनै सरकारले स्वास्थ्य सेवा विभागले निकालेको टेन्डरसमेत रद्द गरेर कोरोना उपचार सामग्री ल्याउने जिम्मा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल ९ओबीसीआई० लाई सुम्पिनु परेको तर्क दाबी गऱ्यो, १४ चैतमा । ओम्नीले कबोले अनुसारका सामान तोकिएको समयभित्र ल्याउन नसकेको भन्दै आलोचना हुन थालेपछि पर्सिपल्ट सरकारले सामान किन्ने र ल्याउने जिम्मा नेपाली सेनालाई सुम्पिएको थियो ।

तर एक महिना ४ दिन बित्दासमेत सेनाको थाप्लोमा आएको जिम्मेवारी पूरा हुन सकेको छैन । जबकि सेनाले स्वास्थ्य सामग्री भित्र्याउने जिम्मा पाउँदाभन्दा अहिले मुलुकमा कोरोना संक्रमितको संख्या १० गुणाभन्दा बढीले उकालो लागेको छ

साइबर क्राइम : शासक–प्रशासकको प्रतिशोधी हतियार

 न्यायालयले बारम्बार प्रश्न उब्जाउँदा पनि साइबर कानुनको दुरुपयोग बढेको बढ्यै

  • मनबहादुर बस्नेत

प्रतीकात्मक तस्बिर : सटरस्टकबाट सम्पादित ।

  १७ वैशाख २०७७, काठमाडौं

सप्तरी राजविराजमा सानोतिनो व्यवसाय चलाउँथे, पोर्ताहका अब्दुल रहमान । ‘जिल्लाको सुरक्षा सुध्रँदो’ शीर्षकको अखबारमा प्रकाशित समाचारको कटिङ फेसबुकमा पोस्ट गरिएपछि मुन्तिर आफ्नो अनुभवसहित कमेन्ट गरे, ‘के सुध्रिनु, आफ्नै चोरिएको बाइक फिर्ता पाउन पैसा तिर्नुपर्‍यो । त्यो पनि ५० हजार ।’

१३ शब्दको यही कमेन्टले ०७१ मा अब्दुललाई २० दिन प्रहरी हिरासतको बास गरायो । उक्त कमेन्टले प्रहरीप्रति अविश्वास, घृणा, द्वेष फैलाएको भन्दै सप्तरी प्रहरीले अब्दुललाई पक्राउ गरेर विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर ९साइबर क्राइम० को आरोपमा मुद्दा चलायो । तर जिल्ला अदालत काठमाडौँले संयमता गुमाएर विधिको शासनविपरीत नागरिकलाई हिरासतमा राखेको भन्दै जथाभावी मुद्दा चलाउने प्रहरी अधिकारीलाई विभागीय कारबाहीको सिफारिस फैसला सुनायो ।

‘राष्ट्रपति’ संस्थाको साख पटक–पटक राष्ट्रपतिबाटै क्षय'


शासन–प्रशासनदेखि पार्टी राजनीतिसम्म चासो दिने र कार्यकारीको खटनमा चल्ने राष्ट्रपतिको कार्यशैलीले पदको गरिमा गिर्दो

  • मनबहादुर बस्नेत

राष्ट्रपति विद्यादेवि भण्डारी ।  हेमन्त श्रेष्ठ

१५ वैशाख २०७७, काठमाडौं

साढे दुई वर्षअघि ।

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा आसीन थिए । देउवा सरकारले १ कात्तिक ०७४ मा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्‌बाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठायो । तर शीतलनिवासले बालुवाटारलाई अध्यादेशबारे ७३ दिनसम्म न कुनै त्रुटि औँल्यायो, न त राय नै दियो ।

शीतलनिवास प्रतिक्रियाहीन बसेपछि २८ मंसिरमा प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गए र अध्यादेश नफुकाउँदाका अप्ठेरा सुनाए । त्यसको ठीक १५ दिनपछि अर्थात् १४ पुसमा बल्लतल्ल राष्ट्रपतिले अध्यादेश जारी गरिन् ।

निर्वाचन प्रणालीमा तत्कालीन तीन ठूला राजनीतिक दल कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीबीच मत नमिल्दानमिल्दै सरकारले अध्यादेश पठाएकाले राष्ट्रपति भण्डारीले लामो समयदेखि थन्काइदिएकी थिइन्, जसलाई ठूलो दबाबबीच उनले अनुमोदन गर्नु परेको थियो ।

यो अध्यादेश राष्ट्रपति भण्डारीले अड्काइदिँदा समानुपातिक चुनावी परिणाम, राष्ट्रिय सभा, नयाँ सरकार गठनजस्ता संवैधानिक र राजनीतिक प्रक्रिया नै अवरुद्ध हुन पुगेका थिए ।

बहुमतीय वा एकल संक्रमणीय निर्वाचन प्रणाली राख्नेमा तत्कालीन तीन दल एमाले, कांग्रेस र माओवादीबीच मतभेद थियो । एमाले बहुमतीय र कांग्रेस एकल संक्रमणीय चुनावी प्रणालीको पक्षमा थिए भने माओवादी दोधारमा ।

८ वैशाख ।

कोरोना भाइरसको विपत्तिबीच राजनीतिक दल र संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश भने बिजुली चालमा प्रमाणीकरण गरिन्,

फेरि गुम्यो प्रहरीको साख फर्काउने अवसर

 

अझै पनि प्रहरी नेतृत्वले घुँडा नटेके अपहरणु प्रकरणमा जाहेरी दर्ता गराउन सक्छ

  • मनबहादुर बस्नेत

निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनाल । अर्को तस्बिरमा सांसदहरू महेश बस्नेत, किसान श्रेष्ठहरूसँग खाना खाँदै खनाल ।

  १५ वैशाख २०७७ काठमाडौं

प्रहरी महानिरीक्षक पदमा छँदासम्म सर्वेन्द्र खनालको क्षमता, कार्यशैली, चरित्र, प्रवृत्तिबारे जनमत विभाजित थियो । एकथरी उनको नकारात्मक कुरा सुन्नै चाहँदैन थिए, अर्काथरी बाहिर देखिने सर्वेन्द्र र भित्री सर्वेन्द्र आकाश–जमिनको फरक रहेको ठान्थे ।

अवकाशको साढे दुई महिनापछि खनाल आफैँले आफ्ना हालसम्मका अप्रकट चरित्रलाई छर्लंग पारिदिए, संघीय समाजवादीका सांसद डा सुरेन्द्र यादव ‘अपहरण’ प्रकरण मोर्चाको अग्रभागमा खटेर

Wednesday, October 28, 2020

फेरि पनि मुस्लिम समुदायमाथि प्रहार

 

कोरोना महासंङ्कटमा मुस्लिम समुदायप्रति नै घृणा जगाउने अफवाह

मनबहादुर बस्नेत

१४ दिन क्वारेन्टाइन बसाई पश्चात घर फर्किँदै गरेकाहरू । पर्सामा तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका ८१ जनालाई १४ दिन क्वारेन्टाइनमा राखिएको हो ।  सफल खतिवडा / रासस

उदयपुर सदरमुकाम गाईघाटदेखि झन्डै ६ किलोमिटर पूर्व–दक्षिण लागेपछि भुल्के आइपुग्छ । त्यहाँ बस्तीको बीचमा नुरी मस्जिद छ । यहीँभित्र बसेका ११ भारतीय र २ नेपालीलाई कोरोना संक्रमण भेटियो, वैशाख सुरुमै ।

नेपालमा एकै ठाउँ यति धेरै संक्रमित भेटिएको पहिलो घटना थियो, त्यो ।

यसको ठीक अघिल्लो दिन

सेनाको तबेलामा चौधरीको घोडा

 

क्याभलरी गणमा ८ वर्षदेखि व्यापारिक घरानाको 'कुँवर साप'


नेपाली सेनाको घोडचढी प्रतियोगितामा करण चौधरी । 

२१ फाल्गुन २०७६, काठमाडौं

चौधरी ग्रुपका कार्यकारी निर्देशक करण चौधरी आफ्नो घोडचढी सोखलाई पहिलो प्रेमसँग तुलना गर्दै भन्दै थिए, “पहिलो प्रेम हत्तपत्त मानिसले खोल्दैन । घोडचढी पनि मेरो पहिलो प्रेम हो । त्यसैले रहस्यमै राख्न चाहन्छु ।” उनले घोडचढीलाई रहस्यमै राख्नुको कारण भने अर्कै छ ।

खासमा चौधरीले आफ्नो यो महँगो सोख पूरा गर्न नेपाली सेनालाई उपयोग गरिरहेका छन्, नौ वर्षदेखि

सेनापति आफैँ सुधारका बाधक


सेनाभित्र व्यापक सुधारको खाँचो औँल्याउने सेनाप्रमुख पूर्णचन्द्र थापा स्वयं अपारदर्शी र विरोधाभासी क्रियाकलापमा

जनक नेपाल र मनबहादुर बस्नेत

१५ माघ २०७६, काठमाडौं


जसै ०६८ मा उपरथी प्रेमप्रकाश थापा मगर कारबाहीमा परे, त्यसको एउटा लाभ हिस्सा सोझै हालका प्रधानसेनापति पूर्णचन्द्र थापाको शिरमा आयो । नक्कली शैक्षिक प्रमाणपत्रधारी महासेनानी हेम खत्रीलाई नेसनल डिफेन्स कोर्स ९एनडीसी० का लागि सिफारिस गरेको आरोपमा थापा मगरलाई कोर्टमार्सलबाट बर्खास्त गरिएको थियो । बर्खास्तीको तीन वर्षपछि विशेष सैनिक अदालतबाट निर्दोष ठहरिए, प्रेमप्रकाश । तर त्यतिबेलासम्म पदावधिका कारण उनी अवकाश भइसकेका थिए । 

जन्ममिति र शैक्षिक योग्यतामा विवाद भएको आरोपपछि उपरथी विनोज बस्न्यातको पदावधि दुई वर्ष थपिएन र ०७२ चैतमा अवकाश पाए । पदावधि थामिएको भए सम्भवत: अहिले उनी सेनाको कमान्ड गरिरहेका हुन्थे । बस्न्यात बाहिरिँदा फेरि लाभ लिने पात्र बन्न पुगे, पूर्णचन्द्र थापा नै । प्रेमप्रकाश थापा मगर कारबाहीमा नपरेको भए थापाले सहायक रथीबाटै अवकाश पाउँथे । 

भाग्यले यसरी भरथेग गरेका सेनापति हुन्, पूर्णचन्द्र थापा । विडम्बना, पूववर्तीहरूले चलाएका जुन अस्त्रका कारण थापा महारथी पदमा पुग्ने भाग्यशालीमा दरिए, उनी स्वयंले भने त्यही अस्त्रको माध्यमबाट अरूको ‘भाग्य’ मा प्रहार गर्न थाले

Saturday, July 18, 2020

न्याय एक ‘सपना’


प्रधान्न्यायधीशको रोलक्रममा रहेकी सपना प्रधान मल्ल सम्मिलित इजलासको आदेशको तरंग

मनबहादुर बस्नेत

सपना मल्ल 

छोराछोरीलाई राम्रो शिक्षा दिने सपना सा“चेर गोरखाबाट काठमाडौं छिरेकी थिइन्, ४१ वर्षीया लीला देवकोटा । जेठी छोरी स्नातक पढिरहेकी थिइन् । कान्छी प्लस टु । एकमात्र छोरो आठ कक्षामा पढ्दै थियो । स्वयम्भुको एउटा पस्मिना फ्याक्ट्रीमा लीला र उनका श्रीमान मजदुरी गर्थे । त्यसको कमाइले देवकोटा परिवार खुशीसाथ बा“चिरहेको थियो ।

२८ मंसिरको बिहान १० बजेतिर बुढानिलकण्ठ स्कुलगेटअगाडि पुगेपछि भने लीला लीन भईन् । फुटपाथमा हिंडिरहेकी पस्मिना फ्याक्ट्रीमा काम गर्ने लीलालाई बा१४च ६१२३ नम्बरको निजी कारले ठक्कर दिएपछि पस्मिनाको धागोसरी उनको जीवन चु“डियो । परिवारको साहरा ढल्यो । मदिराले लठ्ठिएका व्यक्तिले चलाएको गाडी फुटपाथमा पुगेर लीलालाई किचेको थियो । “दाजु–भाउजुले विशुद्ध मजदुरी गरेर छोराछोरी हुर्काउने र पढाउने गर्नुभएको थियो,” उनका देवर यादव देवकोटा भन्छन्, “केही गरी पनि परिवारमा उनको रिक्तता पूर्ति हुने कुरै भएन ।”

हो, मृत्युको क्षतिपूर्ति

Sunday, February 2, 2020

अमेरिकाको तिब्बत कार्ड



नेपालमा रहेका तिब्बती शरणार्थी किन छन् अमेरिकी प्राथमिकतामा ?

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाए, ०७५ कात्तिक पहिलो साता । त्यहाँबाट निस्किएर बेरी शीतलनिवास नजिकैको आफ्नो दूतावासतिर छिरेनन्, उनको गाडी सरासर लाजिम्पाटतिर छड्कियो अनि गडेन खाङसेरभित्र पस्यो ।

खाङसेर अर्थात् नयाँ घर । यो निर्वा्सित तिब्बती धार्मिक नेता दलाई लामाको नेपाल प्रतिनिधिको कार्यालय हो । यहाँ बेरीले दलाई लामाका प्रतिनिधि छुल्ट्रिम ग्याल्सोसँग आधा घन्टा भलाकुसारी गरे । ‘यसबाट प्रस्ट हुन्छ कि अमेरिकी प्राथमिकतामा तिब्बती शरणार्थीहरू रहेको कुरा,’ नेपाल प्रहरीको विशेष ब्युरोले १९ वैशाख ०७६ मा तयार पारेको एउटा गोप्य रिपोर्टमा लेखिएको छ ।

ब्युरोको रिपोर्टअनुसार बेरीले आफ्नो पदभार ग्रहण कार्यक्रममा दूतावासका कर्मचारीलाई सम्बोधन गरेको भाषा झनै झस्काउने खालको थियो । बेरीको भनाइ उद्धृत गर्दै रिपोर्टमा

निर्मला पन्त प्रकरण : हत्यारा पहिचान हुँदासमेत पक्राउको साइत कुर्दै प्रहरी



प्रहरीसँग सुरक्षित एक मात्र भौतिक प्रमाणको समेत उल्टो जाँच गरिँदा निर्मला पन्त प्रकरण जेलिँदै आएको छ ।


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ५ मंसिर साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी पुगे । नेपालगञ्ज विमानस्थलमा ओर्लिएर धनगढी गएका आईजीपी खनालले प्रदेश प्रहरी कार्यालयमै कञ्चनपुरबाट एउटा मुद्दाको अनुसन्धान फाइल झिकाए । फाइल निर्मला पन्त हत्या प्रकरणको थियो, जो गत वर्ष राष्ट्रिय मुद्दा बन्न पुग्यो ।

कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यसहितको टोली फाइल बोकेर धनगढी आएको थियो, ६ मंसिर बिहान । फाइल अध्ययनपछि आईजीपी खनालले अभियुक्तलाई तत्काल पक्राउ गर्नुपर्ने विषयमा छलफल गरे । तर कञ्चनपुर प्रहरीले १४ मंसिरको उपनिर्वाचनपछि मात्रै पक्राउ गर्दा राम्रो हुने राय दिएपछि भोलिपल्ट साँझ खनाल काठमाडौँ फर्किए ।

डेढ वर्षपछि निर्मला हत्या प्रकरणका दोषी पक्राउ गर्ने निचोडमा प्रहरी पुगेको छ । त्यही भएर फिल्डको अवस्था र अनुसन्धानको प्रगति जाँच्न महानिरीक्षक खनाल सुदूरपश्चिम प्रदेश पुगेका थिए । तर प्रहरीले पक्राउ गरिहाल्ने हिम्मत जुटाउन सकेको छैन । कारण हो, अनुसन्धानका क्रममा प्रहरी स्वयंले गरेका शृंखलाबद्ध गल्ती ।

आलम काण्डका साक्षीको चिन्ता : हाम्रो रक्षा हुन्छ कि हुँदैन ?



फलोअप


छातीसम्म झुन्डिएका सेताम्मे लामा दाह्री । मुडुलो टाउको । लामो अनुहार । उनका चिम्सा आँखा र खोपिल्टा परेका दुवै गालामा गहिरो चिन्ताको छाप प्रस्टै झल्किन्छ ।

सुरुमा त नौलो मानिस देख्नासाथ उनी झस्किए । परिचय दिएपछि भने बिस्तारै सामान्य देखिए । तर एक घन्टाको कुराकानीको दौरान उनी पटक–पटक विह्वल बने ।

सर्लाही गोडैता नगरपालिकाका सफी अहमद साता दिनअघि भेटिँदा यही हालतमा थिए, जो १२ वर्ष पुरानो रौतहटको राजपुरस्थित फरहदवा बमकाण्डका साक्षी र पीडित हुन् ।

उनलाई अहिले प्रहरीले विशेष ‘सुरक्षा’ दिएर राखेको छ । नेपालसितको कुराकानीमा यी मुस्लिम वृद्ध पटक–पटक भक्कानिए । नभक्कानिऊन् पनि किन ? एकातिर प्रहरीले उनलाई सुरक्षाका नाममा नियन्त्रणमा राखेको छ भने अर्का्तिर सर्लाहीको गाउँमा रहेको आफ्नो परिवारको हालत कस्तो छ भन्ने यकिन छैन ।