मनबहादुर बस्नेत
१४ साउन २०८०। हिमालखबर
चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ पक्राउ परेसँगै राजस्व अनुसन्धान विभागले करीब एक क्विन्टल सुन तस्करी प्रकरणको राजनीतिक ‘कनेक्सन’ तिर अनुसन्धान थालेको छ।.jpg)
दावा छिरिङ र विमानस्थलबाट बरामद सुन।
राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट साउन १४ मा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेसँगै सुन तस्करी प्रकरणको राजनीतिक ‘कनेक्सन’ तिर अनुसन्धान थालिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको करीब एक क्विन्टल सुन साउन ३ मा बरामद गरेयता चलिरहेको अपरेशनको यो सबैभन्दा महत्त्वपूर्ण ‘क्लू’ हुने विभागले अपेक्षा गरेको छ।





