Thursday, March 14, 2019

राष्ट्रिय सेवा दलको दुरुपयोग : विद्यार्थीको हातमा बन्दुक

राष्ट्रियरअन्तर्रा्ष्ट्रिय कानुनविपरीत किशोरकिशोरीलाई हतियार चलाउन सिकाउने प्रचलनमा पुनर्विचार होला ?


आफूतिर बन्दुकको नाल सोझ्याउँदै गरेका तस्बिर अगाडि भित्तामा लहरै राखिएका छन् । हरियो चौरमा लाइनै सुतेर भित्तातिर एउटा सैनिक टोली शत्रुलाई निशाना साँधिरहेछ ।

यो यस्तो सैन्य तालिम हो, जो यहाँ करिअर बनाउन आएका होइनन् । यी त प्लस टु पढ्ने विद्यार्थी हुन्, जो सैनिक क्याम्पमा हतियारबद्ध तालिम लिइरहेका छन् । केही दिनको यो तालिम सकेर उनीहरू सैनिक क्याम्पमा जम्मा भएर पुनस् अभ्यास गर्ने छैनन् । आ–आफ्ना शिक्षालय फर्केर किताब समाउनेछन् ।

किताब समाउने उमेरकालाई नेपाली सेनाअन्तर्गतको राष्ट्रिय सेवा दल (एनसीसी) ले भने हतियार समाउन सिकाइरहेको छ । विद्यार्थीलाई हतियारसँग अभ्यस्त तुल्याइरहेको छ

कमसल कमान्ड

दर्जनौँ कार्यभार बोकेको गृह प्रशासन झ्नझन् कमजोर

तत्कालीन विद्रोही पक्ष माओवादी एक दशक लामो द्वन्द्व बिसाएर मूलधारे राजनीतिमा छिर्‍यो, ०६२र६३ को आन्दोलनपछि । लगत्तै उसले आफ्नो औपचारिक सैनिक संरचनालाई शिविरमा थन्काएर योङ कम्युनिस्ट लिग (वाईसीएल) खडा गर्‍यो, जुन लडाकू प्रकृतिकै युवा दस्ता थियो । सरकारविरोधी प्रदर्शनमा यही दस्ता अग्रभागमा हुन्थ्यो । माओवादीको जुलुस देखेपछि प्रहरीसमेत हच्किन्थ्यो । त्यसबखत गृहसचिव रहेका गोविन्द कुसुमको अनुभवमा वाईसीएल देखेपछि भीड नियन्त्रण गर्नै प्रहरी डराउँथ्यो भने एमाले समर्थित प्रदर्शनी भए मुकाबिला गथ्र्यो । नेपाली कांग्रेसको जुलुस भए त छिनमै जाइलागेर तितरबितर पारिहाल्थ्यो ।

अर्थात्, हारेको मनस्थितिबाट

प्रतिजासुसी संयन्त्र : पराई प्रवृत्तिको सिकार

राष्ट्रिय स्वार्थरक्षाको मेरुदण्ड मानिने संयन्त्र निर्माण किन रोकियो ?



प्रधानमन्त्री चुनिएको १३ औँ दिनमा केपी ओलीले राष्ट्रिय अनुसन्धान विभाग (एनआईडी) लाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउने निर्णय गरे ।  निर्णय भएको एक वर्ष पुग्नै लागे पनि एनआईडी कानुनी अस्पष्टतामै अल्झिरहेको छ । प्रतिजासुसी संयन्त्र बन्ने त कहिले कहिले !

सत्ता सञ्चालक नेकपाको दस्तावेजमा भने मुलुकमा बाह्य हस्तक्षेप बारम्बार भएको स्वीकारिएको छ । मंसिर अन्तिमदेखि सुरु भएर पुस मध्यसम्म चलेको नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमा विदेशी हस्तक्षेपबारे उल्लेख गरिएको छ । सरकारको उपलब्धि केलाउँदै नवौँ पृष्ठमा भनिएको छ, ‘नेपालको आन्तरिक मामलामा बाह्य हस्तक्षेपको सिलसिलालाई नियन्त्रण गरिएको छ ।’ प्रतिवेदनकै १३ पृष्ठमा नाम नलिई विप्लव र सीके राउत समूहलाई लक्षित गरी भनिएको छ, ‘देशका कतिपय भूभागमा प्रायोजित रूपमा विखण्डनकारी तत्त्व देखापरेका छन् ।’ प्रायोजित भन्नाले बाह्य आडलाई इंगित गरिएको हो ।

कस्तो विरोधाभास !

वाइडबडी घोटालाका योजनाकार

सञ्चय कोषले शंकास्पद ठानी रोकेको कर्जा फुकुवा गरी रचिएको साढे चार अर्ब अनियमितता


नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भएको अनियमितता खोजबिन गर्न संघीय संसद्को सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले १८ पुसमा आफ्नो प्रतिवेदन मूल समितिलाई बुझायो, जसमा खरिद प्रक्रियामा संलग्न तीन दर्जनभन्दा बढी व्यक्ति दण्डित हुने सूची तयार पारिएको थियो ।

सात सदस्यीय उपसमितिको प्रतिवेदन सार्वजनिक हुनासाथै आरोपितहरूले यसलाई प्रतिशोधपूर्ण भनेर टिप्पणी गरे, खासगरी राजनीतिक तहबाट । नभन्दै त्यसको पाँच दिनपछि उपसमितिको प्रतिवेदन फेरबदल गरियो । उपसमितिले कारबाहीको सिफारिस गरेका तत्कालीन पर्यटन सचिव तथा निगम सञ्चालक समिति अध्यक्ष प्रेमकुमार राई (हाल गृह सचिव) लाई मूल समितिले निर्दोष ठहर्‍यायो भने पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई नैतिक जिम्मेवारी मात्रै लिनुपर्ने निचोड निकाल्यो । जबकि, यी दुवै जनालाई कडा कानुनी कारबाही गर्नुपर्ने उपसमितिको अघिल्लो प्रतिवेदनको ठहर थियो ।

पाँच दिनको अन्तरमा भएका यी दुई निर्णयपछि वाइडबडी काण्डले नाटकीय रूपमा अर्कै मोड लियो । यो अनपेक्षित प्रकरण बुझ्न दुई वर्षअघि फर्कनुपर्छ

राष्ट्रिय लज्जावाहक


व्यवस्थापकीय अपराधका कारण राष्ट्रिय वायुसेवा कम्पनीको मात्रै होइन, मुलुककै साख गिर्दो
हल्का धुम्मिएको आकाशबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको नयाँ जहाज अवतरण गर्‍यो, १४ असार ०७५, बिहान साढे ८ बजे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन सचिव र नेपाल वायुसेवा निगमका पदाधिकारी लहरै उभिएर नयाँ जहाजको स्वागत गरे । विमानको सजधजका लागि पानीको फोहोरादेखि फूलमाला तयार थिए । इन्जिनको पूजापाठ गरियो । तालुकदार मन्त्री अधिकारीले भने, “नेपाल एयरलाइन्सले मात्र होइन कि देशले नै खुसी मनाइरहेको अवस्था हो, किनभने एयरबसको वाइडबडी हाम्रो एयरपोर्टमा अवतरण गरेको छ ।”

उड्डयनमन्त्रीले मीठा–मीठा विशेषणका फुँदा जोडेर राष्ट्रिय खुसीका रूपमा चित्रण गरेको २ वटा वाइडबडी विमानका कारण निगम गम्भीर संकटमा धकेलिएकोतर्फ भने त्यसबेला कमैले ध्यान दिए ।

सर्वेसर्वा सर्वेन्द्र

सचिवालयको एकल निर्णय र राजनीतिक हस्तक्षेपका कारण फ्रन्टलाइन फोर्स कमजोर

सरकारले २ जेठमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) पद १५ बाट घटाएर ३ मा झार्‍यो । सोहीअनुरूप सांगठनिक संरचना मिलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दियो । निर्देशनसँगै गृहले मिलान गर्ने सांगठनिक संरचनाको खाकासमेत पठाएको थियो ।

खाकाअनुसार प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल (टीआईए) लाई महानगरीय प्रहरी आयुक्त कार्यालयबाट अलग्याएर प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान तथा कार्य विभाग मातहत राख्यो । तर एकाएक

अवैध आर्जनको वैधानिकीकरण


राजनीतिक आडमा न्यायिक निकायबाट चोखिँदै गुन्डा नाइकेहरु




काठमाडौँ बबरमहलमा रहेको विशेष अदालत खचाखच थियो । क्यामेराधारी सञ्चारकर्मी उत्सुकतासाथ दिनैभरि पर्खिरहेका थिए । लाग्थ्यो, विशेष अदालतमा राज्यको विशिष्ट ओहोदावालाको आगमन हुँदैछ । तर, पाँच वर्षअघि अर्थात् ५ जेठ ०७० का दिन अदालतमा यस्तो भीड लाग्नुको कारणचाहिँ अर्कै थियो । अपराधको दुनियाँमा कुख्यात पाँच व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गर्दै थियो ।

कार्यालय खुल्नासाथ दर्ता गरिने भनिएको मुद्दा समय घर्कने बेला दर्ता भयो– त्यो पनि चार जनाको मात्रै । सबैभन्दा पहुँचदार गणेश लामाको अभियोगपत्र अन्तिम घडीमा दाखिला गरियो । गुन्डागर्दी र आपराधिक क्रियाकलापबाट लामासहित दीपक मनाङे भनिने राजीव गुरुङ, चक्रे मिलन भनिने मिलन गुरुङ, परशुराम बस्नेत भनिने कृष्ण बस्नेत र अभिषेक गिरीले ६३ करोड रुपैयाँ बराबरको अवैध धनमाल जोडेको अभियोग लागेको थियो ।

यति ठूलो माथापच्चीसहित दायर मुद्दामा विशेष अदालतबाट आरोपितहरूले धमाधम सफाइ

कारागार प्रालि : जेलभित्र जे पनि

अग्ला पर्खालले घेरिएका जेलभित्र चर्को बेथिति


लैला में लैला .....

बेस्सरी गीत घन्किरहेछ । कोही बसेर ताली पिटिरहेका छन्, कोही मस्तसँग गाउँदै नाचिरहेछन् ।  पुरुषको हूलमा तीनरचार युवती देखिन्छन् । पहेँलो आउटर लगाएकी एक युवती सेतो टिसर्टधारी केटासँग हात समाएर नाचिरहेकी छिन् । दुई युवती ताली बजाइरहेका छन् ।

बलिउड फिल्म रईसको गीत हो, लैला में लैला । संयोग, तस्करी र आपराधिक क्रियाकलापबारे निर्मित फिल्म रईसको यो गीतमा मदहोश बनेर झुम्नेहरू स्वयं त्यस्तै कसुरबापत सजाय काटिरहेका व्यक्ति हुन् । दृश्य हो, मकवानपुरको भीमफेदी कारागारको । कारागारको प्रहरी क्वार्टर

कसुर अमेरिकामा, बसाइ नेपालमा

पाँच वर्षसम्म नाबालिकामाथि बलात्कारको अभियोग लागेर फरार अमेरिकी नेपालमा सुरक्षित


गठिलो ज्यान । मधुर हाँसो । शालीन । यस्ता व्यक्तित्वभित्र बेइमानी लुकेको छ भन्ने कसले अनुमान लगाउला र ! तर, उनीमाथि लागेका आरोप सुन्दा मात्रै पनि आङ सिरिंग हुन्छ ।

पाँच वर्षसम्म नाबालिकासँग अविच्छिन्न सहवास । ज्यान मार्ने धम्की । सांघातिक हमला । ४७ वर्षे नवराज कोइरालाले अमेरिकाको एउटा अदालतमा यस्तै संगीन आरोप खेपिरहेका छन् । उनले एक बालिकामाथि अमेरिकामा यस्तो निर्मम कृत्य गरेको अभियोग छ । बालिका ९ वर्ष हुँदादेखि १४ वर्षकी हुन्जेल कोइरालाले बलजफ्ती गरेको आरोप लागेको छ ।

घटनाबारे कसैलाई भने बालिकालाई मात्रै होइन, परिवारका अन्य सदस्यलाई समेत मारिदिने धम्की दिएपछि लामो समयसम्म यो कुकर्म गुपचुप राख्न बाध्य भइन् । चञ्चले उमेरमा बालिका झन्झन् उदासी बन्दै गएपछि आफन्तले सोधीखोजी गर्दा ‘डिप्रेसन’ को औषधी खाइरहेको भेटियो, पाँच महिनाअघि मात्र ।

लोडु डिमेको रजगज

आखेटोपहारको अन्तर्रा्ष्ट्रिय गिरोहमा संलग्न ‘हाई–प्रोफाइल’ कारोबारीलाई स्थायी संरक्षण

पुसमा सूर्यास्तसँगै चिसोको पारो बढिहाल्छ । यही सिरेटो खपेर नुवाकोटको ककनीमा ओहोरदोहोर गरिरहेका सवारी साधन जाँचमा खटिएको छ, प्रहरीको एउटा टोली । जब साँझ सवा ७ बजेतिर बा२ख ७५०४ नम्बरको आइसर गाडी आयो, प्रहरीका आँखा चनाखो बने । चामलको बोराले भरिएको गाडी खोतल्दा पाटेबाघको छाला र हड्डी भएका एक दर्जनभन्दा बढी बोरा फेला परे । यति सामानका लागि कम्तीमा पनि तीन दर्जन वयस्क बाघ मार्नुपर्ने अनुसन्धानकर्मीको अनुमान रह्यो ।

६ वर्षअघि अर्थात्, २८ पुस ०६९ को यो घटना सुन्दा जति सामान्य लाग्छ, त्यसपछि जोडिएका घटनाक्रम उत्तिकै रहस्यमयी । नहोस् पनि किन, सामान्य सुरक्षा जाँचमा बरामद भएका यी सामानका

अप्ठेरोमा अनुसन्धान

घटनाको गहिराइ भेट्याउन ढिला गर्ने प्रहरी र छिट्टै परिणाम चाहने सर्वसाधारणको दबाबले नतिजा प्रभावित

दुई दशकअगाडि सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश भैरव लम्सालको घरमा भाडामा बस्ने युवती मृत भेटिइन् । लम्सालका छोराले बलात्कारपछि हत्या गरेको पीडित पक्षले आरोप लगायो । तर लम्साल परिवारले यसलाई इन्कार गर्‍यो । पीडितले विरोध चर्काएपछि अन्ततस् प्रहरीले लम्सालका छोराको डीएनए परीक्षण गर्‍यो । भारतको कलकत्तास्थित फरेन्सिक ल्याबमा गरिएको परीक्षण नतिजा मृतक किशोरीसँग मेल खाएन । बरु, पछि लम्सालकै घरमा डेरा गरी बस्ने मण्डल थरका व्यक्तिले हत्या गरेको खुल्यो ।

गत १० साउनमा कञ्चनपुरमा किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । उक्त घटनामा दिलीपसिंह विष्टलाई प्रहरीले अभियुक्त बनायो । तर, स्थानीय ‘डमी’ अभियुक्त खडा गरेको भन्दै प्रहरीप्रति नै खनिए । डीएनए जाँचको नतिजा विष्टसँग मेल नखाएपछि प्रहरी अनुसन्धान झनै जेलिन पुग्यो । दोषी कहिले समातिने भन्ने पत्तो छैन ।

झन्डै दुई दशकको अन्तरालमा घटित