पाँच वर्षसम्म नाबालिकामाथि बलात्कारको अभियोग लागेर फरार अमेरिकी नेपालमा सुरक्षित
गठिलो ज्यान । मधुर हाँसो । शालीन । यस्ता व्यक्तित्वभित्र बेइमानी लुकेको छ भन्ने कसले अनुमान लगाउला र ! तर, उनीमाथि लागेका आरोप सुन्दा मात्रै पनि आङ सिरिंग हुन्छ ।
पाँच वर्षसम्म नाबालिकासँग अविच्छिन्न सहवास । ज्यान मार्ने धम्की । सांघातिक हमला । ४७ वर्षे नवराज कोइरालाले अमेरिकाको एउटा अदालतमा यस्तै संगीन आरोप खेपिरहेका छन् । उनले एक बालिकामाथि अमेरिकामा यस्तो निर्मम कृत्य गरेको अभियोग छ । बालिका ९ वर्ष हुँदादेखि १४ वर्षकी हुन्जेल कोइरालाले बलजफ्ती गरेको आरोप लागेको छ ।
घटनाबारे कसैलाई भने बालिकालाई मात्रै होइन, परिवारका अन्य सदस्यलाई समेत मारिदिने धम्की दिएपछि लामो समयसम्म यो कुकर्म गुपचुप राख्न बाध्य भइन् । चञ्चले उमेरमा बालिका झन्झन् उदासी बन्दै गएपछि आफन्तले सोधीखोजी गर्दा ‘डिप्रेसन’ को औषधी खाइरहेको भेटियो, पाँच महिनाअघि मात्र ।