राष्ट्रियरअन्तर्रा्ष्ट्रिय कानुनविपरीत किशोरकिशोरीलाई हतियार चलाउन सिकाउने प्रचलनमा पुनर्विचार होला ?
आफूतिर बन्दुकको नाल सोझ्याउँदै गरेका तस्बिर अगाडि भित्तामा लहरै राखिएका छन् । हरियो चौरमा लाइनै सुतेर भित्तातिर एउटा सैनिक टोली शत्रुलाई निशाना साँधिरहेछ ।
यो यस्तो सैन्य तालिम हो, जो यहाँ करिअर बनाउन आएका होइनन् । यी त प्लस टु पढ्ने विद्यार्थी हुन्, जो सैनिक क्याम्पमा हतियारबद्ध तालिम लिइरहेका छन् । केही दिनको यो तालिम सकेर उनीहरू सैनिक क्याम्पमा जम्मा भएर पुनस् अभ्यास गर्ने छैनन् । आ–आफ्ना शिक्षालय फर्केर किताब समाउनेछन् ।
किताब समाउने उमेरकालाई नेपाली सेनाअन्तर्गतको राष्ट्रिय सेवा दल (एनसीसी) ले भने हतियार समाउन सिकाइरहेको छ । विद्यार्थीलाई हतियारसँग अभ्यस्त तुल्याइरहेको छ
। एनसीसीले देशभरका विद्यालयमा अध्ययनरत ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई छानेर वार्षिक ५ हजारभन्दा बढीलाई अनुशासन, देशभक्ति, विपद् व्यवस्थापन, प्राथमिक उपचार, असल चालचलन, साहसिक क्रियाकलाप र सुरक्षासँग सम्बन्धित तालिम दिने गर्छ । यसैको एउटा अंग हो, निशाना लगाउने तालिम ।
असल र सदाचारी नागरिक बनाउने लक्ष्यसहितको एनसीसीको पाठ्यक्रममा हतियारबद्ध तालिमलाई समेत मनग्गे स्थान दिइएको छ । एनसीसीले जुनियर र सिनियर दुई समूहमा विभाजन गरी सिनियर समूहकालाई गोली चलाउने सीप सिकाउँछ । ८ देखि १० कक्षाकालाई जुनियर तथा ११ र १२ कक्षाकालाई सिनियर समूहमा छुट्याएर स्वेच्छिक रूपमा बेग्लाबेग्लै सहभागी गराउने प्रचलन छ ।
सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालका अनुसार सामान्यतस् जुनियरमा १३ देखि १६ र सिनियरमा १६ देखि १८ वर्ष उमेरका विद्यार्थी सहभागी हुन्छन् । तर एनसीसीले उमेरका आधारमा नभई कक्षागत आधारमा समूह विभाजन गरेर तालिम दिने गर्छ । अर्थात्, सिनियर समूहका विद्यार्थी १६ वर्षभन्दा कम उमेरका भए पनि हतियारबद्ध तालिममा सहभागी हुन पाउँछन् । उनीहरूलाई थ्रीनटथ्री राइफलबाट फायरिङ सिकाइन्छ । कुन उमेर समूहकालाई हतियारबद्ध तालिम दिने भनेर एनसीसीले लक्ष्मणरेखा तय गरेको छैन । त्यसका साथै हतियारको ड्रिल तालिमसमेत सञ्चालन हुन्छ । भारतमा एनसीसी तालिम लिने १२ देखि १८ वर्ष उमेरकालाई जुनियर र २६ वर्षकालाई सिनियर डिभिजन भनेर वर्गीकरण गरिएको छ । त्यहाँ पनि सिनियरलाई फायरिङलगायतका हतियारसम्बन्धी तालिम दिइन्छ ।
असल नागरिक बनाई राष्ट्र निर्माणमा सहयोग पुर्याउने उद्देश्य राखिए पनि अल्लारे उमेरकालाई हतियारबद्ध तालिम दिँदा हुने प्रत्युत्पादक नतिजा भने ख्याल गरिएको छैन । यसबाट असल र अनुशासित नागरिक बनाउने सेनाको कदममा प्रश्न उठेको छ । अपरिपक्व उमेरकालाई बन्दुक चलाउन सिकाउनु ठीक हो ? ०२६ मा क्याम्पस पढ्दा एनसीसी तालिम लिएका शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, “१८ वर्षसम्मको उमेर अल्लारे हुन्छ । निर्णायक क्षमता नभएका बेलामा बन्दुक चलाउने सीप सिक्यो भने त्यसको दुरुपयोग हुने जोखिम हुन्छ । यो आँखाबाट हेर्न जरुरी छ ।”
सैनिक सेवामा भर्नाका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्छ । तर सेनाले भने उक्त उमेरभन्दा अगावैकालाई हतियार चलाउन सिकाइरहेको छ । सेनाका पूर्वउपरथी विनोज बस्न्यात एनसीसी तालिममा फायरिङ सिकाउने पहिलेदेखिकै चलन भएकाले यसको मोडालिटी फेर्न कसैको ध्यान नगएको हुन सक्ने बताउँछन् ।
यसरी भित्रियो
कलेज पढ्ने विद्यार्थीलाई मात्रै तालिम दिने गरी ०२२ मा एनसीसी स्थापना भएको थियो । सुरुमा विश्वविद्यालयका केही प्राध्यापक पनि तालिममा सहभागी भएका थिए । त्यसपछि ०२७ मा राष्ट्रिय सेवा दल ऐन आएपछि तालिमलाई जुनियर र सिनियर दुई भागमा बाँडियो । जुनियरमा विद्यालय र सिनियरमा विश्वविद्यालयका विद्यार्थीलाई तालिम दिइन्थ्यो । पञ्चायतकालमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र पञ्चायत विकास अधिकृत (पीडीओ) लाई हतियारको तालिम दिइन्थ्यो । यसलाई समेत एनसीसीले सिनियर डिभिजन मानेको थियो ।
०३० देखि राष्ट्रिय विकास सेवा कार्यक्रम लागू भएपछि एनसीसीको संरचनामै फेरबदल भयो र सिनियर डिभिजनको तालिम खारेज गरियो । एकैचोटि ३० वर्षपछि पुनस् एनसीसीको सिनियर डिभिजन खडा भयो, ०६० मा राष्ट्रिय सेवा दलको दीर्घकालीन योजना आएसँगै । अहिले सिनियर डिभिजनमा विश्वविद्यालयका विद्यार्थीलाई समावेश गरिँदैन, प्लस टुकालाई मात्रै सहभागी गराइन्छ ।
पञ्चायतकालमा सीडीओ र पीडीओलाई सिनियर डिभिजनमा राखेर जसरी एनसीसीले फायरिङको तालिम सिकायो, त्यसरी नै विद्यालय तहको सिनियर डिभिजनलाई बन्दुक चलाउन सिकाउन थाल्यो, जुन अभ्यास गलत भएको कोइराला बताउँछन् । “अधकल्चो उमेरकालाई हतियार तालिम दिन थालियो भने यसले बर्बाद बनाउन बेर लाग्दैन । सोच्नैपर्छ,” उनी भन्छन्, “बन्दुक चलाउन जानेको यो जनशक्ति सधैँ सेनाको नियन्त्रणमा रहने होइन । सद्नियत भयो भने त ठीकै हो, बद्नियत राख्यो भने भोलि जे पनि हुन सक्छ । त्यस्तै खालका मानिसको हातमा उनीहरू परे भने दुरुपयोग हुने डर उत्तिकै हुन्छ ।”
राष्ट्रियताको भावना बलियो तुल्याउन यस खालका तालिम विश्वभर दिने प्रचलन छ । तर हतियारसम्बन्धी तालिमबाट भने निश्चित उमेर नपुगी दीक्षित गरिँदैन । मनोविद् शिशिर सुब्बाका अनुसार सेनाले दिने तालिमले नागरिकलाई जिम्मेवार बनाउन प्रेरित गर्ने भए पनि नेपालको अस्थिर अवस्थाले यसरी तालिम लिएकाहरू कसैको बहकाउमा पर्न सक्ने जोखिम रहन्छ । उनी भन्छन्, “तालिम नलिएकाहरूले हतियार पाए भने आफूमा शक्ति आएको महसुस गर्छन् । तालिम लिएकाहरूको मनोविज्ञान त्यस्तो हुँदैन । तर उमेरजन्य कुराप्रति चनाखो हुन जरुरी छ ।” सुरक्षा, विपद्कालीन अवस्थामा सहजै भरथेग होस् भनेरसमेत यस्तो तालिम दिइन्छ । तर अपरिपक्व उमेरकालाई बन्दुकसँग नजिक्याउँदा नसोचिएको दुर्घटना निम्तिने जोखिम रहन्छ ।
कानुनको बर्खिलाप
एनसीसी तालिममा हतियारबद्ध तालिम गराउनु कानुनविपरीत समेत देखिन्छ । हालै संसद्द्वारा पारित बालबालिकासम्बन्धी कानुनमा १८ वर्षसम्मकालाई बालबालिका मानिएको छ । बाल अधिकारसम्बन्धी राष्ट्रसंघीय महासन्धि, १९९९ को धारा ३८ मा बालबालिकालाई सैन्य प्रयोजनमा लगाउन नपाउने व्यवस्था छ । नेपाल यो महासन्धिमा हस्ताक्षरकर्ता मुलुक हो । “१८ वर्ष उमेरका बालबालिका हुन् । कानुनी हिसाबले उनीहरूलाई हतियार बोक्न लगाउनु स्वीकार्य मान्न सकिँदैन,” अधिकारवादी गोपालकृष्ण शिवाकोटी भन्छन्, “क्याडेट कोर्स चाहिन्छ । तर यसलाई हतियारबाहेक पनि गराउन सकिन्छ ।”
एनसीसीले आफ्नो बृहत्तर उद्देश्यमा लेखेकै छ, ‘सैनिक बनाउने हाम्रो समग्र लक्ष्य होइन ।’ लक्ष्य भेटाउन अपरिपक्व उमेरकालाई हतियारसम्बन्धी तालिम दिने नीतिबारे नजर लगाउनु जरुरी छ । सेनाका पूर्वसहायक रथी नैनराज दाहाल भन्छन्, “यसमा सुधार गर्नेबारे समीक्षा आवश्यक देखिन्छ ।”
सेवा दलको दुरुपयोग
अन्तराल नामक निजी संस्थाको कार्यक्रममा सहभागी सेवा दलसँग फोटो खिचाउने क्रममा संस्थाका पदाधिकारी
गत २० र २१ पुसमा नेपालगन्जमा दोस्रो नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिबल (निफ) आयोजना भयो । महोत्सवमा प्रस्तुत कलात्मक, साहसिक र आकर्षक खुकुरी नाचको झल्को सम्भवतस् धेरैको मनबाट मेटिएको छैन । यति रोचक नाच देखाउने कलाकारलाई नेपाली सेनाले तयार पारेको थियो । अन्तराल नामक निजी संस्थाले आयोजना गरेको महोत्सवमा राष्ट्रिय सेवा दल (एनसीसी) ले नाच प्रस्तुत गरेको थियो । एनसीसीले देखाएको नाच अन्तरालले आफ्नो फेसबुक पेजमा समेत राखेको छ ।
यसअघि दोस्रो नेपालगन्ज गोल्डकप फुटबलमा समेत एनसीसीका सदस्य पोसाकसहित सुरक्षामा तैनाथ भएका थिए । उक्त खेल प्रतियोगिताको व्यवस्थापन अन्तरालले नै लिएको थियो । ०७३ वैशाखमा अन्तरालले नै राष्ट्रिय झन्डा दिवस मनाउँदा पनि एनसीसीको टोली झन्डोत्तोलनमा सहभागी थियो । यी सबै गतिविधिका भिडियो, फोटो अन्तरालले आफ्नो फेसबुक पेजमा राखेको छ ।
निजी संस्थाका कार्यक्रममा एनसीसी टोली खटाउन मिल्दैन । सैनिक मुख्यालयले यस्ता गतिविधिमा एनसीसी खटाउन नमिल्ने प्रस्ट पारेको छ । सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकाल भन्छन्, “सरकारले आयोजना गर्ने कार्यक्रमबाहेक अन्यत्र त्यसरी जान मिल्दैन । र, नेपाली सेनाबाट पठाएका छैनौँ ।” ढकालले एनसीसी कोर्स गरेका विद्यार्थीले नै पोसाकसमेत लैजाने हुँदा विद्यालयले पठाएको हुन सक्ने आकलन गरे ।
प्रकाशित : फाल्गुन ६, २०७५

No comments:
Post a Comment