प्रतिकूल मौसम, प्रविधि अभावजस्ता कारणबाट असुरक्षित हवाई आकाश सुधार्न गम्भीर पहलको खाँचो
तीन महिनाअघिको एक बिहान नेकपाका नेताहरू ईश्वर पोखरेल, सुवास नेम्बाङ, योगेश भट्टराई र विजय सुब्बा ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गर्न नेपाली सेनाको हेलिकप्टर चढे । ६ सिटे हेलिकप्टरका चालकले ’उड्दैन कि क्या हो भनेपछि’ भट्टराई र सुब्बा सदरमुकाम फुङलिङमै बसे । रक्षामन्त्री पोखरेल र पूर्वसभामुख नेम्बाङ दुई चालकसहित पाथीभरा मन्दिर पुगेर फर्किए ।
त्यसको तीन महिनाअघि २२ भदौमा पाथीभरा क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपाने पनि यसरी नै ओर्लिएका थिए । पर्यटन मन्त्रालयका तत्कालीन सचिव कृष्णप्रसाद देवकोटा मन्दिर भ्रमणमा आउँदा न्यौपाने सोही हेलिकप्टरमा सदरमुकाम र्फकन खोजेका थिए । गोपालसहित हेलिकप्टरमा ७ जना हुन्थे । उडाउन प्रयास गर्दा ’ओभरलोड’ देखिएपछि पाइलटले मानेनन् ।
यी दुई घटनाले हेलिकप्टरमा पाथीभरा पुग्न खेप्नुपर्ने भौगोलिक र मौसमी प्रतिकूलताको सघनता दर्शाउँछन् । जटिल भूगोल र भर पर्न नसकिने मौसमका कारण सामान्यतः यो क्षेत्रमा पूर्ण सिट क्षमताभन्दा कम यात्रु चढाइन्छ । तर १५ फागुनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली पूर्ण क्षमतामा यात्रु राखेर पाथीभरा उड्यो । त्यो पनि मध्याह्न १२ बजेपछि खराब मौसममा


