Showing posts with label Widebody. Show all posts
Showing posts with label Widebody. Show all posts

Thursday, March 14, 2019

राष्ट्रिय लज्जावाहक


व्यवस्थापकीय अपराधका कारण राष्ट्रिय वायुसेवा कम्पनीको मात्रै होइन, मुलुककै साख गिर्दो
हल्का धुम्मिएको आकाशबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको नयाँ जहाज अवतरण गर्‍यो, १४ असार ०७५, बिहान साढे ८ बजे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन सचिव र नेपाल वायुसेवा निगमका पदाधिकारी लहरै उभिएर नयाँ जहाजको स्वागत गरे । विमानको सजधजका लागि पानीको फोहोरादेखि फूलमाला तयार थिए । इन्जिनको पूजापाठ गरियो । तालुकदार मन्त्री अधिकारीले भने, “नेपाल एयरलाइन्सले मात्र होइन कि देशले नै खुसी मनाइरहेको अवस्था हो, किनभने एयरबसको वाइडबडी हाम्रो एयरपोर्टमा अवतरण गरेको छ ।”

उड्डयनमन्त्रीले मीठा–मीठा विशेषणका फुँदा जोडेर राष्ट्रिय खुसीका रूपमा चित्रण गरेको २ वटा वाइडबडी विमानका कारण निगम गम्भीर संकटमा धकेलिएकोतर्फ भने त्यसबेला कमैले ध्यान दिए ।