Showing posts with label Prison. Show all posts
Showing posts with label Prison. Show all posts

Thursday, March 14, 2019

कारागार प्रालि : जेलभित्र जे पनि

अग्ला पर्खालले घेरिएका जेलभित्र चर्को बेथिति


लैला में लैला .....

बेस्सरी गीत घन्किरहेछ । कोही बसेर ताली पिटिरहेका छन्, कोही मस्तसँग गाउँदै नाचिरहेछन् ।  पुरुषको हूलमा तीनरचार युवती देखिन्छन् । पहेँलो आउटर लगाएकी एक युवती सेतो टिसर्टधारी केटासँग हात समाएर नाचिरहेकी छिन् । दुई युवती ताली बजाइरहेका छन् ।

बलिउड फिल्म रईसको गीत हो, लैला में लैला । संयोग, तस्करी र आपराधिक क्रियाकलापबारे निर्मित फिल्म रईसको यो गीतमा मदहोश बनेर झुम्नेहरू स्वयं त्यस्तै कसुरबापत सजाय काटिरहेका व्यक्ति हुन् । दृश्य हो, मकवानपुरको भीमफेदी कारागारको । कारागारको प्रहरी क्वार्टर