कोरोना महासंङ्कटमा मुस्लिम समुदायप्रति नै घृणा जगाउने अफवाह
मनबहादुर बस्नेत
१४ दिन क्वारेन्टाइन बसाई पश्चात घर फर्किँदै गरेकाहरू । पर्सामा तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका ८१ जनालाई १४ दिन क्वारेन्टाइनमा राखिएको हो । सफल खतिवडा / रासस
उदयपुर सदरमुकाम गाईघाटदेखि झन्डै ६ किलोमिटर पूर्व–दक्षिण लागेपछि भुल्के आइपुग्छ । त्यहाँ बस्तीको बीचमा नुरी मस्जिद छ । यहीँभित्र बसेका ११ भारतीय र २ नेपालीलाई कोरोना संक्रमण भेटियो, वैशाख सुरुमै ।
नेपालमा एकै ठाउँ यति धेरै संक्रमित भेटिएको पहिलो घटना थियो, त्यो ।
यसको ठीक अघिल्लो दिन
Wednesday, October 28, 2020
फेरि पनि मुस्लिम समुदायमाथि प्रहार
सेनाको तबेलामा चौधरीको घोडा
क्याभलरी गणमा ८ वर्षदेखि व्यापारिक घरानाको 'कुँवर साप'
२१ फाल्गुन २०७६, काठमाडौं
चौधरी ग्रुपका कार्यकारी निर्देशक करण चौधरी आफ्नो घोडचढी सोखलाई पहिलो प्रेमसँग तुलना गर्दै भन्दै थिए, “पहिलो प्रेम हत्तपत्त मानिसले खोल्दैन । घोडचढी पनि मेरो पहिलो प्रेम हो । त्यसैले रहस्यमै राख्न चाहन्छु ।” उनले घोडचढीलाई रहस्यमै राख्नुको कारण भने अर्कै छ ।
खासमा चौधरीले आफ्नो यो महँगो सोख पूरा गर्न नेपाली सेनालाई उपयोग गरिरहेका छन्, नौ वर्षदेखि
सेनापति आफैँ सुधारका बाधक
सेनाभित्र व्यापक सुधारको खाँचो औँल्याउने सेनाप्रमुख पूर्णचन्द्र थापा स्वयं अपारदर्शी र विरोधाभासी क्रियाकलापमा
जनक नेपाल र मनबहादुर बस्नेत
१५ माघ २०७६, काठमाडौं
जसै ०६८ मा उपरथी प्रेमप्रकाश थापा मगर कारबाहीमा परे, त्यसको एउटा लाभ हिस्सा सोझै हालका प्रधानसेनापति पूर्णचन्द्र थापाको शिरमा आयो । नक्कली शैक्षिक प्रमाणपत्रधारी महासेनानी हेम खत्रीलाई नेसनल डिफेन्स कोर्स ९एनडीसी० का लागि सिफारिस गरेको आरोपमा थापा मगरलाई कोर्टमार्सलबाट बर्खास्त गरिएको थियो । बर्खास्तीको तीन वर्षपछि विशेष सैनिक अदालतबाट निर्दोष ठहरिए, प्रेमप्रकाश । तर त्यतिबेलासम्म पदावधिका कारण उनी अवकाश भइसकेका थिए ।
जन्ममिति र शैक्षिक योग्यतामा विवाद भएको आरोपपछि उपरथी विनोज बस्न्यातको पदावधि दुई वर्ष थपिएन र ०७२ चैतमा अवकाश पाए । पदावधि थामिएको भए सम्भवत: अहिले उनी सेनाको कमान्ड गरिरहेका हुन्थे । बस्न्यात बाहिरिँदा फेरि लाभ लिने पात्र बन्न पुगे, पूर्णचन्द्र थापा नै । प्रेमप्रकाश थापा मगर कारबाहीमा नपरेको भए थापाले सहायक रथीबाटै अवकाश पाउँथे ।
भाग्यले यसरी भरथेग गरेका सेनापति हुन्, पूर्णचन्द्र थापा । विडम्बना, पूववर्तीहरूले चलाएका जुन अस्त्रका कारण थापा महारथी पदमा पुग्ने भाग्यशालीमा दरिए, उनी स्वयंले भने त्यही अस्त्रको माध्यमबाट अरूको ‘भाग्य’ मा प्रहार गर्न थाले
Saturday, July 18, 2020
न्याय एक ‘सपना’
प्रधान्न्यायधीशको रोलक्रममा रहेकी सपना प्रधान मल्ल सम्मिलित इजलासको आदेशको तरंग
मनबहादुर बस्नेत
![]() |
| सपना मल्ल |
छोराछोरीलाई राम्रो शिक्षा दिने सपना सा“चेर गोरखाबाट काठमाडौं छिरेकी थिइन्, ४१ वर्षीया लीला देवकोटा । जेठी छोरी स्नातक पढिरहेकी थिइन् । कान्छी प्लस टु । एकमात्र छोरो आठ कक्षामा पढ्दै थियो । स्वयम्भुको एउटा पस्मिना फ्याक्ट्रीमा लीला र उनका श्रीमान मजदुरी गर्थे । त्यसको कमाइले देवकोटा परिवार खुशीसाथ बा“चिरहेको थियो ।
२८ मंसिरको बिहान १० बजेतिर बुढानिलकण्ठ स्कुलगेटअगाडि पुगेपछि भने लीला लीन भईन् । फुटपाथमा हिंडिरहेकी पस्मिना फ्याक्ट्रीमा काम गर्ने लीलालाई बा१४च ६१२३ नम्बरको निजी कारले ठक्कर दिएपछि पस्मिनाको धागोसरी उनको जीवन चु“डियो । परिवारको साहरा ढल्यो । मदिराले लठ्ठिएका व्यक्तिले चलाएको गाडी फुटपाथमा पुगेर लीलालाई किचेको थियो । “दाजु–भाउजुले विशुद्ध मजदुरी गरेर छोराछोरी हुर्काउने र पढाउने गर्नुभएको थियो,” उनका देवर यादव देवकोटा भन्छन्, “केही गरी पनि परिवारमा उनको रिक्तता पूर्ति हुने कुरै भएन ।”
हो, मृत्युको क्षतिपूर्ति
Sunday, February 2, 2020
अमेरिकाको तिब्बत कार्ड
नेपालमा रहेका तिब्बती शरणार्थी किन छन् अमेरिकी प्राथमिकतामा ?
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्यान्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाए, ०७५ कात्तिक पहिलो साता । त्यहाँबाट निस्किएर बेरी शीतलनिवास नजिकैको आफ्नो दूतावासतिर छिरेनन्, उनको गाडी सरासर लाजिम्पाटतिर छड्कियो अनि गडेन खाङसेरभित्र पस्यो ।
खाङसेर अर्थात् नयाँ घर । यो निर्वा्सित तिब्बती धार्मिक नेता दलाई लामाको नेपाल प्रतिनिधिको कार्यालय हो । यहाँ बेरीले दलाई लामाका प्रतिनिधि छुल्ट्रिम ग्याल्सोसँग आधा घन्टा भलाकुसारी गरे । ‘यसबाट प्रस्ट हुन्छ कि अमेरिकी प्राथमिकतामा तिब्बती शरणार्थीहरू रहेको कुरा,’ नेपाल प्रहरीको विशेष ब्युरोले १९ वैशाख ०७६ मा तयार पारेको एउटा गोप्य रिपोर्टमा लेखिएको छ ।
ब्युरोको रिपोर्टअनुसार बेरीले आफ्नो पदभार ग्रहण कार्यक्रममा दूतावासका कर्मचारीलाई सम्बोधन गरेको भाषा झनै झस्काउने खालको थियो । बेरीको भनाइ उद्धृत गर्दै रिपोर्टमा
निर्मला पन्त प्रकरण : हत्यारा पहिचान हुँदासमेत पक्राउको साइत कुर्दै प्रहरी
प्रहरीसँग सुरक्षित एक मात्र भौतिक प्रमाणको समेत उल्टो जाँच गरिँदा निर्मला पन्त प्रकरण जेलिँदै आएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ५ मंसिर साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी पुगे । नेपालगञ्ज विमानस्थलमा ओर्लिएर धनगढी गएका आईजीपी खनालले प्रदेश प्रहरी कार्यालयमै कञ्चनपुरबाट एउटा मुद्दाको अनुसन्धान फाइल झिकाए । फाइल निर्मला पन्त हत्या प्रकरणको थियो, जो गत वर्ष राष्ट्रिय मुद्दा बन्न पुग्यो ।
कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यसहितको टोली फाइल बोकेर धनगढी आएको थियो, ६ मंसिर बिहान । फाइल अध्ययनपछि आईजीपी खनालले अभियुक्तलाई तत्काल पक्राउ गर्नुपर्ने विषयमा छलफल गरे । तर कञ्चनपुर प्रहरीले १४ मंसिरको उपनिर्वाचनपछि मात्रै पक्राउ गर्दा राम्रो हुने राय दिएपछि भोलिपल्ट साँझ खनाल काठमाडौँ फर्किए ।
डेढ वर्षपछि निर्मला हत्या प्रकरणका दोषी पक्राउ गर्ने निचोडमा प्रहरी पुगेको छ । त्यही भएर फिल्डको अवस्था र अनुसन्धानको प्रगति जाँच्न महानिरीक्षक खनाल सुदूरपश्चिम प्रदेश पुगेका थिए । तर प्रहरीले पक्राउ गरिहाल्ने हिम्मत जुटाउन सकेको छैन । कारण हो, अनुसन्धानका क्रममा प्रहरी स्वयंले गरेका शृंखलाबद्ध गल्ती ।
आलम काण्डका साक्षीको चिन्ता : हाम्रो रक्षा हुन्छ कि हुँदैन ?
फलोअप
छातीसम्म झुन्डिएका सेताम्मे लामा दाह्री । मुडुलो टाउको । लामो अनुहार । उनका चिम्सा आँखा र खोपिल्टा परेका दुवै गालामा गहिरो चिन्ताको छाप प्रस्टै झल्किन्छ ।
सुरुमा त नौलो मानिस देख्नासाथ उनी झस्किए । परिचय दिएपछि भने बिस्तारै सामान्य देखिए । तर एक घन्टाको कुराकानीको दौरान उनी पटक–पटक विह्वल बने ।
सर्लाही गोडैता नगरपालिकाका सफी अहमद साता दिनअघि भेटिँदा यही हालतमा थिए, जो १२ वर्ष पुरानो रौतहटको राजपुरस्थित फरहदवा बमकाण्डका साक्षी र पीडित हुन् ।
उनलाई अहिले प्रहरीले विशेष ‘सुरक्षा’ दिएर राखेको छ । नेपालसितको कुराकानीमा यी मुस्लिम वृद्ध पटक–पटक भक्कानिए । नभक्कानिऊन् पनि किन ? एकातिर प्रहरीले उनलाई सुरक्षाका नाममा नियन्त्रणमा राखेको छ भने अर्का्तिर सर्लाहीको गाउँमा रहेको आफ्नो परिवारको हालत कस्तो छ भन्ने यकिन छैन ।



