Tuesday, August 27, 2019

ठूलाको मेल, सानालाई जेल

संगठित अपराधमा आदेशकर्तालाई उन्मुक्ति, आदेशपालकलाई सजाय दिने डरलाग्दो न्याय प्रणाली


‘यति राम्ररी गाडी चलाउने चालक पनि रहेछ ।’ हाकिमको प्रशंसाले पुलकित भए सोवितबहादुर कार्की । एउटै जिल्लाबासी भएकाले स्वाभाविक रूपमा दुवै नजिकिए । झन्डै डेढ वर्ष रविराज श्रेष्ठलाई हुइँक्याए कार्कीले ०६५ र ०६६ मा ।  दुवै महानगरीय ट्राफिक प्रहरी महाशाखामा थिए ।

 १० कात्तिक ०६६ मा प्रहरी उपरीक्षक (एसपी) श्रेष्ठको सरुवा भयो । जिल्लाबासीको नाताले दुवैबीच कुराकानी चलिरहन्थ्यो । सोलुखुम्बु डोरफुका एसएसपी र तिङ्लाका हवल्दार । “आफ्नै जिल्लाको मानिस त्यत्रो ठूलो पदमा भएकाले मलाई पनि केही संरक्षण होला भन्ठानेँ,” कार्की सुनाउँछन् ।

तीन वर्षपछि दुवै फेरि जोडिए, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा । श्रेष्ठको एक तह बढुवा भइसकेको थियो, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा । तीन वर्षपछि एकै थलोमा जुटेको जिम्मेवारीले तीन महिनामै अकल्पनीय मोड लियो ।


१९ कात्तिक ०६९ ।

स्याडो बक्सिङ


दुई विश्व शक्तिको टकराव थलो नेपाल



राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणताका १५ वैशाखमा दुई देशबीच बेइजिङमा वाणिज्य तथा पारवहन प्रोटोकलमा हस्ताक्षर हुँदै थियो । सोही दिन एक उच्च अमेरिकी अधिकारी भने अकस्मात काठमाडौँ ओर्लिएर आफ्नो राजनीतिक सक्रियता बढाइरहेकी थिइन् । आपतकालीन काठमाडौँ उत्रने अमेरिकी कूटनीतिक अधिकारी हुन्, एलिस वेल्स, जो दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी प्रमुख सहायक मन्त्री हुन् ।

चीनको महत्त्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को नक्साभित्र नेपाल परेकै साइतमा वेल्स काठमाडौँ ओर्लिनु संयोग मात्र थिएन । बरु नेपाललाई बीआरआईको प्रभावबाट टाढा राख्ने प्रयत्न थियो

अस्वाभाविक उदय

डीआईजीमा विश्वराज पोखरेलको एकल पदोन्नतिले प्रहरी संगठन थङथिलो

कुनै पनि संगठनमा सरुवा–बढुवा स्वाभाविक तथा नियमित प्रक्रिया हुन् । तर पोखरेलको पदोन्नतिले भने यो सामान्य क्रियालाई नै असामान्य बनाइदियो । कारण, प्रहरीको भावी नेतृत्वका लागि एकात्मक ढंगको बढुवा ।

बढुवाले पोखरेललाई प्रहरी महानिरीक्षक (आईजीपी) पदको बलियो दाबेदारका रूपमा मात्रै उभ्याएको छैन, उनीभन्दा पहिले नेतृत्वमा पुग्ने आकांक्षीमा समेत त्रास पैदा गराइदिएको छ

हिमालसँग टाढिँदै शेर्पा

विश्व ब्रान्ड बनेको शेर्पा जातिको पछिल्लो पुस्ता पर्वतारोहणमा अनिच्छुक



हिमाल चढ्यो कि भिसा लाग्यो’, आरोही यस्तै भन्छन् ।

हिमाल आरोहीलाई युरोपेली मुलुक, अमेरिका र जापानले प्रतिष्ठित मानेर सहजै प्रवेश दिने भएकाले यस्तो भनाइ प्रचलित भएको हो । घटना, प्रवृत्ति र पात्रले यही कुरालाई पुष्टि गरिरहेको छ ।

हिमाल आरोहणबाटै शेर्पा समुदाय विश्वविख्यात बन्यो । सर्वोच्च चुली सगरमाथा आरोहणमा मात्रै अनेकौँ विश्व कीर्तिमान शेर्पा समुदायकै आरोहीका नाममा सुरक्षित छन् । हिमाल र शेर्पा पर्याय बनेका छन् । तर आरोहणमा विख्यात यो समुदायको पछिल्लो पुस्ता भने बिस्तारै यसबाट विमुख बन्दै गएको आँकडाले देखाउँछ ।

हिमाल आरोहणको सात दशकको छोटो इतिहासमै नेपालको अन्तर्रा्ष्ट्रिय ब्रान्ड बनेको शेर्पा समुदाय बिस्तारै विमुख हुने खतरा देखिएको सरकारी आँकडाले संकेत गर्छ । “यो हाम्रा लागि साह्रै चिन्ताको कुरा हो,” पर्यटन व्यवसायी आङछिरिङ शेर्पा भन्छन्, “हाम्रो प्रसिद्ध चिनारीलाई संकटमा धकेल्दै छ ।”

जर्साबको बदनियत

पूर्वसेनापतिसमेत जोडिएको अनियमितताबारे अख्तियारले के गर्ला ?



मुलुकका चार वटा संवैधानिक निकायसहित राज्यका अन्य उपल्ला निकायमा एकै दिन उही बेहोराको एउटा उजुरी दर्ता भयो, ११ चैतमा । राष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग, महालेखा परीक्षकको कार्यालय, प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय र जंगी अड्डामा दर्ता यो उजुरीमा मुलुकको राष्ट्रिय अखण्डता रक्षा गर्ने अन्तिम जगेडा शक्ति नेपाली सेनाभित्र भइरहेको अनियमितताबारे उल्लेख छ । उजुरीमा उच्चस्तरीय छानबिनको मागसमेत गरिएको छ ।

अनियमितताको जरो खोतल्न तीन वर्ष पछाडि फर्कनुपर्छ

गरिबको बोल्दिने कोई छैन


प्रभावशालीहरु भने कार्यविधि मिच्दै राज्यकोषमा राइँदाइँ गर्छन् ।


माघ महिना हुस्सुले डम्म ढाकेको थियो । यस्तो ठिहीमा पनि मोरङ ग्रामथान गाउँपालिकाका एकराज रोकाह, १७, घुर्यानमा लगाएको तोरी उखेल्दै थिए । मेलोमा क्यानबियरको डब्बाजस्तै डल्लो भेटियो । के रहेछ भनेर ओल्टाइपल्टाई गर्दा हातमै ड्याम्म पड्किहाल्यो । धन्न उनले सानो डल्लो मात्रै भेटाएछन् । लगत्तै सोही ठाउँमा सुरक्षाकर्मीले थप दुइटा शक्तिशाली बम डिस्पोज गरेका थिए । झन्डै दुई घन्टा लगाएर नेपाली सेनाले बम निष्क्रिय पारेको थियो । उक्त ठाउँमा बम तयार गरेको हुन सक्ने सुरक्षाकर्मीले अनुमान लगाएका थिए ।

बेवारिसे बम पड्कँदा अनुहारमा विस्फोटका छर्रा लागेर रोकाह बेहोस भए । विराटनगरको नोबल अस्पतालको बेडमा ब्युँझदा उनका दुइटा दाँत झरेका थिए । गाला, ओठ, टाउकोका चोट आलै थिए । रोकाह अहिले पनि बेलाबेला बेहोस हुन्छन् । ठूलो आवाज सुन्नासाथ तर्सिन्छन् । पढाइमा तेज उनी त्यस घटनापछि केही बोधो बनेका छन् ।

४ माघ ०७४ को घटना हो, यो ।

समयक्रममा रोकाहको शरीरमा लागेका घाउमा खाटा त बस्यो, तर अहिले पनि राज्यको व्यवहारले व्यथा बल्झिरहन्छ

ताप्लेजुङ दुर्घटना : पुरानै गल्तीको निरन्तरता


प्रतिकूल मौसम, प्रविधि अभावजस्ता कारणबाट असुरक्षित हवाई आकाश सुधार्न गम्भीर पहलको खाँचो


तीन महिनाअघिको एक बिहान नेकपाका नेताहरू ईश्वर पोखरेल, सुवास नेम्बाङ, योगेश भट्टराई र विजय सुब्बा ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गर्न नेपाली सेनाको हेलिकप्टर चढे । ६ सिटे हेलिकप्टरका चालकले ’उड्दैन कि क्या हो भनेपछि’ भट्टराई र सुब्बा सदरमुकाम फुङलिङमै बसे । रक्षामन्त्री पोखरेल र पूर्वसभामुख नेम्बाङ दुई चालकसहित पाथीभरा मन्दिर पुगेर फर्किए ।

त्यसको तीन महिनाअघि २२ भदौमा पाथीभरा क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपाने पनि यसरी नै ओर्लिएका थिए । पर्यटन मन्त्रालयका तत्कालीन सचिव कृष्णप्रसाद देवकोटा मन्दिर भ्रमणमा आउँदा न्यौपाने सोही हेलिकप्टरमा सदरमुकाम र्फकन खोजेका थिए । गोपालसहित हेलिकप्टरमा ७ जना हुन्थे । उडाउन प्रयास गर्दा ’ओभरलोड’ देखिएपछि पाइलटले मानेनन् ।

यी दुई घटनाले हेलिकप्टरमा पाथीभरा पुग्न खेप्नुपर्ने भौगोलिक र मौसमी प्रतिकूलताको सघनता दर्शाउँछन् । जटिल भूगोल र भर पर्न नसकिने मौसमका कारण सामान्यतः यो क्षेत्रमा पूर्ण सिट क्षमताभन्दा कम यात्रु चढाइन्छ । तर १५ फागुनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली पूर्ण क्षमतामा यात्रु राखेर पाथीभरा उड्यो । त्यो पनि मध्याह्न १२ बजेपछि खराब मौसममा

कारबाहीको पर्खाइ



कानुनी रुपमा दण्डित हुनुपर्ने अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई उन्मुक्ति



मुलुकको इतिहासमै पहिलोपल्ट संवैधानिक निकायका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा दर्ज महाभियोग प्रस्तावका बुँदा हुन्, यी । ३ कात्तिक ०७३ मा दर्ता गरिएको महाभियोगबारे संसद् निचोडमा नपुग्दै सर्वोच्च अदालतले २४ पुसमा अयोग्य ठहर्‍याएपछि कार्की पदमुक्त बने । महाभियोगमा लगाइएका आरोपबारे के गर्ने भन्नेमा झन्डै एक साता संसद् अनिर्णीत बन्यो ।

५ माघमा मात्रै महाभियोग प्रस्ताव समितिले व्यवस्थापिका सांसद रामनारायण बिडारीको संयोजकत्वमा छानबिन उपसमिति बनायो । उपसमितिले कार्कीलाई दोषी करार गरेर प्रतिवेदन तयार पार्‍यो । २८ माघमा तयार पारिएको प्रतिवेदनलाई १ चैतको संसद् बैठकबाट सर्वसम्मत पारित गरियो । पारित निर्णयमा भनिएको छ, ’समितिको प्रतिवेदनमा उल्लेख भएका विषयको सम्बन्धमा नेपाल सरकार, सम्बद्ध संवैधानिक एवं अन्य निकायहरूले प्रचलित कानुनबमोजिम अनुसन्धान गराउन नेपाल सरकारमार्फत निर्देशन दिने ।’

संसद्ले यस्तो निर्णय गरे पनि लोकमानलाई कारबाही गर्नु त परै जाओस्, पदबाट बाहिरिएपछि उनी कहाँ गए र के गर्दैछन्

Monday, August 26, 2019

जडौरीमै जीवित


गत वर्ष संविधान जारी भएपछि तराई–मधेसमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी ५४ आन्दोलनकारीको ज्यान गयो । यसरी यति ठूलो मात्रामा जनको क्षति हुनुको एउटा प्रमुख कारण थियो, घातक (लेथल) हतियारको प्रयोग । आन्दोलन नियन्त्रण गर्न खटिएका प्रायस् प्रहरीले मारक क्षमता बढी भएका घातक प्रकृतिको थ्री नट थ्री राइफल बोकेका थिए । गैरघातक (नन लेथल) हतियार एकदमै न्यून परिमाणमा भएकाले प्रहरीसँग योबाहेक अर्को विकल्प पनि थिएन ।

विकल्प नभएकाले सामान्यदेखि जटिल जस्तोसुकै अवस्थामा पनि प्रहरी यही हतियार चलाउँछ । उसका लागि भीड, दंगा, हूल–हुज्जत नियन्त्रणदेखि सशस्त्र समूहसँग लड्ने एक मात्र विकल्पहीन हतियार हो, थ्रीनटथ्री राइफल । “हामीसँग भएको हतियार नै यही हो । नन लेथल, लाइट प्रकृतिका हतियार एकदमै थोरै छन् । सीमित र विशेष प्रयोजनमा खटिने जनशक्तिलाई मात्रै यी हतियार उपलब्ध छन्,” नेपाल प्रहरीका प्रवक्ता एवं नायब महानिरीक्षक (डीआईजी) माधवप्रसाद जोशी भन्छन्, “विकल्प नभएपछि जहाँ पनि यही हतियारको प्रयोग हुनु स्वाभाविक हो । यसबाट हुने क्षतिले हामी पनि दुस्खी छौँ ।”

प्रहरीसँग रहेको कुल हतियारमध्ये करिब तीन चौथाइ अंश घातक हतियारको छ । घातकमध्येमा चाहिँ करिब ८० प्रतिशत अर्थात् झन्डै २० हजार थ्रीनटथ्री राइफल मात्रै छ । यो त्यही राइफल हो, जो प्रथम र दोस्रो विश्वयुद्धमा प्रयोगमा आएको अनि विश्वमै सर्वा्धिक मानिस मार्ने रेकर्ड बनाएको हतियार हो । ज्ञातव्य छ, यो हतियारलाई संयुक्त राष्ट्र संघले युद्धको अवस्थाबाहेक प्रयोग गर्न रोक लगाएको छ