Showing posts with label Nepal Trekking. Show all posts
Showing posts with label Nepal Trekking. Show all posts

Tuesday, August 27, 2019

हिमालसँग टाढिँदै शेर्पा

विश्व ब्रान्ड बनेको शेर्पा जातिको पछिल्लो पुस्ता पर्वतारोहणमा अनिच्छुक



हिमाल चढ्यो कि भिसा लाग्यो’, आरोही यस्तै भन्छन् ।

हिमाल आरोहीलाई युरोपेली मुलुक, अमेरिका र जापानले प्रतिष्ठित मानेर सहजै प्रवेश दिने भएकाले यस्तो भनाइ प्रचलित भएको हो । घटना, प्रवृत्ति र पात्रले यही कुरालाई पुष्टि गरिरहेको छ ।

हिमाल आरोहणबाटै शेर्पा समुदाय विश्वविख्यात बन्यो । सर्वोच्च चुली सगरमाथा आरोहणमा मात्रै अनेकौँ विश्व कीर्तिमान शेर्पा समुदायकै आरोहीका नाममा सुरक्षित छन् । हिमाल र शेर्पा पर्याय बनेका छन् । तर आरोहणमा विख्यात यो समुदायको पछिल्लो पुस्ता भने बिस्तारै यसबाट विमुख बन्दै गएको आँकडाले देखाउँछ ।

हिमाल आरोहणको सात दशकको छोटो इतिहासमै नेपालको अन्तर्रा्ष्ट्रिय ब्रान्ड बनेको शेर्पा समुदाय बिस्तारै विमुख हुने खतरा देखिएको सरकारी आँकडाले संकेत गर्छ । “यो हाम्रा लागि साह्रै चिन्ताको कुरा हो,” पर्यटन व्यवसायी आङछिरिङ शेर्पा भन्छन्, “हाम्रो प्रसिद्ध चिनारीलाई संकटमा धकेल्दै छ ।”