प्रहरीभन्दा अपराधी एक कदम अगाडि
गत साउनमा नेपाल प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरोमा सुन्दा रोचक लाग्ने तर गम्भीर प्रकृतिको उजुरी आयो । फेसबुकमार्फत बाटिएको मित्रताको डोरी कसरी अपराधको भर्याङ बन्छ भन्ने त्यो उजुरीमा छर्लंग थियो ।
फेसबुके साथीले देशविदेश घुम्दा राखेका रहरलाग्दा तस्बिर र च्याट गर्दा लेखेका मीठा गफमा भुल्दा काठमाडौाकी एक ‘डिभोर्सी’ महिलाले सात लाख रुपियाा गुमाइन् । ती महिला र उनको परिवार, नजिकका साथीभाइ, नातेदार सबैको पृष्ठभूमि केलाएपछि फेसबुके साथीले मित्रतालाई गहिराइतिर डोर्याए । आफू अफ्रिकामा कम्पनी खडा गर्ने भनेर त्यतै जान लागेको म्यासेज पठाए ।
त्यसपछि ती व्यक्तिले केही दिन फेसबुक बन्द गराए, ताकि आफू काममा व्यस्त रहेको देखाउन सकियोस् । केही दिनको अन्तरालमा पुनस् सम्पर्कमा आएका उनले महिलालाई कम्पनीमा आफ्नो ७० प्रतिशत सेयर रहने तर खाताबाट तुरुन्त पैसा झिक्न नसक्ने भएकाले तीन लाख रुपियाा पठाउन आग्रह गरे । व्याजसमेत दिने भनेर लोभ्याए । ँयसबीचमा उनीहरूबीच प्रेम सम्बन्धसमेत पलाइसकेको रहेछ,” ब्युरोको साइबर क्राइमसम्बन्धी अनुसन्धान गर्ने प्रहरी उपरीक्षक (एसपी) नरेश मल्ल सुनाउाछन् । महिलाले रकम पठाइदिइन् । ती व्यक्ति पुनस् सम्पर्क्विहीन भए केही दिन । अफ्रिकाकै नम्बरबाट फोन गर्थे कहिलेकाहीा । खासमा उनले अफ्रिकाको नम्बर देखिने गरी अनलाइन फोन किनेर सम्पर्क गरेका थिए, जसलाई स्वीफ्ट फोन भनिन्छ ।
अनेक झन्झट देखाएर पटकपटक गरी उनी सात लाख रुपियाा फुत्काएपछि सम्पर्क्विहीन बने । यी दुवैबीच कतिसम्म आत्मीयता थियो भने दुवैले आपसी फेसबुक अकाउन्टको युजर नेम र पासवर्ड आदानप्रदान गरे । यहीबीचमा ती फेसबुके साथीले आफूहरूबीच भएका सबै संवाद डिलिट गरिदिए । उनको अकाउन्ट बन्द भयो । ँहामीले हेर्दा प्रमाण केही पनि भेटेनौा,” एसपी मल्ल भन्छन् ।
प्रहरीले फेसबुकको यो अकाउन्टमा भएका डाटा रिकभर गरेर अनुसन्धान थाल्ने निधो गर्यो । तर, यो बहुराष्ट्रिय कम्पनीले डाटा पठाउन अस्वीकार गरिदिएपछि अनुसन्धान त्यत्तिकै थन्किरहेको छ । यस्तै प्रकृतिको अर्को केससमेत छ, प्रहरीको हातमा । तर, यसमा समेत उही समस्याले अनुसन्धान अड्किरहेको छ, डाटामा प्रहरीको पहुाच नहुादा ।
हाइटेक अपराधको बदलिरहने स्वरूपबारे अनुसन्धान गर्ने निकाय पहुाचविहीन बन्दा अपराधीहरूलाई हाइसन्चो हुनु स्वाभाविक हो । हाइटेक अपराधमा अनुसन्धानको सुईलाई सही दिशा सोझ्याउने आधारभूत कुरा हो, डाटामा पहुाच । तर, प्रहरीले अहिले साइबर क्राइमको अनुसन्धानमा यही आधारभूत अभावसाग सबैभन्दा बेसी सामना गर्नु परिरहेको छ । मानव ओसारपसार, लागूऔषधजस्ता अन्तर्रा्ष्टि्रय आपराधिक घटनामा अन्य देशमा रहेका सामाजिक सञ्जालका जिम्मेवार निकायले सहयोग गरे पनि अन्य प्रकृतिका अपराध अनुसन्धानमा सामग्री दिन उनीहरूको रुचि हुादैन । जबकि, फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल र गुगलको प्रयोग गरेर नेपालमा अपराधहरू बढिरहेका छन् ।
यी बहुराष्ट्रिय कम्पनीसाग प्रहरीको पहुाच छैन । सामाजिक सञ्जालमार्फत हुने अपराधको अनुसन्धानका लागि आवश्यक सामग्री उपलब्ध गराइदिन आग्रह गर्दा फेसबुक, गुगलजस्ता संस्थाहरूले कानुनी बाटोबाट आउन उल्टै आग्रह गर्छन् । यस्ता सामग्री माग्दा अदालतको आदेश वा द्विदेशीय कानुनी सहायतासम्बन्धी सम्झौतामार्फत आउन उनीहरूले भन्छन् । तर, नेपालले कुनै देशसाग पनि अपराध अनुसन्धानका सामग्री लिन पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धि गरेको छैन । ँकुनै सन्धि सम्झौता नहुादा यस्ता अपराधको अनुसन्धानमा बाधा र जटिलताहरू थपिइरहेका छन्,” ब्युरोका निर्देशक एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल भन्छन् ।
फेसबुक, ट्वीटर, भाइबरलगायत सञ्जालको नेपालमा कर्पोरेट कार्यालय नहुादा अपराधमा संलग्न व्यक्तिबारे आवश्यक सामग्री जुटाउन सहज छैन । जुटिहाले पनि त्यो समयमा पाउन सम्भव छैन । अहिले प्रहरीले इन्टरपोलमार्फत यस्ता सामग्री जुटाउने गर्छ । ँतर, यो बाटोबाट सधौ हामीलाई चाहिने सामग्री आउाछ भन्ने छैन,” महानगरीय प्रहरी अपराध महाशाखामा साइबर क्राइम अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) पशुपति राय भन्छन् ।
विद्युतीय हस्ताक्षरको प्रमाणिकता जााच्ने कार्यदेखि सुरु भएको साइबर क्राइमको आयामले अहिले संगठित अपराधजस्तो जटिल रूप लिइसकेको छ । खास गरी बैंकिङ क्षेत्रमा अन्तरदेशीय अपराधीहरूले संगठित तवरमै यस्तो सञ्जाल विस्तार गरेका छन् । जस्तो स् दुई वर्षअघि विद्युतीय उपकरण प्रयोग गरी स्पेन, बंगलादेश र नेपालबाट संगठित रूपले काठमाडौा, नक्सालस्थित सानिमा विकास बैंकको डाटा नियन्त्रणमा लिएर रकम अपचलन भएको थियो । स्पेनबाट मिजान भन्ने व्यक्तिको निर्देशनमा नेपालबाट अहमद बिन मुसा र साह मोआजिमले यस्तो अपराध गरेका थिए । बैंकको यो डाटा टर्कीका नागरिकलाई बेचेका थिए, उनीहरूले । टर्किसले बैंकसाग ब्ल्याकमेलिङ गर्दै पैसा मागेपछि यसको अनुसन्धान ब्युरोले गरेको थियो ।
प्रहरीको तथ्यांकले समेत साइबर क्राइमको ग्राफ निरन्तर उकालो चढिरहेको देखाउाछ । महाशाखामा आर्थिक वर्ष ०६९र७० मा ८४ वटा उजुरी परेकामा ०७२र७३ मा यो संख्या आठ सय नाघेको छ । ०६९र७० मा ब्युरोले एउटा उजुरीमाथि मात्रै अनुसन्धान गरेर मुद्दा दायर गरेकामा ०७२र७३ मा यो संख्या ११ पुगेको छ । ँबेइज्जति हुने डरले अझ धेरै केस त प्रहरीकहाा आई नै पुग्दैन,” डीआईजी सिलवाल भन्छन्, ँअन्तिम अवस्थामा मात्रै प्रहरीकोमा आउने हो ।”
हाइटेक अपराधका आयाम एकातिर बढ्दै गइरहेको छ भने अर्को्तिर यस्तो अपराधको अनुसन्धान गर्ने निकायमा भने पर्याप्त जनशक्तिको अभाव छ । साइबर अपराधको अनुसन्धानको ‘ कोर टिम’ प्रहरीमा एकदमै थोरै छ । प्रहरी स्रोतका अनुसार कोर टिममा दुई दर्जन मात्रै जनशक्ति छ । कम्प्युटर निर्देशनालय अन्तर्गतलाई समेत प्रहरीले साइबर क्राइमको अनुसन्धान गर्ने जनशक्ति गन्छ ।
ब्युरो र महाशाखामा मात्रै कोर टिमका जनशक्ति परिचालन भइरहेको छ । अन्यत्र साधारणबाटै काम चलाइएको छ । महाशाखामा समेत दरबन्दीमा साइबर क्राइमको टिम छैन, काजमा पााच जना खटाइएको छ । अनुसन्धानका लागि प्रहरीसाग डिजिटल फरेन्सिक ल्याबसहित कम्प्युटर फरेन्सिक, वेबसाइट फरेन्सिकजस्ता ल्याब छन् । यी सबै प्रहरी मुख्यालय, ब्युरो र महाशाखामा मात्रै छ । ँनयाा भएकाले पर्याप्त छैन होला । तर, संगठनले सक्दो गरिरहेको छ,” एसपी मल्ल भन्छन् । यसका बाबजुद हाइटेक अपराधको फेरिादो प्रवृत्ति र सूचनामा सहज पहुाच अभावमा अनुसन्धान भने पद्धति निकै जटिल छ । डीएसपी राय भन्छन्, सबैभन्दा ठूलो समस्या भनेकै सूचनासम्म हाम्रो पहुाच नहुनु हो ।”

No comments:
Post a Comment