Friday, February 17, 2017

अर्बका मालिक

१७ वर्षमा सञ्जय साह ‘टकला’को अस्वाभाविक आर्जन

  • मनबहादुर बस्नेत

सार्वजनिक अपराधमा पक्राउ पर्दै छुट्दै आएका निलम्बित सांसद सञ्जयकुमार साह ‘टकला’ अन्ततस् पााच जनाको मृत्यु र ३२ जना घाइते बनेको जनकपुर विस्फोट काण्डमा मुछिएर प्रहरी नियन्त्रणमा परे, वैशाख ०७१ मा । पक्राउ परेसागै उनी संलग्न थप अपराधका रहस्य मात्रै खुल्दै छैनन्, उनले यसबीचमा कमाएको अवैध आर्जनको ग्राफसमेत अचम्मसाग बढेको छ ।

०६९ को जनकपुर बम विस्फोट काण्डदेखि ०६६ मा भएको सञ्चार उद्यमी अरूण सिंघानियाको हत्यासम्मका घटनाका मुख्य योजनाकार भनिएका साहले आपराधिक दुनियााबाटै आर्थिक साम्राज्य खडा गर्न सफल भएको नेपाल प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले देखाएको छ ।
सामान्य किसान पृष्ठभूमिका साहको परिवार डेढ दशकमै करिब एक अर्ब रुपियााबराबरको सम्पत्तिको मालिक बन्न सफल भएको छ, जसप्रति अनुसन्धान अधिकारीहरू नै अचम्भित छन् । ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम पराजुली भन्छन्, ँसामान्य परिवारको मानिस एकाएक अर्बको मालिक बनेको देखिन्छ । जुन अस्वाभाविक मात्रै होइन, हाम्रो सन्दर्भमा त असम्भव नै हो ।”

५२ करोडको घरजग्गा
आपराधिक जालो जतिजति फिाजिदै गयो, उनको सम्पत्ति पनि अस्वाभाविक रूपमा बढ्दै गएको देखिन्छ । ०५५ अघिसम्म साह परिवारका नाममा जनकपुर नगरपालिका क्षेत्रमा एक टुक्रा जग्गा थिएन । त्यतिन्जेल जनकपुरबाट दक्षिणपूर्व करिब सात किलोमिटर टाढा रहेको उनको पुख्र्यौली गाउा लोहनामा १५ कठ्ठा २ धुर जग्गा उनीसाग रहेको कागजातबाट देखिन्छ । अहिले भने उनको आर्थिक साम्राज्य धनुषादेखि काठमाडौासम्म फैलिएको छ । मुख्यमुख्य सहरका महागा क्षेत्रमा प्रशस्तै जग्गाजमिन छ । ब्युरोले तयार पारेको अनुसन्धान प्रतिवेदन अनुसार साहले आफ्नोबाहेक बुबा साधु साह सुढी, श्रीमती रंगिलादेवी साह र आमा दुलारीदेवी साहका नाममा चलरअचल सम्पत्ति जोडेका छन् ।
धनुषामा मात्रै साह परिवारको दुई बिघा जमिन छ । जनकपुर नगरपालिकाभित्रै १० ठाउामा गरी उनले करिब १० कठ्ठा जग्गा जोडेका छन् । घरजग्गा व्यवसायीहरूका अनुसार जनकपुर बजार क्षेत्रमा अहिले प्रतिधुर १५ देखि ३० लाख रुपियाामा जग्गा किनबेच हुन्छ । प्रतिधुर औसत २० लाख रुपियाा मान्दा १० कठ्ठा जग्गाको मूल्य ४० करोडबराबर हुन्छ ।

जनकपुरको मुटु मानिने जनकपुरधाम क्षेत्रमा मात्रै ३४ धुर जग्गा जोडेका छन् र यहीा उनले आलिसान घर पनि बनाएका छन् । धनुषाकै भरतपुर–४ मा एक बिघा जमिन भेटिएको छ भने नक्टाझिज–८ मा १० कठ्ठा । यो क्षेत्रमा प्रतिकठ्ठा सालाखाला १५ लाख रुपियाा पर्छ । यस हिसाबले साहको जग्गा यी क्षेत्रमा मात्रै डेढ करोड रुपियााको छ ।

उनले सर्लाहीको विष्णुपुरमा पूर्वपश्चिम राजमार्ग किनारमै करिब नौ कठ्ठा घडेरी जोडेका छन् । यस क्षेत्रमा प्रतिकठ्ठा जग्गाको ४० लाख रुपियाा बेसी पर्छ । यस हिसाबमा उनको जग्गा करिब ४ करोड रुपियाा बराबरको हुन्छ । यो गाउा हरिवन नगरपालिकामा गाभिएपछि त झनै जग्गाको भाउ अकासिएको छ ।

उनकै नाममा ललितपुरको नखिपोटमा १ रोपनी २ आना जग्गामा साढे दुई तलाको घर छ । यस जग्गाको मूल्य मात्र प्रचलित दर २० लाख प्रतिआनामा हिसाब गर्दा ३ करोड ६० लाख हुन्छ । उनीसाग घरजग्गा मात्र करिब ५२ करोड रुपियााबराबरको रहेको देखिन्छ । ँवैध आम्दानीको स्रोतले यति छोटो समयमा ठूलो सम्पत्ति जोड्ने अवस्था देखिादैन । त्यसैले यो सबै आपराधिक क्रियाकलापबाट कमाएको पुष्टि हुन्छ,” सीआईबीका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल भन्छन् ।
दर्जन कम्पनीका मालिक

चलरअचल सम्पत्ति जोड्ने क्रममा उनले थुप्रै कम्पनीमा लगानी पनि गरेको पाइएको छ । साहका नाममा मात्र नौवटा कम्पनी दर्ता छन् । कम्पनीहरू हेर्दा यस्तो लाग्छ, उनीजति विविधतायुक्त क्षेत्रमा दख्खल भएको अर्को व्यवसायी नै यो मुलुकमा छैन । निर्माण व्यवसाय, वित्तीय कम्पनी, पेट्रोल पम्पदेखि मेडिकल क्षेत्रसम्म उनले व्यापारिक पहुाच बनाएका छन् । केही कम्पनीका त विभिन्न ठाउामा शाखा कार्यालयसमेत खोलिएका छन् ।

धु्रवतारा कन्स्ट्रक्सन, मिथिला मनी ट्रान्सफर, वीरेन्ऽ इन्स्टिच्युट अफ मेडिकल एन्ड टेक्नोलोजी, केबी पेट इन्डस्ट्रिज, सारस इन्भेस्टमेन्ट प्रालि, क्लाउड नाइन नेपाल, गंगासागर गु्रप अफ इन्स्टिच्युसन, कर्णाली बिल्डर्स र मिथिला आयल स्टोर्समा साहको लगानी भेटिएको छ । यीमध्ये धु्रवताराको चितवनमा, केबी पेटको लगनखेल, ललितपुरमा शाखा कार्यालय छन् । बााकी सबै धनुषा जिल्लाबाटै कारोबार गर्ने कम्पनी हुन् ।

यी कम्पनीमा साहको लगानी २० करोड रुपियााभन्दा माथि देखिन्छ । धु्रवताराले निर्माणसम्बन्धी कामको ठेक्कापट्टा लिन्छ । मिथिला आयल स्टोर्स नामक पेट्रोल पम्प उनले बुबा साधु साह सुढीका नाममा दर्ता गरेर चलाइरहेका छन् । यही फर्मका नामबाट साहले नेपाल प्रहरीको रासन ठेक्काको कामसमेत गर्थे ।

साहसाग आफू चढ्नका लागि विलासी गाडी एसयूभी (स्पोर्ट्स युटिलिटी भेहिकल) र टाटा एरिया प्राइड छ । यसको मूल्य अहिले नेपाली बजारमा ५० लाख रुपियााभन्दा बढी छ । उनीसाग महिन्ऽाकै दुईवटा एक्जाभेटरसमेत रहेका छन्, जसको मूल्य दुई करोड रुपियााभन्दा माथि पर्छ । त्यसबाहेक उनको अर्को गाडी निसान पिकअपको बजार मूल्य करिब ६० लाख छ ।

प्रहरीका अनुसार ठेक्कापट्टाबाट प्राप्त रकमबाट उनले आफ्नो आपराधिक जालो निर्माण गरे र हत्या, फिरौती, अपहरणजस्ता घटनाका समेत योजना बुन्न थाले । उनको आपराधिक सञ्जाल नेपालको सीमाभन्दा बाहिरसम्म फैलिएको छ । र, सीमापार अपराधका धेरै घटनामा उनी मुछिएका छन् । ँअपराधको कमाइबाटै सबैतिर लगानी वृद्धि गर्दै गएको देखिन्छ,” डीआईजी सिलवाल भन्छन्, ँअपराधबाट कमाएको पुाजी उनले मोजमस्तीमा उडाएनन् । लगानी गरेर आफ्नो सञ्जाल बढाए र लामो समय टिकिरहन सफल भए ।”
प्रकाशित : चैत्र २९, २०७२



No comments:

Post a Comment