मनबहादुर बस्नेत
प्रहरीलाई ढाँटेरै हैरान बनाउने मनस्थितिमा ल्हारक्याल लामा
पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामाको बैंक लकरबाट १४ राउन्ड गोली जफत गर्दा प्रहरी अधिकारीहरू जति अचम्मित बनेका थिए, त्यसको दुई गुना आश्चर्यमा परेका छन् हिरासतमा उनको छिनछिनमै बदलिरहने हाउभाउ र आनीबानीले । तुलनात्मक रूपमा सुविधासम्पन्न मानिने महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा थुनिएका लामा आफूलाई फसाएको भन्दै बयान सुरु गर्नासाथ आँसु झार्न थालिहाल्छन् । उनको हाउभाउलाई पत्याउने हो भने लाग्छ, उनीजत्तिको असल र इमानदार मानिस संसारमा सायदै होलान् ।
सोधपुछ गर्यो कि उनी रोइहाल्छन्,” महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० प्रद्युम्न कार्की भन्छन्, ँमैले थुप्रै प्रकृतिका अपराधका आयाम र त्यसमा संलग्नहरूको अनुसन्धान गरेको छु । तर, यति चलाख मानिस पहिलोपटक फेस गर्दैछु ।”
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ल्हारक्याल जसरी पनि ढाँटेरै प्रहरीलाई हैरान बनाउने मनस्थितिमा देखिन्छन् । उच्च रक्तचापका बिरामी ल्हारक्यालसँग प्रहरीले औपचारिक बयानसमेत उतार्न सकेको छैन । उनले एक जना भारतीय नागरिकले आफूलाई गोली राख्न दिएको भन्नेबाहेक बयानमा विस्तृत केही खुलाएका छैनन् । त्यसैले प्रहरी अनुसन्धान ल्हारक्यालको सम्बन्धको जालो केलाउनतिर मोडिएको छ । ँअब हामी अनुसन्धानको मोडालिटी नै परिवर्तन गर्दैछौँ,” एसपी कार्की भन्छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत अवैध सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धानका क्रममा दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकमा राखिएको ल्हारक्यालको लकर खोलेको थियो । तर, लकरमा सुनचाँदी होइन, गोली फेला पर्यो । अख्तियार स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ल्हारक्यालको एक अर्ब रुपियाँ हाराहारीमा सम्पत्ति देखिएको छ ।
सानो चिनियाँ पेस्तोलमा लाग्ने यी गोली नेपाल प्रहरीले समेत प्रयोग गर्छ । चिनियाँ र भारतीय पक्षलाई दोहोरो सुराकी गर्ने भनेर चिनिएका विवादास्पद छविका ल्हारक्याल यस्तो समयमा पक्राउ परेका छन्, जतिबेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा निस्कन ठीक्क परेका छन् । स्मरणीय छ, ल्हारक्याल उत्तरी छिमेकीले नरुचाएका पात्र मानिन्छन् । भारत भ्रमणबाट अपेक्षित सहयोग पाउन नसकेका प्रधानमन्त्री ओलीले चीनसँग सम्बन्ध सुधार्ने कार्डका रूपमा ल्हारक्याल पक्राउ काण्ड जोडिएको समेत विश्लेषण एकथरीको छ ।
वैदेशिक रोजगार अन्तर्गत ठगी मुद्दामा साढे दुई वर्षदेखि प्रहरीको ‘फरार’ सूचीमा थिए ल्हारक्याल । साढे दुई वर्षअघि नै वैदेशिक रोजगार विभागले ल्हारक्याल लामासहित खिना लामालाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो । उनीविरुद्ध विभागमा ९ भदौ ०७० मा परेको १ करोड ५४ लाख रुपियाँ ठगी गरेको उजुरी त्यत्तिकै थन्किरहेको छ । ँउनका सबै अपराध र अवैध गतिविधिको अनुसन्धान थालेका छौँ,” महानगर ीय प्रहरी परिसर काठमाडौँका एसपी प्रद्युम्न कार्की भन्छन् । तर, अकस्मात् उनी पक्राउ पर्नुले यस् तो तर्कलाई भने बल पुर्याउँछ । फरार सूचीमा रहे पनि ल्हारक्याल निर्धक्क सार्वजनिक जीवन व्यतित गरिरहेका थिए । उनीमाथि तिब्बती शरणार्थी परिचयपत्र र भारतीय रासन कार्डसमेत लिएको आरोप छ । ९हेर्नूस्, ल्हारक्याल लामाको रहस्यमय उदयबारे १० फागुन ०७१ को अंकमा नेपालको आवरण सामग्री ।०
ल्हारक्याल स्वतन्त्र तिब्बत पक्षधर भएको भन्दै उनीमाथि कारबाही गर्न चीनले नेपाली पक्षसँगको उच्चस्तरीय भेटघाटमा कुरा राख्न हम्मेसी छुटाउँदैन थियो । ँनेपालमा चीनको एक मात्र चासो भनेको नेपाली भूमिबाट चीनविरोधी गतिविधि नहोऊन् र त्यस्ता गतिविधि गर्नेरगराउनेलाई नियन्त्रण गरियोस् भन्ने नै हो,” गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा लामो समय काम गरेका एक सहसचिव भन्छन् ।
नेपाल प्रहरीको महानिरीक्षक मातहत रहने गोप्य संरचना इन्टेलिजेन्स ब्युरोले पाँच वर्षअघि ल्हारक्यालको गतिविधिबारे सूक्ष्म निगरानी गरेको थियो । दोहोरो नागरिकता लिएको, तिब्बती शरणार्थी परिचयपत्रधारी भएको जस्ता गम्भीर आरोप लागेपछि ब्युरोले टोली बनाएर ल्हारक्यालमाथि गोप्य अनुसन्धान गरेको थियो । अनुसन्धानले ल्हारक्यालसँग यी परिचयपत्र रहेको पुष्टि गरेको थियो । साथै उक्त अनुसन्धान प्रतिवेदनले ल्हारक्यालको गतिविधिलाई सन्दिग्ध मात्रै ठहर्याएको थिएन, नेपालस्थित चीन र भारतका दूतावासमा सुराकी गर्ने गरेको खुलासासमेत गरेको थियो ।
ल्हारक्यालले स्वतन्त्र तिब्बतको पक्षमा लबिङ गर्ने पश्चिमा जगत्का व्यक्तिहरूलाई बारम्बार भेट्ने गरेको समेत प्रहरीको उक्त प्रतिवेदनमा उल्लेख छ । स्वतन्त्र तिब्बती अभियानका निर्वासित नेता दलाई लामाका विशेष दूत लोङ्ग्री ग्यारी र हलिउड अभिनेता रिचर्ड गेरसँग लामाको बाक्लो उठबस रहेको प्रहरी प्रतिवेदनले खुलासा गरेको थियो ।
दोहोरो सुराकी गर्ने भएकैले ल्हारक्याल चीन र भारत दुवै मुलुकको विश्वास पात्र नरहेको अधिकारीहरूको दाबी छ । दुई वर्षयता ल्हारक्याल र नेपालमा रहेका चीन तथा भारतीय दूतावासको विश्वासको कडी क्रमशस् खुकुलो बन्दै गएको राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारी बताउँछन् । ँदोहोरो सुराकी गर्ने भएकाले ल्हारक्याल चीन र भारत दुवै देशले आफ्ना लागि जुनसुकै समयसमेत खतराको सूचीमा राखेको थियो,” विभागका ती अधिकारी भन्छन्, ँहामीले समेत गृह मन्त्रालयलाई यस्तो रिपोर्ट गर्दै आएका थियौँ ।”
ल्हारक्यालको राजनीति र कूटनीतिक क्षेत्रमा देखिएको अस्वाभाविक पहुँच झनै रहस्यमय लाग्छ । एकीकृत नेकपा माओवादीले उनलाई सभासद् बनाउन गरेको कसरतले उनको पहुँच मापन गर्न सकिन्छ । कात्तिक ०७१ मा संविधानसभा अदालतले शम्भु हजारी पासवानको सभासद् पद खारेज गरिदिएपछि रिक्त पदमा उनलाई नियुक्त गर्न एमाओवादीले निर्वाचन आयोगलाई १७ दिनमा चारवटा पत्र काटेको थियो । एमाओवादी अध्यक्ष प्रचण्डले तीनवटा र केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेले एउटा पत्र लगालग पठाएका थिए, आयोगमा । फलतस् एमाओवादीभित्र चर्को विरोधका बाबजुद ल्हारक्याल सभासद्मा मनोनीत भए ।
नेपाली कांग्रेस, नेकपा एमाले हुँदै एमाओवादी प्रवेश गरेका उनी अवसर छोप्न माहिर व्यक्ति हुन् । सिन्धुपाल्चोककै कांग्रेस नेता मोहनबहादुर बस्नेतमार्फत खुमबहादुर खड्काको फेरो समातेर कांग्रेस पसेका थिए, ल्हारक्याल । तर, भ्रष्टाचारको मुद्दा लागेपछि उनी खड्काबाट टाढिए । कति पहुँचशाली भने ०५८ सालमा कांग्रेस सरकारका पालामा गुम्बा व्यवस्था समितिको अध्यक्ष बनेका उनी लगातार पाँच वर्ष उक्त पदमा रहे । जबकि, यो अवधिमा सदस्यसचिव दुईपटक फेरिए । त्यसपछि एमालेमा प्रवेश गरेर ल्हारक्यालले अर्थराज्यमन्त्रीको जिम्मेवारी नै पाए । भलै नागरिकतासम्बन्धी विवाद उठेपछि उनले ११ दिनमै राजीनामा दिनुपरेको थियो । त्यसपछि दोस्रो संविधानसभा निर्वाचनमा एमाओवादी प्रवेश गरे उनी ।
सामान्य आर्थिक पृष्ठभूमिका ल्हारक्यालले बौद्ध धर्मगुरुका भेषमा हिँड्न थालेपछि आफ्नो आर्थिक हैसियतलाई कायापलट बनाए । युरोपेली युनियन, अमेरिका, चीन, भारत सबैसँग उनले गजबको सम्बन्ध राखेको बताउँछन्, एमालेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङ । भन्छन्, ँकूटनीतिक वृत्तमा अचम्मको उठबस थियो, एमालेमा छँदा उनको अन्तर्राष्ट्रिय सम्बन्ध र हिमचिमले हामी चकित थियौँ ।”
दुईवटा नेपाली नागरिकता, भारतीय रासनकार्ड तथा राहदानी, तिब्बती शरणार्थीको परिचयपत्रजस्ता बहुपरिचयधारी बनेपछि ल्हारक्यालको विषयमा छानबिन गर्न सरकारले ०६८ सालमा आयोग नै गठन गरेको थियो । तर, आयोगले समेत उनको पहिचानमाथि लागेको आरोपबारे ठोस निर्णय दिन सकेन । सरकारी निकायहरूको असहयोगी व्यवहारका कारण आयोगले अपूरो प्रतिवेदन तयार
गरेको थियो ।
नसुल्झिएका विवादहरू
नाम स् मिस्टर वाङचुक रिम्पोछे
नम्बर स् ११२१५८८ ९राहदानी०
जारी मिति स् सन् २०००
ठेगाना स् बौद्ध–६, काठमाडौँ ९पुष्टि भएन०
नाम स् खेम्पो छिमे छिरिङ
नम्बर स् ए २१२९८१२ ९राहदानी०
जारी मिति स् सन् १९९८
ठेगाना स् गुवाहटी, भारत ९जाँचबुझ गर्न सकेन०
नाम स् छिमे छिरिङ
नम्बर स् ८१२र९ ९परिचयपत्र०
जारी मिति स् सन् १९६९
ठेगाना स् तिब्बती शरणार्थी ९जाँचबुझ गर्न सकेन०
प्रकाशितस् चैत्र ७, २०७२
http://bit.ly/1ZgphDn

No comments:
Post a Comment