मनबहादुर बस्नेत
निर्माणाधीन कोसी राजमार्ग पूर्वस्वीकृत बाटो छलेर अन्यत्रै मोड्न लागिएको सुइाको पाएपछि पूर्वी हिमाली जिल्ला संखुवासभाको उत्तरी भेग चेपुवा, हटिया र किमाथांका क्षेत्रका प्रतिनिधि सिंहदरबार आइपुगे, वैशाखको पहिलो साता ।
उनीहरूले माथिल्लो निकायको योजना कार्यान्वयनका बेला कसरी विवाद सिर्जना गरिन्छ र अलपत्र पारिन्छ भन्ने फेहरिस्त सुनाए, उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारलाई ।
सडक विभागको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर)मा कोसी राजमार्ग अरुण नदीको किनारैकिनार बन्ने उल्लेख छ । तर, कार्यान्वयनको चरणमा योजना नदीको तीर छाडेर पहाडतिर उकाल्ने चलखेल भइरहेको छ ।
सदरमुकाम खाादबारीस्थित सडक कार्यालयले हुङगुङदेखि सोझै किमाथांका
नजिकैको च्याङग्रिङ निकाल्न लागेको हो । पुरानो सर्भे अनुसार हुङगुङदेखि चेपुवा, लिंगम, च्याम्ताङ नजिकको बस्ती हुादै नदीसागै सडक चीनसागको सीमानाका किमाथांका जोडिन्छ ।
पहिलेको ठाउामा कडा चट्टान भएकाले अलिकति ‘रि–रुट’ त पक्का हुन्छ,” सडक कार्यालय, खाादबारीका इन्जिनियर पशुपतिप्रसाद ज्ञवालीले नेपालसाग टेलिफोनमा भने, ँकेही माथिबाट बाटो जान्छ । ठ्याक्कै निर्णय हुन बााकी छ ।”
निर्माण सुरु भएको चार वर्षपछि एकाएक रि–रुट हुनु सडकको प्रभावकारिता खस्काउने वा सडक निर्माण पर धकेल्ने भूराजनीतिक चलखेल हुन सक्ने स्थानीयको आशंका छ । ँदुई वर्ष्भित्रै ट्रयाक खोल्ने लक्ष्य लिइएको सडकमा बाह्रै महिना चलाउन नमिल्ने गरी एकाएक रि–रुटको कुरा उठाइएको छ,” चेपुवाका साङबु भोटे भन्छन् । चीन र भारतलाई जोड्ने यो राजमार्ग रणनीतिक र सामरिक महत्त्वको छ ।
सडक विभागको उत्तर–दक्षिण सडक परियोजना हेर्ने प्रमुख गोपाल सिग्देल बाह्रैमास चल्ने भएकाले यो बाटो उत्तर–दक्षिण जोड्ने अन्य मार्गभन्दा लाभदायी हुने बताउाछन् । तर, माथिल्लो रुटबाट सडक बन्दा त्यसले ३ हजार ५ सय मिटर उचाइको पोजुङडााडामा कात्तिकदेखि फागुनसम्म बाक्लो हिउा जम्छ । ँवर्षायाममा मात्रै यो बाटो हिाड्न सकिन्छ,” लिंगमस्थित अरुणोदय उच्च माविका पूर्वप्रधानाध्यापक किङसन लामा भन्छन्, ँहिउादमा आवतजावत गर्न सकिादैन ।”
यसअघि ०७० मा हेदंगना–स्याक्सिला खण्डमा स्थानीयबीचको विवादले एक वर्ष निर्माण रोकिएको थियो । किमाथांका–खाादबारी मोटरबाटो निर्माण नागरिक मूल समितिका अभियन्ता जीवनाथ खनाल भन्छन्, ँमौसमका कारण आधा समय मात्रै चल्ने ठाउाबाट लैजाादा यसको प्रभावकारिता रहादैन ।”
कोसी कोरिडोरका रूपमा चिनिने यो सडकमार्गमा १२ वर्षअघि नेपालका लागि तत्कालीन चिनियाा राजदूत सुन हेपिङले चासो देखाएका थिए । यसलाई ७ चैत ०७२ मा भएको प्रधानन्त्री केपी ओलीको चीन भ्रमणताका १२ बुादे द्विपक्षीय सम्झौतामा समेत समेटिएको छ । सम्झौतामा किमाथांका–खाादबारी–धनकुटा सडक दुई लेनको बनाउन चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने उल्लेख छ ।
केरुङपछि चीन यही नाकाबाट दक्षिण एसियामा बजार विस्तार गर्न चाहन्छ । यो नेपालका निम्ति भारतसागको परनिर्भरता घटाउने भरपर्दो वैकल्पिक मार्गसमेत बन्न सक्छ । किमाथांकादेखि चीनको व्यापारिक सहर सिगात्से ३ सय ५० किलोमिटर मात्रै टाढा पर्छ, जुन नेपाल–चीनलाई सडक सञ्जालले जोड्ने पहिलो नाका तातोपानीभन्दा करिब १ सय १२ किलोमिटर छोटो हो भने केरुङ नाकाभन्दा डेढ सय किलोमिटर ।
अझ चीनको गाम्बा हुादै सिगात्से पुग्ने अर्को सडकसमेत छ, किमाथांकाबाट । यो बाटोबाट सिगात्से पुग्न ३ सय १८ किलोमिटर मात्रै पर्छ । तिब्बती सहर रियु हुादै सिगात्से जोडिने उत्तर–दक्षिण यो राजमार्ग बनेमा नेपाल, चीन र भारतको व्यापारिक ट्रान्जिट बन्ने देखिन्छ ।
यो सडक खण्डको उत्तर तथा दक्षिण सीमाबाट चीन र भारतका प्रमुख व्यापारिक सहर छोटो दूरीमा पर्छन् । छिमेकी मुलुक भारतको व्यापारिक सहर कोलकाता र चीनको सहर सिगात्सेलाई रेलमार्गले जोडेको छ । भारतसागको व्यापार वृद्धिको ठूलो सम्भावना देखेकाले चीन हरहालतमा यो सडक निर्माण होस् भन्ने पक्षमा छ ।
गत सालको भूकम्पले भू–धरातल कमजोर भएको कारण देखाउादै चीनले तातोपानी नाकाको भविष्य सुखद नरहेको संकेत दिइसकेको छ । तातोपानीको विकल्पका रूपमा हेरिएको रसुवागढी–केरुङ नाका हिउादमा निर्वाध सञ्चालन हुादैन । जबकि, किमाथांका हुादै सिगात्से जोडिने सडक अरुण नदीको तीरैतीर पर्ने भएकाले हिउा बाधक बन्दैन । चीनतर्फको भूभागबाट सिगात्से जोड्ने सडकसमेत नदी किनारैकिनार पर्ने हुादा उचाइ बाधक छैन ।
अहिले रानीदेखि धरानसम्म ६ लेनको सडकसमेत बनाउने योजना छ । यसले पनि किमाथांका–जोगबनी सडक व्यापारिक रुट हुने बलियो सम्भावना देखाउाछ । यो सडक जोडिएमा नेपालको तराई क्षेत्र, बंगलादेश, भारत, चीन र भुटानको समेत व्यापारिक केन्ऽ बन्न सक्छ । तर, दक्षिणी परनिर्भरता घटाउने यो रणनीतिक मार्ग कतै स्वार्थमा अल्झिने त होइन ?
प्रकाशित जेष्ठ ११, २०७३

No comments:
Post a Comment