Friday, October 30, 2020

साइबर क्राइम : शासक–प्रशासकको प्रतिशोधी हतियार

 न्यायालयले बारम्बार प्रश्न उब्जाउँदा पनि साइबर कानुनको दुरुपयोग बढेको बढ्यै

  • मनबहादुर बस्नेत

प्रतीकात्मक तस्बिर : सटरस्टकबाट सम्पादित ।

  १७ वैशाख २०७७, काठमाडौं

सप्तरी राजविराजमा सानोतिनो व्यवसाय चलाउँथे, पोर्ताहका अब्दुल रहमान । ‘जिल्लाको सुरक्षा सुध्रँदो’ शीर्षकको अखबारमा प्रकाशित समाचारको कटिङ फेसबुकमा पोस्ट गरिएपछि मुन्तिर आफ्नो अनुभवसहित कमेन्ट गरे, ‘के सुध्रिनु, आफ्नै चोरिएको बाइक फिर्ता पाउन पैसा तिर्नुपर्‍यो । त्यो पनि ५० हजार ।’

१३ शब्दको यही कमेन्टले ०७१ मा अब्दुललाई २० दिन प्रहरी हिरासतको बास गरायो । उक्त कमेन्टले प्रहरीप्रति अविश्वास, घृणा, द्वेष फैलाएको भन्दै सप्तरी प्रहरीले अब्दुललाई पक्राउ गरेर विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर ९साइबर क्राइम० को आरोपमा मुद्दा चलायो । तर जिल्ला अदालत काठमाडौँले संयमता गुमाएर विधिको शासनविपरीत नागरिकलाई हिरासतमा राखेको भन्दै जथाभावी मुद्दा चलाउने प्रहरी अधिकारीलाई विभागीय कारबाहीको सिफारिस फैसला सुनायो ।

‘राष्ट्रपति’ संस्थाको साख पटक–पटक राष्ट्रपतिबाटै क्षय'


शासन–प्रशासनदेखि पार्टी राजनीतिसम्म चासो दिने र कार्यकारीको खटनमा चल्ने राष्ट्रपतिको कार्यशैलीले पदको गरिमा गिर्दो

  • मनबहादुर बस्नेत

राष्ट्रपति विद्यादेवि भण्डारी ।  हेमन्त श्रेष्ठ

१५ वैशाख २०७७, काठमाडौं

साढे दुई वर्षअघि ।

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा आसीन थिए । देउवा सरकारले १ कात्तिक ०७४ मा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्‌बाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठायो । तर शीतलनिवासले बालुवाटारलाई अध्यादेशबारे ७३ दिनसम्म न कुनै त्रुटि औँल्यायो, न त राय नै दियो ।

शीतलनिवास प्रतिक्रियाहीन बसेपछि २८ मंसिरमा प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गए र अध्यादेश नफुकाउँदाका अप्ठेरा सुनाए । त्यसको ठीक १५ दिनपछि अर्थात् १४ पुसमा बल्लतल्ल राष्ट्रपतिले अध्यादेश जारी गरिन् ।

निर्वाचन प्रणालीमा तत्कालीन तीन ठूला राजनीतिक दल कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीबीच मत नमिल्दानमिल्दै सरकारले अध्यादेश पठाएकाले राष्ट्रपति भण्डारीले लामो समयदेखि थन्काइदिएकी थिइन्, जसलाई ठूलो दबाबबीच उनले अनुमोदन गर्नु परेको थियो ।

यो अध्यादेश राष्ट्रपति भण्डारीले अड्काइदिँदा समानुपातिक चुनावी परिणाम, राष्ट्रिय सभा, नयाँ सरकार गठनजस्ता संवैधानिक र राजनीतिक प्रक्रिया नै अवरुद्ध हुन पुगेका थिए ।

बहुमतीय वा एकल संक्रमणीय निर्वाचन प्रणाली राख्नेमा तत्कालीन तीन दल एमाले, कांग्रेस र माओवादीबीच मतभेद थियो । एमाले बहुमतीय र कांग्रेस एकल संक्रमणीय चुनावी प्रणालीको पक्षमा थिए भने माओवादी दोधारमा ।

८ वैशाख ।

कोरोना भाइरसको विपत्तिबीच राजनीतिक दल र संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश भने बिजुली चालमा प्रमाणीकरण गरिन्,

फेरि गुम्यो प्रहरीको साख फर्काउने अवसर

 

अझै पनि प्रहरी नेतृत्वले घुँडा नटेके अपहरणु प्रकरणमा जाहेरी दर्ता गराउन सक्छ

  • मनबहादुर बस्नेत

निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनाल । अर्को तस्बिरमा सांसदहरू महेश बस्नेत, किसान श्रेष्ठहरूसँग खाना खाँदै खनाल ।

  १५ वैशाख २०७७ काठमाडौं

प्रहरी महानिरीक्षक पदमा छँदासम्म सर्वेन्द्र खनालको क्षमता, कार्यशैली, चरित्र, प्रवृत्तिबारे जनमत विभाजित थियो । एकथरी उनको नकारात्मक कुरा सुन्नै चाहँदैन थिए, अर्काथरी बाहिर देखिने सर्वेन्द्र र भित्री सर्वेन्द्र आकाश–जमिनको फरक रहेको ठान्थे ।

अवकाशको साढे दुई महिनापछि खनाल आफैँले आफ्ना हालसम्मका अप्रकट चरित्रलाई छर्लंग पारिदिए, संघीय समाजवादीका सांसद डा सुरेन्द्र यादव ‘अपहरण’ प्रकरण मोर्चाको अग्रभागमा खटेर

Wednesday, October 28, 2020

फेरि पनि मुस्लिम समुदायमाथि प्रहार

 

कोरोना महासंङ्कटमा मुस्लिम समुदायप्रति नै घृणा जगाउने अफवाह

मनबहादुर बस्नेत

१४ दिन क्वारेन्टाइन बसाई पश्चात घर फर्किँदै गरेकाहरू । पर्सामा तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका ८१ जनालाई १४ दिन क्वारेन्टाइनमा राखिएको हो ।  सफल खतिवडा / रासस

उदयपुर सदरमुकाम गाईघाटदेखि झन्डै ६ किलोमिटर पूर्व–दक्षिण लागेपछि भुल्के आइपुग्छ । त्यहाँ बस्तीको बीचमा नुरी मस्जिद छ । यहीँभित्र बसेका ११ भारतीय र २ नेपालीलाई कोरोना संक्रमण भेटियो, वैशाख सुरुमै ।

नेपालमा एकै ठाउँ यति धेरै संक्रमित भेटिएको पहिलो घटना थियो, त्यो ।

यसको ठीक अघिल्लो दिन

सेनाको तबेलामा चौधरीको घोडा

 

क्याभलरी गणमा ८ वर्षदेखि व्यापारिक घरानाको 'कुँवर साप'


नेपाली सेनाको घोडचढी प्रतियोगितामा करण चौधरी । 

२१ फाल्गुन २०७६, काठमाडौं

चौधरी ग्रुपका कार्यकारी निर्देशक करण चौधरी आफ्नो घोडचढी सोखलाई पहिलो प्रेमसँग तुलना गर्दै भन्दै थिए, “पहिलो प्रेम हत्तपत्त मानिसले खोल्दैन । घोडचढी पनि मेरो पहिलो प्रेम हो । त्यसैले रहस्यमै राख्न चाहन्छु ।” उनले घोडचढीलाई रहस्यमै राख्नुको कारण भने अर्कै छ ।

खासमा चौधरीले आफ्नो यो महँगो सोख पूरा गर्न नेपाली सेनालाई उपयोग गरिरहेका छन्, नौ वर्षदेखि

सेनापति आफैँ सुधारका बाधक


सेनाभित्र व्यापक सुधारको खाँचो औँल्याउने सेनाप्रमुख पूर्णचन्द्र थापा स्वयं अपारदर्शी र विरोधाभासी क्रियाकलापमा

जनक नेपाल र मनबहादुर बस्नेत

१५ माघ २०७६, काठमाडौं


जसै ०६८ मा उपरथी प्रेमप्रकाश थापा मगर कारबाहीमा परे, त्यसको एउटा लाभ हिस्सा सोझै हालका प्रधानसेनापति पूर्णचन्द्र थापाको शिरमा आयो । नक्कली शैक्षिक प्रमाणपत्रधारी महासेनानी हेम खत्रीलाई नेसनल डिफेन्स कोर्स ९एनडीसी० का लागि सिफारिस गरेको आरोपमा थापा मगरलाई कोर्टमार्सलबाट बर्खास्त गरिएको थियो । बर्खास्तीको तीन वर्षपछि विशेष सैनिक अदालतबाट निर्दोष ठहरिए, प्रेमप्रकाश । तर त्यतिबेलासम्म पदावधिका कारण उनी अवकाश भइसकेका थिए । 

जन्ममिति र शैक्षिक योग्यतामा विवाद भएको आरोपपछि उपरथी विनोज बस्न्यातको पदावधि दुई वर्ष थपिएन र ०७२ चैतमा अवकाश पाए । पदावधि थामिएको भए सम्भवत: अहिले उनी सेनाको कमान्ड गरिरहेका हुन्थे । बस्न्यात बाहिरिँदा फेरि लाभ लिने पात्र बन्न पुगे, पूर्णचन्द्र थापा नै । प्रेमप्रकाश थापा मगर कारबाहीमा नपरेको भए थापाले सहायक रथीबाटै अवकाश पाउँथे । 

भाग्यले यसरी भरथेग गरेका सेनापति हुन्, पूर्णचन्द्र थापा । विडम्बना, पूववर्तीहरूले चलाएका जुन अस्त्रका कारण थापा महारथी पदमा पुग्ने भाग्यशालीमा दरिए, उनी स्वयंले भने त्यही अस्त्रको माध्यमबाट अरूको ‘भाग्य’ मा प्रहार गर्न थाले

Saturday, July 18, 2020

न्याय एक ‘सपना’


प्रधान्न्यायधीशको रोलक्रममा रहेकी सपना प्रधान मल्ल सम्मिलित इजलासको आदेशको तरंग

मनबहादुर बस्नेत

सपना मल्ल 

छोराछोरीलाई राम्रो शिक्षा दिने सपना सा“चेर गोरखाबाट काठमाडौं छिरेकी थिइन्, ४१ वर्षीया लीला देवकोटा । जेठी छोरी स्नातक पढिरहेकी थिइन् । कान्छी प्लस टु । एकमात्र छोरो आठ कक्षामा पढ्दै थियो । स्वयम्भुको एउटा पस्मिना फ्याक्ट्रीमा लीला र उनका श्रीमान मजदुरी गर्थे । त्यसको कमाइले देवकोटा परिवार खुशीसाथ बा“चिरहेको थियो ।

२८ मंसिरको बिहान १० बजेतिर बुढानिलकण्ठ स्कुलगेटअगाडि पुगेपछि भने लीला लीन भईन् । फुटपाथमा हिंडिरहेकी पस्मिना फ्याक्ट्रीमा काम गर्ने लीलालाई बा१४च ६१२३ नम्बरको निजी कारले ठक्कर दिएपछि पस्मिनाको धागोसरी उनको जीवन चु“डियो । परिवारको साहरा ढल्यो । मदिराले लठ्ठिएका व्यक्तिले चलाएको गाडी फुटपाथमा पुगेर लीलालाई किचेको थियो । “दाजु–भाउजुले विशुद्ध मजदुरी गरेर छोराछोरी हुर्काउने र पढाउने गर्नुभएको थियो,” उनका देवर यादव देवकोटा भन्छन्, “केही गरी पनि परिवारमा उनको रिक्तता पूर्ति हुने कुरै भएन ।”

हो, मृत्युको क्षतिपूर्ति