Friday, February 17, 2017

अघिअघि अपराधी, पछिपछि प्रहरी

प्रहरीभन्दा अपराधी एक कदम अगाडि

गत साउनमा नेपाल प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरोमा सुन्दा रोचक लाग्ने तर गम्भीर प्रकृतिको उजुरी आयो । फेसबुकमार्फत बाटिएको मित्रताको डोरी कसरी अपराधको भर्‍याङ बन्छ भन्ने त्यो उजुरीमा छर्लंग थियो ।

बाटोमा बदनियत

मनबहादुर बस्नेत

निर्माणाधीन कोसी राजमार्ग पूर्वस्वीकृत बाटो छलेर अन्यत्रै मोड्न लागिएको सुइाको पाएपछि पूर्वी हिमाली जिल्ला संखुवासभाको उत्तरी भेग चेपुवा, हटिया र किमाथांका क्षेत्रका प्रतिनिधि सिंहदरबार आइपुगे, वैशाखको पहिलो साता ।
उनीहरूले माथिल्लो निकायको योजना कार्यान्वयनका बेला कसरी विवाद सिर्जना गरिन्छ र अलपत्र पारिन्छ भन्ने फेहरिस्त सुनाए, उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारलाई ।

सडक विभागको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर)मा कोसी राजमार्ग अरुण नदीको किनारैकिनार बन्ने उल्लेख छ । तर, कार्यान्वयनको चरणमा योजना नदीको तीर छाडेर पहाडतिर उकाल्ने चलखेल भइरहेको छ ।

सदरमुकाम खाादबारीस्थित सडक कार्यालयले हुङगुङदेखि सोझै किमाथांका

जीवनभर उल्झन


  • मनबहादुर बस्नेत

‘मुलुकी ऐनका व्यवस्थाहरू अलंकार (सोकेस) स्वरूप राखिएका होइनन् । यिनको न्यायिक मूल्य र मान्यता छ । ती व्यवस्था न्यायिक अवधारणामा आश्रित छन् र यी व्यवस्था न्याय निरोपणको अख्तियारी प्राप्त सबैका लागि खुला आदेश हुन् ।’
समयमा न्याय नदिने न्यायाधीश र न्यायालयमाथि सर्वोच्च अदालतका न्यायाधीशले नै गरेको टिप्पणी हो यो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश प्रेम शर्मा र रणबहादुर बमको संयुक्त इजलासबाट एक बन्दी प्रत्यक्षीकरण रिटमा निर्णय सुनाउादै ९ साउन ०६७ मा न्यायाधीशद्वयले यस्तो टिप्पणी गरेका थिए ।

दोषी उम्काएर सजाय


  • मनबहादुर बस्नेत

लगातार एक वर्ष पछ्याएपछि २४ भदौ ०७० मा लागूऔषध नियन्त्रण व्युरो ( एनसीबी)को प्रहरी टोलीले लागूऔषध कारोबारका अन्तर्रा्ष्टि्रय गिरोहमा संलग्न तीन जनालाई पक्राउ गर्‍यो । पाकिस्तानी नागरिकत्रय साहिदा परविन, सइद मजर हुसेन काज्मी र अट्टा मुहम्मद साहलाई सेतो हेरोइनसहित पक्राउ गर्दा लागूऔषध कारोबारीको जालो केलाउन आफूले ठूलो उपलब्धि हात पारेको दाबी गरेको थियो, एनसीबीले ।


अर्बका मालिक

१७ वर्षमा सञ्जय साह ‘टकला’को अस्वाभाविक आर्जन

  • मनबहादुर बस्नेत

सार्वजनिक अपराधमा पक्राउ पर्दै छुट्दै आएका निलम्बित सांसद सञ्जयकुमार साह ‘टकला’ अन्ततस् पााच जनाको मृत्यु र ३२ जना घाइते बनेको जनकपुर विस्फोट काण्डमा मुछिएर प्रहरी नियन्त्रणमा परे, वैशाख ०७१ मा । पक्राउ परेसागै उनी संलग्न थप अपराधका रहस्य मात्रै खुल्दै छैनन्, उनले यसबीचमा कमाएको अवैध आर्जनको ग्राफसमेत अचम्मसाग बढेको छ ।

०६९ को जनकपुर बम विस्फोट काण्डदेखि ०६६ मा भएको सञ्चार उद्यमी अरूण सिंघानियाको हत्यासम्मका घटनाका मुख्य योजनाकार भनिएका साहले आपराधिक दुनियााबाटै आर्थिक साम्राज्य खडा गर्न सफल भएको नेपाल प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले देखाएको छ ।

बदनाम उपभोक्तावादी

स्वार्थ एवं राजनीति प्रेरित उपभोक्तावादीहरुका कारण उपभोक्ता हक–अधिकार वञ्चितिमा
मनबहादुर बस्नेत
गत मंसिरमा महानगरीय प्रहरी अपराध महाशाखाले राजधानीका एक दर्जनभन्दा बढी पेट्रोल पम्पमा छापा मार्‍यो । मिटर बिगारेर उपभोक्तामाझ ठगीको व्यापक जालो बिछ्याएको रहस्य खोलेको यो घटनाको असली उजुरीकर्ता बन्न भने उपभोक्ता अधिकारवादीबीच ताछाड–मछाड चल्यो । पेट्रोलपम्पविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले उजुरीकर्ता बनेर अदालतमा मुद्दा दायर गरेपछि राष्ट्रिय उपभोक्ता मञ्चले आफूलाई उछिनेको ठान्यो । राष्ट्रिय उपभोक्ता मञ्चले आफूले जिल्ला प्रशासन कार्यालय, तत्कालीन वाणिज्य विभागमा पहिले उजुरी दिएको दाबी गरेको छ ।

भिक्षु भेषमा काला कर्तुत

मनबहादुर बस्नेत
प्रहरीलाई ढाँटेरै हैरान बनाउने मनस्थितिमा ल्हारक्याल लामा

पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामाको बैंक लकरबाट १४ राउन्ड गोली जफत गर्दा प्रहरी अधिकारीहरू जति अचम्मित बनेका थिए, त्यसको दुई गुना आश्चर्यमा परेका छन् हिरासतमा उनको छिनछिनमै बदलिरहने हाउभाउ र आनीबानीले । तुलनात्मक रूपमा सुविधासम्पन्न मानिने महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा थुनिएका लामा आफूलाई फसाएको भन्दै बयान सुरु गर्नासाथ आँसु झार्न थालिहाल्छन् । उनको हाउभाउलाई पत्याउने हो भने लाग्छ, उनीजत्तिको असल र इमानदार मानिस संसारमा सायदै होलान् ।
सोधपुछ गर्‍यो कि उनी रोइहाल्छन्,” महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० प्रद्युम्न कार्की भन्छन्, ँमैले थुप्रै प्रकृतिका अपराधका आयाम र त्यसमा संलग्नहरूको अनुसन्धान गरेको छु । तर, यति चलाख मानिस पहिलोपटक फेस गर्दैछु ।”