७ माघमा सोनाम ल्होसार मनाउन सांस्कृतिक झाँकीसहित काठमाडौँको टुँडिखेलमा उपस्थित भएका तामाङहरूका माझमा मगर, नेवार, गुरुङ र ब्राह्मण-क्षेत्री समुदायका व्यक्तिसमेत सहभागी देखिन्थे । डेढ महिनाअघि त्यही स्थानमा आयोजित राई समुदायको चाड उधौलीमा चण्डी नाच्ने राई, लिम्बू मात्र थिएनन्, गुरुङ, मगर, क्षेत्री र ब्राह्मण समुदायका व्यक्ति पनि हातमा चमर बोकेर ढोल र झ्याम्टाको तालमा नाचिरहेका थिए । यी दुई त प्रतिनिधि उदाहरण मात्रै हुन् । जाति र क्षेत्र विशेषका चाडपर्व भनिएका सांस्कृतिक कार्यक्रममा अरू समुदायको सहभागितासमेत उत्तिकै हुन थालेको छ ।
देशमा पहिचानको मुद्दाबारे राजनीतिक दलहरूबीच तीव्र मतभेद भइरहँदा क्षेत्रविशेष र जातिविशेषका भनेर चिनिएका सांस्कृतिक पर्वहरू भने सामाजिक हार्दिकता र सम्बन्धका सेतु
बनिरहेका छन् । राई समुदायको उभौली-उधौली, थारूको माघी, गुरुङ, तामाङ र शेर्पाको ल्होसार, सुदूरपश्चिमाञ्चलको गौरा, मिथिला क्षेत्रको छठ, काठमाडौँ उपत्यकाको इन्द्रजात्रा जस्ता पर्व त्यसका दृष्टान्त हुन् । क्षेत्रविशेष र जातिविशेषका चाडपर्वमा अन्य समुदायको सहभागिताले यी पर्व सामाजिक सम्बन्धका डोरी बन्न पुगेका छन् ।
क्षेत्रीय पर्वका रूपमा चिनिएका चाडबाडको दायरा राष्ट्रिय स्तरमा उक्लिएको छ । विगतमा जाति र क्षेत्रविशेषका मात्रै भनेर चिनिएका चाडपर्वमा ०६२/६३ को राजनीतिक परिवर्तनपछि राज्यले राष्ट्रिय बिदा नै दिन थालेको छ । राज्यको उदार नीतिका कारण पनि जातीय र क्षेत्रीय पर्वले राष्ट्रिय स्वरूप पाउँदै गए । उधौली, उभौली, छठ, माघी, ल्होसार र गौरा पर्वमा सार्वजनिक बिदा दिइन्छ । त्यससँगै देशका विभिन्न स्थानबाट आएर उपत्यकामा बसोवास गर्ने जातिले आफ्नो पर्व सार्वजनिक रूपमा मनाउने चलन पनि बढेको छ । प्राय: जातजातिका चाडपर्व अहिले उपत्यकाको टुँडिखेलमा सांस्कृतिक झल्कोहरूसहित मनाइन्छ । तराईको छठमा उपत्यकाका रानीपोखरीलगायत पोखरी दुलहीझैँ सिँगारिन्छन् । "हिजो घरघरमा इष्टमित्र र छरछिमेकीलाई निम्तो दिएर मनाइन्थ्यो, अहिले सार्वजनिक रूपमै मनाउन थालिएको छ," त्रिभुवन विश्वविद्यालय समाजशास्त्र/मानवशास्त्र विभागका पूर्वप्रमुख प्रा ओम गुरुङ भन्छन्, "राज्य व्यवस्था उदार बन्दै जाँदा समाजमा आफ्नो भाषा र संस्कृतिप्रति सचेतना मुखर बन्दै गएको छ ।"
सुदूरपश्चिमाञ्चलको गौरा पर्व राई, लिम्बूको बाहुल्य रहेको धरानमा अचेल हरेक वर्ष मनाउने गरिन्छ । "सुदूरपश्चिमका गाउँमा मात्रै सीमित गौरा अहिले हामी सबैको भएको छ," नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ यज्ञराज उपाध्याय भन्छन् ।
देशका विभिन्न क्षेत्रबाट राजधानी आएर बसोवास गर्ने जातजाति र समुदायले आफ्ना चाडपर्व सार्वजनिक रूपमा मनाउने क्रम ०४६ सालको राजनीतिक परिवर्तनपछि सुरु भएको हो । जसमा अन्य समुदायले पनि उत्तिकै हार्दिकताका साथ सहभागिता जनाउन थाले । सामाजिक सहिष्णुताको नमुना नेपालको इतिहासमा लिच्छविकालदेखि नै भेटिने इतिहासविद् प्रा दिनेशराज पन्तको भनाइ छ । उनका अनुसार उपत्यकामा नेवार समुदायको बज्राचार्य जातिको जन्ती जाँदा दुलहालाई साथमा लैजाने चलन थिएन । "गुभाजुहरूमा विवाहको जन्तीमा दुलहाको अपरिहार्यता ब्राह्मण-क्षेत्री समुदायबाट भित्रिएको हो," पन्त भन्छन्, "नेपाली समाज मूलत: सामाजिक ऐक्यबद्धताको जगबाट विकसित भएको हो ।"
हुन पनि नेवार समुदायमा मात्र प्रचलनमा रहेको छोराछोरीले आमाबुबाको मुख हेर्ने चलन अहिले सबै जाति र क्षेत्रमा फैलिएको छ । थारूहरूको माघीका परिकार अन्य समुदायले समेत उत्तिकै रुचि राखेर स्वाद लिन्छन् । मिथिला र भोजपुरा क्षेत्रमा विशेष रूपमा मनाइने छठ पर्व पहाडी मूलका र व्यापार गर्न आएका मारवाडी समुदायले पनि मनाउँछन् । "भोजपुरा र मैथिलभाषी क्षेत्रमा बसोवास गर्ने मुस्लिम, मारवाडी, पहाडी भाषी सबैले छठलाई अपनत्व ग्रहण गरी मनाउन थालेका छन्," प्राज्ञ रमेशरञ्जन झा भन्छन्, "हामीमा भाषा, संस्कृतिलाई स्वीकार्ने संस्कार छ भन्ने संकेत हो यो । यसले समाजमा सकारात्मक सन्देशसमेत जान्छ ।"
राज्यले समेत सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व बोकेका चाडपर्वलाई स्थान दिन थालेको देखिन्छ । प्राय: जातजाति र क्षेत्रका चाडबाडमा अहिले राष्ट्रपति र प्रधानमन्त्रीले औपचारिक रूपमै शुभकामना दिन्छन् । राजनीतिक दलले समेत त्यो कुरा छुटाउँदैनन् । जस्तो : मिथिला र पूर्वी तराई क्षेत्रको सबैभन्दा ठूलो चाड भनेर चिनिएको छठ पर्वमा काठमाडौँको रानीपोखरीमा पहाडी मूलका प्रधानमन्त्री सुशील कोइरालाले उपस्थित भएरै छठ पूजा गरे । सामान्य नागरिकदेखि राज्य तहदेखि नै गरिने यस्तो व्यवहारले सामाजिक ऐक्यबद्धता मजबुत बन्ने प्रा गुरुङको विश्लेषण छ । भन्छन्, "यसले सामाजिक महत्त्व र राष्ट्रिय पहिचानको अर्थ एकसाथ बोक्छ ।"
हाम्रा सांस्कृतिक पर्व मौसम, समय परिवर्तन, जीवनचर्या, स्वास्थ्य, पृथ्वी र सूर्यको गतिसँग सम्बन्धित भएकाले विभिन्न समुदायले आ-आफ्नै किसिमले मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन् । नेवार समुदायले मकर संक्रान्तिमा चाकु, घिउ, तिलको लड्डु खाने गर्छन् भने थारूहरूले माघी मनाउने गर्छन् । "जीवनका आवश्यकता अनुसार सबैले आ-आफ्नो तरिकाले मनाउँछन्," ग्वंग भन्छन्, "हाम्रो सामाजिक विशेषता भनेकै सबैका पर्वमा अपनत्व ग्रहण गर्न सक्नु हो ।"
एउटा समुदायको पर्वमा अन्य समुदायको सहभागिताले दीर्घकालसम्म प्रभाव पार्ने समाजशास्त्रीहरू बताउँछन् । प्रा गुरुङका अनुसार यस्तो अभ्यासले परस्परमा सांस्कृतिक ज्ञानको प्रचारप्रसार भएर सामाजिक सम्बन्ध झनै कसिलो बन्छ । भन्छन्, "यसले सामाजिक सद्भाव बढाउँछ नै ।"

No comments:
Post a Comment