Sunday, January 25, 2015

कमान्डर म्याडम

  • प्रहरीको देशव्यापी सञ्जालमा ६ जना महिला नेतृत्वमा
एसपी पूजा सिंह 
परिवार, नातागोतालाई सुइँको नदिई सुटुक्क आवेदन नदिएको भए अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख हुने हैसियत बन्दैनथ्यो, प्रहरी उपरीक्षक (एसपी) पूजा सिंहको। उनी नेपाल प्रहरीको गैरप्राविधिकमा सबैभन्दा उपल्लो तहकी महिला अधिकृत हुन्। 
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा उच्च शिक्षा लिन आएकी पूजा २२  वर्षअघि अचानक प्रहरीमा भर्ना भएकी थिइन्। "छोरी बिग्री भनेर परविारले ठूलो विरोध गर्‍यो," उनले सम्झिन्, "मिल्ने साथीले त प्रहरीमा जागिर खाएर आफ्नो टोलमा बेइज्जत भयो भनेर चिट्ठीसमेत लेखी।"

इन्स्पेक्टरमा नाम निस्कनु र विवाहको छिनोफानो एकै समयमा भयो। पूजाका हुनेवाला ससुराले जागिर छोडे मात्रै बुहारी भित्र्याउने बताए। "कि जागिर छाड्नुपर्ने कि विवाह नगर्नुपर्ने," पूजाका आँखा रसाए, "मैले विवाह नै गर्दिनँ तर जागिर खान्छु भनेर अडान लिएँ।" अन्तत: उनको विवाह पनि भयो र जागिरको  निरन्तरता पनि। "अहिले जागिरबाट दिक्क भएजस्तो गरी छाड्छु भन्दै मन चोर्दा ससुरा बा नै हुँदैन भन्नेमा पहिलो हुनुहुन्छ," उनले सुनाइन्। 


पूजा अहिले सुरक्षा संवेदनशीलतामा अग्रणीमध्ये पर्ने जिल्लाको कमान्ड सम्हालिरहेकी छन्। काभ्रे यस्तो जिल्ला हो, जहाँ सुगम र अति दुर्गम दुवै क्षेत्रको बाहुल्य छ। राजधानीमा अपराध गरेर लुक्ने थलो मात्र नभएर सीमापार अवैध ओसारपसार हुने प्रचलित रुटसमेत हो, काभ्रे। रक्तचन्दन, सुन, जडीबुटीको तस्करी यही  रुटबाट हुने गर्छ। 


गत भदौमा काभे्र आउनुअघि उनले पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको कमान्ड सम्हालेकी थिइन्। उनी पूर्वाञ्चल प्रमुख छँदा उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको भन्दै प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको थियो। पूजाले गोरखा दक्षिणबाहु, जनसेवा पदकसमेत पाइसकेकी छन्। धनुषाको राजपुत परविारमा  जन्मिएकी पूजा कमान्डर भएर काम गर्दा अवसर र चुनौती दुवै समानान्तर हुने बताउँछिन्। "राम्रो र नराम्रो दुवैको भागीदार बन्नुपर्छ," उनी भन्छिन्, "इन्चार्ज भएपछि संगठनको निर्देशन मानेर अरूलाई खटाउनुपर्छ।" 


डीएसपी दुर्गा सिंह 

जिल्ला तह हाँक्ने उनी एक्ली महिला प्रहरी अधिकारी हुन्। तर, इन्जार्च भएर काम गर्ने एक्ली महिला भने होइनन्। काठमाडौँ उपत्यकामै यतिबेला तीन महिलाले कमान्ड हाँकिरहेका छन्। महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुर र ललितपुरको चापागाउँ वृत्तमा क्रमश: प्रहरी नायब उपरीक्षक (डीएसपी)द्वय किरण राणा र  दुर्गा सिंह प्रमुख छन्। यसअघि बालाजु वृत्त डीएसपी गंगा पन्तले हाँकेकी थिइन्।


उपत्यकाका वृत्त प्रहरी पदस्थापनमा आकर्षक स्थान मानिन्छ। तीव्र सहरीकरणसँगै यहाँका आपराधिक चरत्रिमा उही रफ्तारको बदलाव आइरहने हुनाले उपत्यकाका वृत्तको कमान्ड चुनौती पनि छन्। 


प्रहरी प्रधान कार्यालयको आँकडामा अहिले देशभर ६ जना महिला प्रहरीले इन्चार्जको भूमिका निर्वाह गररिहेका छन्। केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा एसपी देउती गुरुङ प्रमुख छन्। पोखरा विमानस्थल प्रहरी सुरक्षा गार्ड प्रमुखमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) चन्द्रकुमारी तामाङको दरबन्दी रहे पनि उनी जिल्ला प्रहरी  कार्यालय कास्कीमा कार्यरत छिन्। महिलाले कमान्ड गरेका वृत्तहरूको कार्य मूल्यांकन सन्तोषजनक रहेको प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) माधव जोशी बताउँछन्। भन्छन्, "उहाँहरूले संगठनले दिएको जिम्मेवारी सफलतापूर्वक सम्हालिरहनुभएको छ।"

डीएसपी दुर्गाले नेतृत्व गरेको चापागाउँ वृत्त यस वर्ष कार्यदक्षतामा प्रथम ठहरएिको छ। उनका लागि इन्चार्ज पहिलो अनुभव हो। उनी अहिले चारवटा चौकी र एउटा इलाका प्रहरी कार्यालयका १ सय ९० जना दरबन्दी रहेको वृत्त सम्हालिरहेकी छन्। 


अरूभन्दा फरक काम गर्छु भन्ने सानैदेखिको सोचले प्रहरीमा भर्ना भएको दुर्गा सुनाउँछिन्। प्रहरीको काम कठिन हुने भएकाले डाक्टर बनेको देख्न चाहेको थियो परविारले। "भारतको केरलामा कलेज पढ्दा मैले महिलाले जस्तोसुकै चुनौतीपूर्ण काम पनि गर्न सक्छे भन्ने सिकेकी थिएँ," दुर्गा भन्छिन्, "यसले मलाई प्रहरीमा  आउन थप ऊर्जा दियो।" 


१ पुसमा जगातीमा प्रहरीले चीनको खासाबाट तस्करी भएर ल्याएको करबि १० करोड मूल्य बराबरको २३ किलो सुन बरामद गर्‍यो। त्यस अपरेसनको नेतृत्व लिएकी थिइन्, जगाती वृत्तकी प्रमुख डीएसपी किरण राणाले। उनलाई सहयोग गर्न महानगरीय प्रहरी अपराध महाशाखाबाट अर्की व्याची डीएसपी मीरा चौधरी  खटिएकी थिइन्।


किरण जगाती वृत्त अन्तर्गतका दुई प्रभाग र एउटा अस्थायी चौकीका दुई सयभन्दा बढी जनशक्तिलाई कमान्ड गर्छिन्। यसअघि उनी धादिङको गजुरीमा ट्राफिक प्रमुख थिइन्। सरकारी सेवामा लागेको पारविारकि पृष्ठभूमिले आफूलाई प्रहरीमा करअिर बनाउन सहयोग गरेको किरणको भनाइ छ। पूर्वराष्ट्रिय महिला फुटबल  खेलाडीसमेत रहेकी उनी भन्छिन्, "चुनौतीपूर्ण काम गर्ने स्वभावले पनि मलाई प्रहरी बन्न प्रेरति गर्‍यो।" 

उनी नेतृत्वको जगाती प्रहरीले चार महिनाअघि आधा किलो सालकको खपटा जफत गरेको थियो। काठमाडौँबाट चीनको खासा जाने नाका भएकाले यो चेक पोस्ट सुरक्षाका दृष्टिले महत्त्वपूर्ण छ। "यो एकदमै चुनौतीपूर्ण र अति संवेदनशील क्षेत्र हो," उनी भन्छिन्, "प्रविधिको उच्चतम प्रयोग गरेर अपराध नियन्त्रण  गररिहेका छौँ।"


०६१ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी वसुन्धरा खड्का पर्यटक प्रहरी शाखाको नेतृत्व गररिहेकी छन्। भृकुटीमण्डपको पर्यटन बोर्डभित्र रहेको कार्यालयबाट उनी देशभर रहेका २० वटा पोस्टका २ सय २७ प्रहरी परचिालन गर्छिन्। 



ललितपुर, इमाडोलको खड्का परविारको चाहना छोरी परराष्ट्र सेवातिर लागोस् भन्ने थियो। तर, अध्ययनका लागि अमेरकिा जाने तयारीमा रहेकी वसुन्धरामा वेभ म्यागेजिनमा प्रहरी अधिकृत पार्वती थापाबारे पढेपछि प्रहरीमा जागिर खाने सोच पलायो। "उहाँ प्रहरीको जागिरबाटै विश्वका थुप्रै देश घुम्नुभएको थाहा पाएँ।  अनि, विदेश जान त प्रहरीमा पो जागिर खानुपर्ने रहेछ भन्ने लाग्यो," त्यसभन्दा अघि प्रहरीबारे खासै चासो नदिने उनले सुनाइन्, "अनि, त्यसको केही दिनमै आवेदन खुल्यो र भरेँ।" 


वसुन्धरा जागिर प्रवेश गर्दा माओवादी द्वन्द्व उत्कर्षमा थियो। बुबाबाहेक परविारका सबैले मृत्युको मुखमा नजान धेरै आग्रह गरे। उनको मौखिक अन्तर्वार्ता लिने दिन नै नेपाल बन्द पर्‍यो। घरका कसैले नपुर्‍याइदिएपछि इमाडोलदेखि हिँडेरै प्रहरी प्रधान कार्यालय, नक्साल पुगिन्। उनी यस्ती भाग्यमानी महिला हुन्, जसले  जागिर खाएको छोटो समयमै उपत्यकाको महत्त्वपूर्ण सोह्रखुट्टे इन्चार्जको जिम्मेवारी पाइन्। "एक त महिला। दोस्रो इन्चार्जको अनुभवै थिएन। हेडक्वार्टरबाहिर ड्युटी पनि परेको थिएन," उनी सम्झिन्छिन्, "अकस्मात् बिहान १० बजेतिर सोह्रखुट्टेको प्रमुखको कार्यभार लिने गरी १ बजेभित्र हाजिर हुनु भन्ने आदेश आयो।"  


उनले सोह्रखुट्टेमा यस्तो अवस्थामा सुरक्षाको जिम्मा लिइन्, जतिबेला संविधानसभाको पहिलो चुनाव हुँदै थियो भने २ सय ३७ वर्ष पुरानो राजतन्त्र समाप्त भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह सोही बाटो नागार्जुन प्रस्थान गर्दै थिए। "त्यस्तो तरल अवस्था सम्झँदा मैले नै कमान्ड गरेँ त भनेर कहिलेकाहीँ झसंग हुन्छु," उनी  भन्छिन्, "तर, सबैको सहयोगले सफल भएँ।" 



प्रहरीमा महिला प्रवेश

नेपाल प्रहरीको १ सय ५७ वर्षे इतिहासमा ००८ सालदेखि महिला प्रहरी भर्ना गर्न थालिएको हो। तर, त्यतिबेला सार्वजनिक आह्वान गरेर महिला भर्ना लिइएको थिएन। आफूहरूलाई पढ्न लैजाने भनेर प्रहरीमा भर्ना गरएिको एक मात्र जीवित पहिलो महिला प्रहरी चैत्यमाया डंगोल बताउँछिन्। त्यतिबेला १२ महिलालाई  जवानमा सामूहिक भर्ना लिइएको थियो। 


इन्स्पेक्टर वसुन्धरा खड्का 

त्यसयता कोही पहुँचवालाले भन्यो भने मात्रै यदाकदा महिलालाई प्रहरीमा जागिर खुवाउने प्रचलन रहेको पूर्वडीआईजी पार्वती थापा बताउँछिन्। ०३९ सालमा दिलबहादुर (डीबी) लामा प्रहरी महानिरीक्षक भएपछि महिला प्रहरी बढाउने नीति लिए र १ सय ४० जना दरबन्दी रहेको महिला कम्पनी स्थापना भयो। त्यो  कम्पनी ०४६ सालमा खारेज गरयिो। 


लामाकै कार्यकालमा ०४० सालमा प्रहरी सहायक निरीक्षक -असई)मा महिलालाई समेत खुला प्रतिस्पर्धा गराएर प्रहरीमा सामेल गरयिो। त्यसपछि ०४३ सालमा इन्स्पेक्टरमा खुला प्रतिस्पर्धा भयो। त्यतिबेला सेवामै रहेका पार्वती थापा, विमला थापालगायतले पहिलोपटक इन्स्पेक्टरमा नाम निकालेका थिए। ०४९ सालमा  बाहिरबाटै प्रतिस्पर्धा गरेर इन्स्पेक्टरमा पूज्ाा सिंहले नाम निकालिन्। त्यसयता भने सानो संख्यामा भए पनि महिलाले इन्स्पेक्टरमा प्रतिस्पर्धा गर्दै आएका छन्। 


पहिलो जिल्ला इन्चार्ज हुने महिला पार्वती थापा बनिन्, ०५१ सालमा। उनलाई धादिङ जिल्ला प्रमुख बनाइएको थियो। त्यसपछि कविता निरौलालाई प्रमुख बनाएर दोलखा पठाइयो। पार्वती र विमला थापा नेपाल प्रहरीमा गैरप्राविधिकतर्फ सबैभन्दा उपल्लो दर्जामा पुग्ने महिला हुन्। थापाद्वय अञ्चल प्रमुखसमेत भएका थिए।  दुवैले डीआईजीबाट अवकाश पाए। 
जिल्ला इन्चार्ज हुने महिला प्रहरीको संख्यासमेत औँलामा गन्न सकिने मात्रै छ। पार्वती र कवितापछि गीता उप्रेती जिल्ला प्रमुख भएर बसिन्। उप्रेती गोरखा र काभ्रे जिल्ला प्रमुख भइन्। काभ्रे एक मात्र यस्तो जिल्ला हो, जसले दुई जना महिला प्रहरी प्रमुख पाएको छ, अवकाशप्राप्त उप्रेती र अहिले कार्यरत पूजा सिंह। 


अझै थोरै
प्रहरी सेवामा प्रवेश गरेको ६३ वर्ष भए पनि महिलाको संख्या एकदमै थोरै छ। ६७ हजार ४ सय १९ दरबन्दी रहेको प्रहरीमा ४ हजार १ सय २३ जना महिला छन्। जुन कुल प्रहरीको ६ प्रतिशत मात्रै हो। महिलाले प्रहरीमा जागिर खानु हुँदैन भन्ने सामाजिक सोच र अन्य जागिरभन्दा शारीरकि परश्रिम बढी गर्नुपर्ने हुँदा  महिलाको संख्या प्रहरीमा कम रहेको  एसपी पूजा बताउँछिन्।


सरकारले ०६३ सालयता प्रहरीमा भर्ना गर्दा ४५ प्रतिशत आरक्षण कोटाको व्यवस्था गरेको छ। आरक्षितको २० प्रतिशत महिलाका लागि छुट्याइएको छ। पूर्वएसपी उप्रेती प्रहरी सेवामा आकर्षक करअिर छ भन्ने सन्देश दिन नसक्दा महिला आउन नसकिरहेको तर्क गर्छिन्। भन्छिन्, "महिला भएपछि उसले पहिले म सक्षम  छु भनेर आफैँलाई कन्भिन्स गराउनुपर्छ। त्यसपछि परविार र समाजलाई। तीन तहको चुनौती पार गरेर अर्को चुनौतीपूर्ण पेसामा हाम फाल्नुपर्ने हुँदा पनि आकर्षण नबढेको हुन सक्छ।"


तर, उपत्यकाजस्तो चुनौतीपूर्ण स्थानमा समेत महिलाले इन्चार्ज भएर लोभलाग्दो काम गरेकाले दक्ष महिलाको संख्या बढ्न सक्ने सम्भावना रहेको डीआईजी जोशी बताउँछन्। भन्छन्, "महिला इन्चार्ज भएका क्षेत्रको काम राम्रो भएकाले यसले अरूलाई समेत आकषिर्त गर्न सक्ने देखिन्छ।" 


'जेल हाल्छु भनेपछि जागिर खाइयो'

चैत्यमाया डंगोल, ८१, नेपाल प्रहरीको पहिलो पुस्ताकी महिला हुन्। ००८ सालमा आफूलाई झुक्याएर प्रहरीमा जागिर खुवाएको उनी बताउँछिन्। नेपाली कांग्रेसकी अगुवा महिला नेतृ पुण्यप्रभा ढुंगानाले पढ्न पाइन्छ भन्दै २५ जना महिलालाई चार महिनासम्म महिला संघको त्यौडको कार्यालयमा लगेर राखिछन्।  "त्यतिबेलासम्म पढाएनन्। चार महिनापछि एक दिन हामीलाई सिंहदरबार प्रहरी कार्यालयमा लगियो, तलब बुझ्नका लागि," उनले भनिन्। 
एकमात्र जीवित पहिलो महिला प्रहरी चैत्यमाया डंगोल


तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) नरशमशेर जबराले तीमध्ये १२ जनालाई मात्रै जागिर दिने बताएछन्। "जबराले भनेपछि पो प्रहरीमा जागिर खुवाएको थाहा पाइयो," हाँस्दै चैत्यमायाले भनिन्। त्यतिबेला उनी १६ वर्षकी थिइन्। प्रहरी बनाएको भनेपछि सबै डराए, जागिर खान्न भने। "जबराले चार महिना  सरकारले खर्च गरसिकेको छ। अब यो हानिनोक्सानी तिरी जेलसमेत जानुपर्छ भने। जेल हाल्ने भनेपछि डरायौँ," उनी सम्झिन्छिन्। 


प्रहरीमा जागिरे भएको थाहा पाएपछि घरमा श्रीमान्सँग चैत्यमायाको तीन महिना बोलचालै भएन। निरक्षर चैत्यमायासहित १२ जना प्रहरीमा भर्ना भए। पुलिसनी भन्दै चैत्यमायालाई बाटोमा सबैले जिस्क्याउँथे। उनी सबैलाई गुटुटु खेद्थिन्।


खद्दरको सारी थियो, महिला प्रहरीको ड्रेस। उनलाई ट्राफिक दरबन्दीमा राखियो। त्यसपछि रामदलमा। महिलालाई पक्रनु पर्‍यो भने उनीहरूलाई नै लगिन्थ्यो। उनी नुवाकोट दरबारबाट विदुर र बन्दीपुरबाट दमौली सरदमुकाम सार्दा पनि खटिएकी थिइन्।


०१७ सालमा उनी हबलदारमा बढुवा भइन्। त्यसपछि ०३९ सालमा असईबाट राजीनामा दिइन्। "मेरा साथीहरूलाई किन दु:ख दिएको भन्दै हाकिमकहाँ दिनहुँ पेसी दिनुपर्ने भएपछि दिक्क लागेर राजीनामा दिएँ," उनले भनिन्। 


चाबहिल गणेश मन्दिरछेउ बस्ने चैत्यमाया नि:सन्तान भएकाले भान्जीले हेरचाह गर्दै आएकी छन्। पहिले डराएर जागिर खाए पनि अहिले पहिलो महिला प्रहरी भनिदिँदा औधी खुसी लाग्छ उनलाई। भन्छिन्, "सबैले सम्मान गरेर बोलाउँछन्। पहिले जस्तो जमाना छैन।"


चरी इन्काउन्टरकी कमान्डर
मीरा चौधरी 
संसद्देखि सडकसम्म हंगामा मच्चिएको चर्चित डन दिनेश अधिकारी 'चरी' इन्काउन्टरको फिल्ड कमान्ड महिला प्रहरी अधिकृतले नै गरेकी थिइन्। चरी गत साउनमा काठमाडौँको भीमढुंगामा प्रहरीसँग गोली हानाहान हुँदा मारएिका थिए । उक्त अपरेसनको नेतृत्व महानगरीय प्रहरी अपराध महाशाखाबाट डीएसपी मीरा  चौधरीले गरेकी थिइन् । पूर्वराष्ट्रिय महिला फुटबल खेलाडीसमेत रहेकी चौधरीसहित महाशाखाको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्की र प्रहरी निरीक्षक कुमोद ढुंगेलविरुद्ध चरीका परिवार र प्रेमिका खुस्बु ओलीले सर्वोच्च अदालतमा कारबाहीको माग गर्दै रिट हालेका छन्, जुन विचाराधीन छ ।


As appeared in Nepal Magazine

No comments:

Post a Comment