Showing posts with label culture. Show all posts
Showing posts with label culture. Show all posts

Saturday, January 31, 2015

सामाजिक सम्बन्धका सेतु

७ माघमा सोनाम ल्होसार मनाउन सांस्कृतिक झाँकीसहित काठमाडौँको टुँडिखेलमा उपस्थित भएका तामाङहरूका माझमा मगर, नेवार, गुरुङ र ब्राह्मण-क्षेत्री समुदायका व्यक्तिसमेत सहभागी देखिन्थे । डेढ महिनाअघि त्यही स्थानमा आयोजित राई समुदायको चाड उधौलीमा चण्डी नाच्ने राई, लिम्बू मात्र थिएनन्, गुरुङ, मगर, क्षेत्री र ब्राह्मण  समुदायका व्यक्ति पनि हातमा चमर बोकेर ढोल र झ्याम्टाको तालमा नाचिरहेका थिए । यी दुई त प्रतिनिधि उदाहरण मात्रै हुन् । जाति र क्षेत्र विशेषका चाडपर्व भनिएका सांस्कृतिक कार्यक्रममा अरू समुदायको सहभागितासमेत उत्तिकै हुन थालेको छ । 
देशमा पहिचानको मुद्दाबारे राजनीतिक दलहरूबीच तीव्र मतभेद भइरहँदा क्षेत्रविशेष र जातिविशेषका भनेर चिनिएका सांस्कृतिक पर्वहरू भने सामाजिक हार्दिकता र सम्बन्धका सेतु