Saturday, January 31, 2015

सामाजिक सम्बन्धका सेतु

७ माघमा सोनाम ल्होसार मनाउन सांस्कृतिक झाँकीसहित काठमाडौँको टुँडिखेलमा उपस्थित भएका तामाङहरूका माझमा मगर, नेवार, गुरुङ र ब्राह्मण-क्षेत्री समुदायका व्यक्तिसमेत सहभागी देखिन्थे । डेढ महिनाअघि त्यही स्थानमा आयोजित राई समुदायको चाड उधौलीमा चण्डी नाच्ने राई, लिम्बू मात्र थिएनन्, गुरुङ, मगर, क्षेत्री र ब्राह्मण  समुदायका व्यक्ति पनि हातमा चमर बोकेर ढोल र झ्याम्टाको तालमा नाचिरहेका थिए । यी दुई त प्रतिनिधि उदाहरण मात्रै हुन् । जाति र क्षेत्र विशेषका चाडपर्व भनिएका सांस्कृतिक कार्यक्रममा अरू समुदायको सहभागितासमेत उत्तिकै हुन थालेको छ । 
देशमा पहिचानको मुद्दाबारे राजनीतिक दलहरूबीच तीव्र मतभेद भइरहँदा क्षेत्रविशेष र जातिविशेषका भनेर चिनिएका सांस्कृतिक पर्वहरू भने सामाजिक हार्दिकता र सम्बन्धका सेतु

Sunday, January 25, 2015

नम्बरी सुन दुई नम्बरी धन्दा


  • सुरेशराज न्यौपाने र मनबहादुर बस्नेत 

पाँच दिनको बीचमा सतहमा आएका यी पछिल्ला तीन प्रतिनिधि घटनाले सुनको अवैध ओसारपसारका धेरै आयामलाई उजागर गर्छन्। यसले चीनबाट नेपालको बाटो प्रयोग हुँदै भारतसम्म भइरहेको सुन ओसारपसारको व्यापक सन्जालतिर संकेत मात्रै गर्दैन, त्रिभुवन विमानस्थलदेखि तातोपानी, वीरगन्ज र विराटनगरस्थित सीमावर्ती नाकाहरूमा समातिएको सुन परिणामहरूले पनि नेपाल सुन तस्करीको 'ट्रान्जिट' बनेको प्रस्ट हुन्छ। प्रहरीको तथ्यांकलाई आधार मान्ने हो भने पनि पछिल्ला ६ महिनामा अवैध सुन बरामदीका १३ घटनामध्ये सबै उत्तरी छिमेकी मुलुकबाट नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत पुर्‍याउन लागेको देखिन्छ।

गत महिना बसेको नेपाल-तिब्बत अधिकारीहरूको बैठकमा नेपाली पक्षले यस सम्बन्धमा चिनियाँ पक्षको ध्यानाकर्षण गराएको वार्तामा सहभागी भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी बताउँछन्। भन्छन्, "सुन तस्करीको प्रवृत्ति र प्रकृति हेर्दा अन्तर्राष्ट्रिय सन्जाल नै सक्रिय रहेको देखिन्छ। यति ठूलो कारोबार सानाबाट सम्भव नै छैन, यो त संगठित योजनाका साथ भइरहेको छ।"

ल्हासाको सुन 

उखानै छ, ल्हासामा सुन छ, कान मेरो बुच्चै। जनजीवनमा चलेको यस आहानले नेपाली बजारमा आउने सुनको प्रमुख स्रोत चीनको ल्हासा नै हो कि भन्ने देखाउँछ। तर, यथार्थ अर्कै छ। नेपाली बजारमा वैध रूपमा कारोबार हुने सुन अन्य मुलुकबाट आउँछ।

यस नाकामार्फत सुनको वैध/अवैध कारोबार नेपाली समाजका लागि नौलो कुरा भने होइन। सन् '५० को दशकमा तिब्बतमा व्यापार गर्न जाने काठमाडौँका व्यापारी ल्हासाको सुन बोकेर आउँथे। उनीहरू ल्हासामा जग्गा भाडामा लिएरै सुन उत्खनन गर्थे। चीनले तिब्बत नियन्त्रणमा लिनुअघिसम्म नेपाली बजारमा सुनको माग यसरी नै पूरा हुन्थ्यो। प्रथम विश्वयुद्धको अन्त्यसँगै लाहुरेहरू घर फर्किन थालेपछि सुन आपूर्तिको अर्को बाटो खुल्यो। लाहुरेहरूले आफ्नो तलब-पेन्सनको रकमबाटै सुन पनि ल्याउन थाले। त्यसताका लाहुरे बस्तीका कारण पोखरा र धरानले 'सुन हब'को परचिय नै बनाएको व्यवसायीहरू बताउँछन्।

झिटीगुन्टा तथा भारी आदेशमार्फत अरूले तीन तोला सुन ल्याउन पाए पनि बि्रटिस गोर्खा र सिंगापुर प्रहरीमा कार्यरत नेपालीले तीन तोलाका अतिरत्तिm कमाइको ४० प्रतिशत रकमबराबरको सुन ल्याउन पाउँथे। पछि नेपाली सेनाको शान्ति मिसनमा जानेहरूले पनि सुन ल्याउन थाले। र, सुनको स्रोत ल्हासा मात्र रहेन।

अहिले मुलुकमा व्यावसायिक रूपमा सुन आयातको अनुमति वाणिज्य बैंकहरूलाई मात्र प्राप्त छ। बैंकहरूले प्रायः संयुक्त अरब इमिरेट्स र हङ्कङ्बाट सुन आयात गर्छन्। तर, ल्हासाबाट अवैध बाटो भएर सुन आयात गर्ने क्रमको पारो भने पछिल्लो समय ह्वात्तै बढेको छ। त्यो सुन अवैध रूपमै भारतसम्म पुर्‍याउने गरएिको पक्राउ परेकाहरूले प्रहरी बयानमा बताएका छन्। नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक गणेश केसी भन्छन्, "यति ठूलो परिमाण खपत हुने नेपालमा सुनको बजार नै छैन। त्यसैले अवैध रूपमा आएको जति पनि सुन छ, त्यो भारत नै जाने हो।"

तस्करीका रुट

कमान्डर म्याडम

  • प्रहरीको देशव्यापी सञ्जालमा ६ जना महिला नेतृत्वमा
एसपी पूजा सिंह 
परिवार, नातागोतालाई सुइँको नदिई सुटुक्क आवेदन नदिएको भए अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख हुने हैसियत बन्दैनथ्यो, प्रहरी उपरीक्षक (एसपी) पूजा सिंहको। उनी नेपाल प्रहरीको गैरप्राविधिकमा सबैभन्दा उपल्लो तहकी महिला अधिकृत हुन्। 
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा उच्च शिक्षा लिन आएकी पूजा २२  वर्षअघि अचानक प्रहरीमा भर्ना भएकी थिइन्। "छोरी बिग्री भनेर परविारले ठूलो विरोध गर्‍यो," उनले सम्झिन्, "मिल्ने साथीले त प्रहरीमा जागिर खाएर आफ्नो टोलमा बेइज्जत भयो भनेर चिट्ठीसमेत लेखी।"

इन्स्पेक्टरमा नाम निस्कनु र विवाहको छिनोफानो एकै समयमा भयो। पूजाका हुनेवाला ससुराले जागिर छोडे मात्रै बुहारी भित्र्याउने बताए। "कि जागिर छाड्नुपर्ने कि विवाह नगर्नुपर्ने," पूजाका आँखा रसाए, "मैले विवाह नै गर्दिनँ तर जागिर खान्छु भनेर अडान लिएँ।" अन्तत: उनको विवाह पनि भयो र जागिरको  निरन्तरता पनि। "अहिले जागिरबाट दिक्क भएजस्तो गरी छाड्छु भन्दै मन चोर्दा ससुरा बा नै हुँदैन भन्नेमा पहिलो हुनुहुन्छ," उनले सुनाइन्। 


पूजा अहिले सुरक्षा संवेदनशीलतामा अग्रणीमध्ये पर्ने जिल्लाको कमान्ड सम्हालिरहेकी छन्। काभ्रे यस्तो जिल्ला हो, जहाँ सुगम र अति दुर्गम दुवै क्षेत्रको बाहुल्य छ। राजधानीमा अपराध गरेर लुक्ने थलो मात्र नभएर सीमापार अवैध ओसारपसार हुने प्रचलित रुटसमेत हो, काभ्रे। रक्तचन्दन, सुन, जडीबुटीको तस्करी यही  रुटबाट हुने गर्छ। 


गत भदौमा काभे्र आउनुअघि उनले पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको कमान्ड सम्हालेकी थिइन्। उनी पूर्वाञ्चल प्रमुख छँदा उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको भन्दै प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको थियो। पूजाले गोरखा दक्षिणबाहु, जनसेवा पदकसमेत पाइसकेकी छन्। धनुषाको राजपुत परविारमा  जन्मिएकी पूजा कमान्डर भएर काम गर्दा अवसर र चुनौती दुवै समानान्तर हुने बताउँछिन्। "राम्रो र नराम्रो दुवैको भागीदार बन्नुपर्छ," उनी भन्छिन्, "इन्चार्ज भएपछि संगठनको निर्देशन मानेर अरूलाई खटाउनुपर्छ।" 


डीएसपी दुर्गा सिंह 

जिल्ला तह हाँक्ने उनी एक्ली महिला प्रहरी अधिकारी हुन्। तर, इन्जार्च भएर काम गर्ने एक्ली महिला भने होइनन्। काठमाडौँ उपत्यकामै यतिबेला तीन महिलाले कमान्ड हाँकिरहेका छन्। महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुर र ललितपुरको चापागाउँ वृत्तमा क्रमश: प्रहरी नायब उपरीक्षक (डीएसपी)द्वय किरण राणा र  दुर्गा सिंह प्रमुख छन्। यसअघि बालाजु वृत्त डीएसपी गंगा पन्तले हाँकेकी थिइन्।


उपत्यकाका वृत्त प्रहरी पदस्थापनमा आकर्षक स्थान मानिन्छ। तीव्र सहरीकरणसँगै यहाँका आपराधिक चरत्रिमा उही रफ्तारको बदलाव आइरहने हुनाले उपत्यकाका वृत्तको कमान्ड चुनौती पनि छन्। 


प्रहरी प्रधान कार्यालयको आँकडामा अहिले देशभर ६ जना महिला प्रहरीले इन्चार्जको भूमिका निर्वाह गररिहेका छन्। केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा एसपी देउती गुरुङ प्रमुख छन्। पोखरा विमानस्थल प्रहरी सुरक्षा गार्ड प्रमुखमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) चन्द्रकुमारी तामाङको दरबन्दी रहे पनि उनी जिल्ला प्रहरी  कार्यालय कास्कीमा कार्यरत छिन्। महिलाले कमान्ड गरेका वृत्तहरूको कार्य मूल्यांकन सन्तोषजनक रहेको प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) माधव जोशी बताउँछन्। भन्छन्, "उहाँहरूले संगठनले दिएको जिम्मेवारी सफलतापूर्वक सम्हालिरहनुभएको छ।"

Sunday, January 18, 2015

नपढाउने शिक्षक

  • राजनीतिक दलको आडमा सुविधा मात्र कब्जा
शिक्षाविद् विद्यानाथ कोइरालाले 'हरामी शिक्षकका कारण सार्वजनिक विद्यालयको पढाइ धराशयी बन्दै गएको' टिप्पणी गरेपछि धनुषाका अगुवा शिक्षक मेघनाथ यादव एकछिन रन्थनिए। नेपाल शिक्षक संघका जिल्ला अध्यक्षसमेत रहेका यादवले मनमनै आफूले पढाउने विद्यालयको पढाइ स्तरीय बनाउने वाचा मात्र गरेनन्, पूरा समय विद्यालयमा बिताउन थाले, विद्यार्थीलाई गृहकार्य नियमित दिने र जाँच्ने तालिका बनाए। 
"प्रधानाध्यापक र अरू शिक्षकसँग सल्लाह गरेर सबैले पढाइमा ध्यान दिन थाल्यौँ," जनकपुरस्थित सरस्वती नमुना उच्च माविका शिक्षक यादव डेढ वर्षअघिको घटना स्मरण गर्छन्, "त्यसैले हामीले ०७० सालको एसएलसीमा पहिलोपटक डिस्टिङ्क्सन ल्याउन सफल भयौँ। यसपालि पाँच जना विद्यार्थीले डिस्टिङ्क्सन ल्याए।" 

कक्षाकोठामा पढाउन छाडेर दलीय राजनीति र निजी काममा नबरालिने हो भने बहुसंख्यक केटाकेटी पढ्ने सरकारी विद्यालयको पढाइ उकासिन बेर लाग्दैन भन्ने उदाहरण हो, जनकपुरको सरस्वती उच्च मावि। तर, देशभरका अधिकांश विद्यालयका कथा यति प्रशंसायोग्य छैनन्। शिक्षकहरू पढाउन छाडेर राजनीतिक दलको झोले कार्यकर्ता बनेकै कारण सार्वजनिक विद्यालयको पढाइ दिनानुदिन कमजोर बन्दै गएको छ। राजनीतिमा सक्रिय शिक्षक नेताहरूकै विद्यालयको एसएलसी नतिजा कमजोर मात्र होइन 'निल' नै हुनुले पनि यसको पुष्टि गर्छ -हेर्नूस्, बक्स)। 

जसले दिए भव्य भवन



कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरको उत्तरी मोहडामा एकदमै भिन्न शैलीको आकर्षक भवन उभिएको छ । एकैछिन भए पनि यो भवनको भव्यता टक्क अडिएर ननियाल्ने कमै हुन्छन् । त्रिविको स्वायत्त निकाय आर्थिक विकास तथा प्रशासनिक के न्द्र -सेडा)को भवन साँच्चै सुन्दर छ । तहतह परेको भिरालो छाना, पछाडिबाट सिलिन्डर उठेको, हरिसिद्धि इँटाले मोडिएको । त्रिविका भवनहरूबीच 'युनिक' देखिने यसको डिजाइनसँग नलोभिने को होला ? 


यो भवनको डिजाइन गरेका हुन्, विश्वप्रसिद्ध वास्तुकार कार्ल प्रुस्चाले । नेपालमा विश्वकै विख्यात आर्किटेक्टका कलाकृति पनि स्मरणीय बनेर उभिएका छन्, त्यसैमध्ये एक वैभवशाली भवन हो, सेडा । सहरी योजनाविद्समेत रहेका अस्टि्रयन नागरिक प्रुस्चाले सन्  '६० को दशकमा यो भवन डिजाइन गरेका थिए । सन् १९६४ मा काठमाडौँ उपत्यकाको सहरी विकास योजना बनाउन बोलाइएका प्रुस्चा नेपालको वास्तुकलामा समेत आफ्नो सुन्दर सिर्जना खिपेर बाहिरिए । 

त्यसअघि प्रुस्चा संसारमा औसत आर्किटेक्टका रूपमा गनिन्थे । तर, सेडा भवनले उनलाई स्थापित गरायो । "उनले आर्किटेक्टका रूपमा प्रसिद्धि पाएका थिएनन्," त्रिवि, पुल्चोक इन्जिनियरिङ क्याम्पसका आर्किटेक्चरका प्राध्यापक सुदर्शनराज तिवारी भन्छन्, "सेडा  भवन बनाएपछि भने आर्किटेक्टका रूपमा विश्वप्रख्यात भए ।"

यसको प्रमुख विशेषता भनेकै भिरालो जमिनमा भवन बनाउँदा पनि भू-बनोटलाई नबिगारी र नसम्याई नेपाली शैलीको संरचना बन्नु हो । जसलाई भवन तथा निर्माण विभागका पूर्वउपमहानिर्देशक एवं आर्किटेक्ट भरत शर्मा 'अग्र्यानिक वास्तुकला' भनी टिप्पणी  गर्छन् । "अधिकांशले एउटा बनाउँदा अर्कोलाई बिगार्छन्," उनी भन्छन्, "तर, यो भवनमा जमिनको सक्कली स्वरूपलाई यथास्थितिमा राखिएको छ ।" 

बिना अपराध साढे १४ वर्ष भारतीय जेलमा

  • भूपालमान दमाई उर्फ युसुफ नेपालीको पक्राउ, यातना र जेल जीवनको खुलासा
मनबहादुर बस्नेत

१९ कात्तिकको मध्याह्न। काठमाडौँको गौशालास्थित होटल महाराजानजिकै एक जना अधवैँशे दुवै खुट्टा फैलाएर सडकमा लम्पसार थिए। हातले पछिल्तिरका फलामे डन्डीको बारमा पक्रिएका उनको एक छेउमा बेमतलबसँग फालिएको झोला थियो। पसिनाले निथु्रक्क अनुहार बनाएका उनको एक घुट्को पानी पिएपछि मात्र वाक्य फुट्यो, "चक्कर आइरहेको छ।" लगत्तै उनले तीनपटक बान्ता गरे। 


रिँगटा लागेर सडकमा ढलेका यी व्यक्ति थिए, साढे १४ वर्ष भारतीय जेलमा बिताएपछि निर्दोष ठहरिएका भूपालमान दमाई उर्फ युसुफ नेपाली, ५२। ९ पुस ०५६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको आईसी-८१४ विमान अपहरणको त्रासदीपूर्ण घटनामा सहयोग गरेको अभियोगमा भूपालमानले आफ्नो जीवनको उर्वर समय भारतको जेलमा बिताउनुपर्‍यो। ३८ वर्षको उमेरमा जेल परेका उनी १४ वर्ष ७ महिनापछि निर्दोष साबित भए र २२ चैत ०७० मा मुक्त भएका हुन्। 


उनलाई अपहरणकारीलाई बन्दोबस्ती सहयोग र हतियार उपलब्ध गराएको आरोपमा १५ पुस ०५६ सालमा मुम्बईबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनीमाथि विमान अपहरणका लागि खर्च जुटाउन बैंक र कार चोरीको अभियोगसमेत लगाइएको थियो। अढाई दशक पन्जाबको पटियाला र मुम्बईको आर्थर रोड जेलमा बिताएपछि भूपालमानलाई पन्जाब-हरियाणा उच्च अदालतले निर्दोष त ठहर्‍यायो तर यतिन्जेल उनको सब थोक गुमिसकेको थियो। 


लामो समय भारतीय जेलमा बसेकाले होला, उनको लबज भारतीयको जस्तै बनिसकेको छ। शारीरिक र मानसिक यातना र प्रताडनाले खाएको शरीर जीर्ण छ। उमेरभन्दा निकै पाको। रोगको भकारी। खानेबस्ने बन्दोबस्त छैन। आफ्नो जीवन बर्बाद भएकामा उनी निराश र हतास छन्। कुनै कुरा सोध्यो भने केही बेर घोरिन्छन् र ढिलो गरी जवाफ फर्काउँछन्। छाती बेस्सरी पोल्छ। आधा घन्टा हिँड्यो भने खुट्टा दुखेर पाइला सार्नै सक्दैनन्। युरिक एसिड, अल्सर, मधुमेहजस्ता रोग उनका साथी बनेका छन्। 


बिनाअपराध विदेशी जेलमा बसेर निस्कँदा उनका पक्षमा आज कोही मानव अधिकारवादी, नागरिक समाज वा राजनीतिकर्मी बोलिरहेका छैनन्। तिनै गुमनाम भूपालमान नेपालको लामो प्रयासपछि आफ्नो अलपत्र जीवनबारे बोल्न राजी भए। 


यी हुन् भूपालमान 


बिन्जेल-५, सिन्धुपाल्चोकको एक गरिब परिवारमा जन्मिएका हुन्, भूपालमान। उनी ११ वर्षको छँदा परिवारले मुस्लिम धर्म अपनायो। त्यसपछि भूपालमान युसुफ नेपाली भए। तर, नागरिकता भने भूपालमान दमाईकै नाममा छ। भारतमा भूपालमानलाई युसुफ नेपाली भनेरै सार्वजनिक गरिएको थियो। गरिबीकै कारण भूपालमानको पढाइ ७ कक्षाभन्दा अघि बढेन। पढाइ छाडेर राजधानी आए। केही समय ज्यालादारी काम गरे। पछि बागबजारमा चियानास्ताको सानो होटल थाले। 


होटलबाट मात्र पाँच जनाको परिवारको गुजारा नचल्ने भएपछि समयसमयमा सुन्धारा, असन, कमलादी, कालीमाटीजस्ता मुख्य बजार र चोकमा पुगेर फुटपाथमै कपडा र जुत्ताचप्पल बेच्ो । पसलका गोदामबाट उठाइएका यस्ता सामान खासमा मिति गुजि्रएका हुन्थे। "दोकानमा नचलेर गोदाममै थन्क्याइएका सामान हामी फुटपाथमा बेच्थ्यौँ," भूपालमान सम्झन्छन्। होटल श्रीमतीको जिम्मामा हुन्थ्यो। भारी बोक्ने काम पाउँदा त्यही गर्थे। भन्छन्, "पिठ्यूँमा भारी बोकेर बनेपासम्म जान्थेँ।"