Wednesday, February 22, 2017

कल बाइपासले वार्षिक झन्डै दुई अर्ब क्षति


  • नियन्त्रण हुनै सकेन अवैध भीओआईपी सञ्चालन गरी राजस्व छल्ने प्रवृत्ति
मनबहादुर बस्नेत


→ पहिलोपल्ट अवैध रुपमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) सञ्चालन गरेको अभियोगमा प्रहरीले साउन ०६३ मा सिरहाका राकेश गिरीलाई ठोचो, ललितपुरबाट पक्राउ गर्‍यो । कल बाइपास गरी राजस्व छलेको आरोपमा उपकरणसहित पक्राउ परेका उनी त्यतिखेर पााच लाख रुपियाा धरौटीमा छुटे । फेरि त्यही धन्दामा लागे । पुनस् एक वर्षपछि पक्राउ परे र धरौटीमै छुटे । उनले जानेको काम त्यही थियो । फेरि त्यही कामलाई निरन्तरता मात्र दिएनन्, अवैध सञ्जाललाई झनै विस्तार गरे ।
→ ३ असार ०६८ मा जैसीदेवल, काठमाडौाबाट तिनै राकेशसाग सिरहाकै गिरीश गिरी पनि पक्राउ परे । उनीहरु क्रमशस् एक र दुई वर्ष जेल पनि बसे । तर, जेलबाट छुटेलगत्तै गिरीश भीओआईपी धन्दामै फर्किए । ८ मंसिर ०७० मा भौसीपाटी, ललितपुरमा उनले भीओआईपी सञ्चालन गरेको पाइए पनि प्रहरीलाई छक्याएर भाग्न सफल भए ।

→  ६ असोज ०७१ मा प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरका तीन स्थानमा छापा मार्‍यो । तीनै ठाउाबाट गिरीद्वयकै गिरोहले भीओआईपी चलाएको फेला पर्‍यो र उनीहरुसहित पााच जना पक्राउ परे । प्रहरीको अनुसन्धानबाट उनीहरुले कल बाइपासबाट करिब २० करोड रूपियाा कमाएको देखियो । यतिखेर राकेश एक वर्ष र गिरीश दुई वर्ष कैद भुक्तान गरेर निस्किसकेका छन् ।

मुलुकमा भीओआईपीबारे धेरैलाई थाहै नभएको र

आरोही गाउँ



  • एउटै वडामा साठीभन्दा बढी सगरमाथामा आरोही

तस्विरहरु: मनबहादुर बस्नेत

  • मनबहादुर बस्नेत

वरिपरि बाक्लो अन्धकार थियो । केही पर बत्ती पिलपिलाएको देखियो, त्यतै लागियो । बिस्तारै थाहा हुादै गयो, घर नै रहेछ । हामीले बोलाएको सुने सायद । खोक्दै निस्किए, एकजना वयस्क मानिस । उनी त सगरमाथा आरोही आङछिरिङ शेर्पा रहेछन् । पूर्व वडाअध्यक्षसमेत रहेका उनी सगरमाथा आरोहणमा ह्याट्रिक गर्ने आरोही ।
खुम्बु क्षेत्रमा पर्ने खुम्जुङ गाविसको सिंगो फोर्चे गाउा सगरमाथा आरोहीहरूको थलो हो । ९ नम्बर वडामा पर्ने जम्मा ८५ घरधुरीको यो गाउामा सगरमाथा चुम्नेहरूको संख्या मात्रै ६७ छ । एउटै वडामा यति धेरै आरोही हुनु सााच्चै दुर्लभ हो । अर्थात् फोर्चेका घरैपिच्छे सगरमाथा चुमेका पैतलाका डाम छन् । ँएउटै गाउामा यति धेरै आरोही अन्यत्र कतै भेटिन्नन्”, खुम्जुङ गोक्योका पासाङ छिरिङ शेर्पा, जो शेर्पा अल्टिमेट माउन्टेनर्स पुस्तकका लेखकसमेत हुन्, भन्छन् ।

हिमालको काखमा चराको गुाडजस्तै बनेर बसेको यो सुन्दर बस्तीमा दर्जनौा पटक सगरमाथा चुमेका हिमवीरहरूको थातथलो छ । ँयहाा सगरमाथा नचढ्ने घरै छैन भने पनि हुन्छ,”सगरमाथा आरोही ल्हाक्पा दोर्जी शेर्पा भन्छन् । पहिलो पटक चढेर फर्कंदा झन्डै दुर्घटनामा परेपछि उनले त्यसपछिचाहिा आाट गरेनछन् ।

हुन त हिमाल आरोहण यो

सिन्डीकेट राजलाई चुनौती



  • पोखरामा जब्बर बस व्यवसायी र सरकारी निकायसाग जुध्दै केही प्रतिस्पर्धी



मनबहादुर बस्नेत
‘म पोखरा क्षेत्रबाट सार्वजनिक यातायात सेवा सञ्चालन गर्न चाहन्छु । सहजीकरण गरिदिनुपर्‍यो, सीडीओ साप,’ यातायात व्यवस्था विभागद्वारा रुट इजाजतपत्र पाएपछि बसको काउन्टर खोल्न पोखरा पुगेका उज्यालो यातायात संघका अध्यक्ष श्रीप्रसाद सिवाकोटीले कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरि मैनालीलाई भनेछन् ।

‘मिल्दैन,’ सीडीओले ठाडै जवाफ फर्काएछन् । ‘किन मिल्दैन ? कानुन, संविधानका धारा, उपधाराले त कानुनी अधीनमा रही हामीलाई जहाासुकै व्यवसाय गर्न पाउाछ भनेको छ त होइन ?’
‘कानुनका कुरा हामीलाई सिकाउने ?’ सीडोओले झनै जरखरिएको जवाफ दिएछन् ।

सार्वजनिक यातायातको क्षेत्रमा ऐाजेरु जस्तै जकडिएको सिन्डीकेट तोड्न सहज छैन भन्ने सिवाकोटी–मैनाली संवादले प्रस्ट्याउाछ । देशव्यापी रूपमा सिन्डीकेट तोड्ने भन्दै झापादेखि पोखरासम्म पुगेको संघको अभियान त्यहाा अड्किएको ६ महिना भइसक्यो ।
विभागले संघका गाडीलाई ३० फागुन ०७२ मा

आयल निगम आफौ हडताली


  • सरकारले अत्यावश्यक वस्तुका रूपमा सूचीकृत गरे पनि पेट्रोलियम पदार्थको आपूर्तिमा बाधारअवरोध


भदौ लाग्नासाथै काठमाडौा उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार मच्चियो । कतिपय पेट्रोल पम्पहरूले ‘पेट्रोल र डिजेल छैन’ लेखिएका बोर्ड झुन्ड्याए भने इन्धन बााडिरहेका पम्पहरूमा सवारीसाधनको लम्बेतान घुइाचो लाग्यो । बन्द पम्प र त्यसअगाडि लाम लागेका सवारी साधनको लर्कोले इन्धन संकटको भयानक तस्बिर देखाउाथ्यो । तर, इन्धन अभाव हुनुको कारण भने धेरैले पत्तो पाएनन् ।

बदनाम विमानस्थल



  • कमजोर सुरक्षा, लथालिंग व्यवस्थापन र अवैध ओसारपसारको अखडा

तस्विरहरु: रवि मानन्धर

  • मनबहादुर बस्नेत

पाकिस्तानी नागरिक मरियम वाही जमालिया पाकिस्तान इन्टरनेसनल एअरलाइन्स (पीआईए)को विमानबाट २ चैत ०६६ को बिहान ११ बजे त्रिभुवन अन्तर्रा्ष्टि्रय विमानस्थल (टीआईए)मा ओर्लिन् । तर, उनी नियमित ‘रुट’मा छिरिनन् । बरू, विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी जवान दीपेन्ऽ गिरीले उनको सामान ट्रलीमा राखेर भन्सार जााच नै नगरी लगेज एरियासम्म ल्याइदिए । विमानस्थलमा खटिएको प्रहरीको विशेष ब्युरोको टोलीले यी सबै दृश्य नियालिरहेको थियो । जमालिया टर्मिनल भवनबाट पार्किङ क्षेत्रमा निस्केकी मात्रै थिइन्, ब्युरोले समात्यो र उनको साथबाट ३० लाख नक्कली भारतीय रुपियाा भेट्टायो ।

पाकिस्तानबाट भित्रिएको नक्कली भारु लिन भारतीय नागरिक इमरान तेली विमानस्थलभित्रै पुगेका थिए । जमालिया पक्राउ परेको सूचना पाएपछि तेली फरार भए । त्यसको दुई दिनपछि तेलीलाई प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरो (सीआईबी) र विशेष ब्युरोको टोलीले काठमाडौाबाटै पक्राउ गर्‍यो । वीरगन्जमा बसेर नक्कली भारुको कारोबार गर्ने इल्ताफ अन्सारीका लागि आफूले काम गरेको तेलीले खुलाए । तेलीलाई सिंहदरबारस्थित महानगरीय प्रहरी प्रभाग (अहिले वृत्त)मा लगेर अनुसन्धान टोलीले बयान लिादा घटनाको डरलाग्दो पाटो पटाक्षेप भयो, विमानस्थलबाट नक्कली भारु भित्रिनुमा प्रहरीका उच्च अधिकारीहरूकै सञ्जालले काम गरेको रहेछ ।

त्यसपछि विशेष ब्युरोका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुशीलवरसिंह थापा र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुबोध घिमिरे सम्मिलित टोलीले गोप्य तवरमा छानबिन गर्‍यो । छानबिनबाट तत्कालीन विमानस्थल सुरक्षा गार्ड प्रमुख डीआईजी रमेशशेखर बज्राचार्य (हाल एआईजी) र एसएसपी हेमन्त पाल (हाल डीआईजी)को संरक्षणमा विमानस्थलबाट जाली भारु नोट नेपाल भित्रिएको देखियो । विमानस्थलबाट हुने गरेको नक्कली भारु ओसारपसारसम्बन्धी विशेष ब्युरोको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ, ँबज्राचार्य र पालको निर्देशनमा उनका विश्वासप्राप्त प्रहरीले नै नक्कली भारु विमानस्थलमा भित्र्याएर त्यहााबाट सुरक्षित बाहिर निकाल्न यो घटनामा तेलीलाई संरक्षण गरेको देखियो ।”

निजी क्षेत्रले पेट्रोलियम कारोबार ! निर्णय हुन्छन् तर उल्टिन्छन्



  • आपूर्ति मन्त्रालय र नेपाल आयल निगम अदूरदर्शिताको सिकार


निर्णय : २१ असारमा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबारमा नेपाल आयल निगम (एनओसी)को एकाधिकार तोड्दै निजी क्षेत्रलाई समेत यसको कारोबार गर्न पाउने गरी निर्णय गर्‍यो । आपूर्ति सचिवले नेतृत्व गर्ने पेट्रोलियम आपूर्ति तथा व्यवस्थापन समितिले यस्तो निर्णय लिएको थियो । निर्णयपश्चात् मन्त्रालय मातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आठवटा कम्पनीलाई पेट्रोल र डिजेलको कारोबार गर्न पाउने अनुमति दियो । जस अनुसार नेसनल पेट्रोलियम प्रालि, विराट पेट्रोलियम प्रालि, पेट्रोलिम्याक्स प्रालि, हिमालयन प्रालि, ट्रान्स हिमालयन कर्पोरेसन, सोनापुर मिनरल आयल, डीडी पेट्रोलियम प्रालि र मालिका पेट्रोलियम प्रालिले कारोबारका लागि पूर्वाधार बनाउन अनुमति पाए ।

Friday, February 17, 2017

अघिअघि अपराधी, पछिपछि प्रहरी

प्रहरीभन्दा अपराधी एक कदम अगाडि

गत साउनमा नेपाल प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरोमा सुन्दा रोचक लाग्ने तर गम्भीर प्रकृतिको उजुरी आयो । फेसबुकमार्फत बाटिएको मित्रताको डोरी कसरी अपराधको भर्‍याङ बन्छ भन्ने त्यो उजुरीमा छर्लंग थियो ।