युवा ’तपस्वी’का गतिविधि प्रश्नको घेरामा
गृह मन्त्रालयद्वारा ६ वर्षअघि गठित एउटा अध्ययन समितिले विवादमा परेका बाराका रामबहादुर बमजन विशुद्ध तपस्वी भएकाले ध्यानरसाधना गर्ने वातावरण बनाइदिनुपर्ने रायसहित प्रतिवेदन दियो। बमजन त्यसपछि सर्वसाधारणलाई बन्धक बनाउनेदेखि कुटपिटमा उत्रिनेसम्मका आधा दर्जन घटनामा मुछिए।
त्यसको ठ्याक्कै ६ वर्षपछि गृह मन्त्रालय अन्तर्गतकै सुरक्षा निकाय नेपाल प्रहरीले बमजनको व्यवहार शंकास्पद बन्दै गएको भन्दै निगरानी बढाएको छ।
खास गरी एक महिनाअघि उनी ध्यानमा बसेको स्थान बाराको रतनीपुरस्थित हलखोरयिाको चारकोसे जंगलमा हेलिकप्टर अवतरण गरनिे सूचना पाएपछि प्रहरी चनाखो भएको हो।
“जंगलमा हेलिकप्टर बस्न लागेको खबर आएपछि हामीले कुनै पनि हालतमा त्यसो गर्न नदिने योजना बनायौँ,“ अञ्चल प्रहरी कार्यालय, नारायणीका प्रमुख प्रहरी वरष्िठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल भन्छन्, “हामीले धार्मिकरआध्यात्मिक कुरा भनेर सुरुमा कडाइ गरेनौँ। तर, सधैँ विवादमा आउने बमजनका कार्यशैलीसमेत शंकास्पद देखिन थालेपछि यो विषयलाई गम्भीर रूपमा लिएका छौँ।“
प्रहरी स्रोतका अनुसार काठमाडौँका केही गुम्बाका लामाहरूले बमजनलाई प्रयोग गरेका छन्। बमजनको संरक्षण गर्न बनेको समितिमा स्वतन्त्र तिब्बतका पक्षधर, भारतका धार्मिक अतिवादीहरू छन्। तत्कालीन राजसभा स्थायी समिति सदस्य नानीमैया लामा, राजा ज्ञानेन्द्रको शासनकालमा मन्त्री रहेका मणि लामा र पूर्वअञ्चलाधीश प्रजापति कोइरालाको बमजन र उनको समितिसँग हिमचिम रहेको स्रोतको दाबी छ। केही स्थानीयसमेत बमजनलाई धार्मिक आस्थाका कारण सम्मान गर्छन्।
भारतको बनारस, नौतनपुरीधामका हिन्दु अतिवादी र काठमाडौँस्थित केही गुम्बाका लामा गुरुहरू बमजनको ध्यान केन्द्रमा सक्रिय रहँदै आएको प्रहरी स्रोतको दाबी छ। दुई वर्षअघि बमजनको धर्मग्रन्थ सार्वजनिक कार्यक्रममा तिब्बत, ताइवान, जापान, थाइल्यान्ड, अमेरकिा र बेलायतबाट आएका धर्मगुरुहरूको ठूलो संख्यामा उपस्थिति थियो। “हामीले धार्मिकबाहेकका गतिविधि नगर्न, सुरक्षा दस्ता नराख्न बारम्बार चेतावनी दिएका छौँ,“ जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ईश्वरबाबु कार्की भन्छन्, “त्यहाँका गतिविधिलाई सूक्ष्म ढंगले अध्ययन र विश्लेषण गररिहेका छौँ।“
विवादै विवाद
२६ वर्षीय बमजन जेठ ०६२ देखि पाँच वर्ष निराहार तपस्या गर्ने भन्दै जंगलमा बसेका हुन्। तर, ध्यान सुरु गरेसँगै उनी विवादमा तानिए। साउन ०६७ मा हलखोरयिा जंगलमा च्याउ टिप्न गएका बारा, मनहर्वाका १७ सर्वसाधारणलाई नियन्त्रणमा लिई बमजन र उनका अनुयायीले कुटपिट गरेपछि विवादको आकार बढ्दै गयो। सर्वसाधारणमाथि हातपात र बन्धक बनाउने उनको शृंखला अहिलेसम्म रोकिएको छैन। भदौको मध्यमा निजगढका युवाद्वय उत्तिम गुरो र सोनम कुमरलाई पनि उनीहरूले मादक पदार्थ सेवन गरी जथाभावी बोलेको आरोपमा रातभर चारकोसे हलखोरयिा जंगलमा बाँधेर राखे।
त्यसरी बन्धक बनाएको थाहा पाएर पुगेका स्थानीयवासी र बमजनका अनुयायीबीच झडप हुँदा दुवै पक्षका केही घाइते भए। बमजनका चालक रूपबहादुर थिङ र अनुयायी लमजुङका समीर गुरुङ र नागराज नामका एक बालक घाइते भएका थिए। “हलखोरयिा पुगेका स्थानीयमाथि बमजनको समूहले लाठी प्रहार गरेपछि दोहोरो झडपका क्रममा उनीहरू घाइते भए,“ स्थानीय जगजीवन कुमरले भने, “हामी पुगेपछि बन्धक बनाइएका युवकहरूलाई छाडे।“
बोधी श्रवण धर्म संघ र नमो तपोवन संरक्षण तथा संवर्द्धन समितिका स्वयंसेवी र पदाधिकारीले बमजनको सुरक्षा दिन्छन्। संघकै पदाधिकारीले बोक्सीको आरोपमा ०६९ मा स्लोभाकीयाकी नागरकि मारचिी भनिने टाकाक सुसाना र सिन्धुपाल्चोककी एक आनीलाई तीन महिना बन्धक बनाएर पैसा असुलेपछि प्रहरीले उद्धार गरेको थियो। प्रहरीले त्यस बेला धार्मिक कुरा भन्दै बमजन र उनका अनुयायीमाथि कुनै कारबाही गरेन।
बमजनले नागरकिता नबनाइदिएको भन्दै आफ्नै दाजु गंगा र दिदी राजकुमारीलाई समेत कुटपिट गरेको र गाउँकै अर्का एक जनालाई तरबारले हानेर घाइते बनाएको प्रहरीको भनाइ छ। बमजन कुटपिट र लुटपाटमा मात्रै सीमित छैनन्। उनले आफ्नो नाम फे रेर धर्म संघ बमजनको नाममा नागरकिता र राहदानी लिने प्रयास गरेका थिए। तर, जिल्ला प्रशासन कार्यालय, बाराले अस्वीकार गरेपछि आफ्ना अनुयायीहरूलाई सडकमा उतारे। राष्ट्रिय वन अतिक्रमण गरी गैरकानुनी रूपमा भवन बनाएर शंकास्पद गतिविधि गरेको भन्दै प्रशासनले उनलाई नागरकिता दिन अस्वीकार गर्दै आएको छ।
बमजनले चारकोसे वनको पाँच सय हेक्टरभन्दा बढी वन क्षेत्र काँडे तारले घेरेर नियन्त्रणमा लिएका छन्। जिल्ला वन कार्यालय र प्रशासनले बमजनलाई वन प्रवेशमा रोक लगाएपछि पुनरावेदन अदालत, हेटौँडाले २५ जेठ ०७१ मा अन्तिम फैसला नहुन्जेल ध्यानबाट विस्थापित नगराउनू भन्ने आदेश दियो। त्यसपछि उनी पुनः हलखोरयिामा बस्न थालेका हुन्। जेठ ०७० मा हलखोरयिा राष्ट्रिय वन भएको र त्यो महत्त्वपूर्ण जैविक वासस्थान भएकाले उक्त ठाउँमा कुनै पनि निर्माण र उपभोग गर्न नदिनू भन्ने सचिवस्तरीय निर्णयसमेत भएको थियो। केही समयअघि तपस्यास्थलको वनलाई ’धार्मिक वन’ घोषणा गर्न माग गर्दै बमजनका अनुयायी आन्दोलित भएका थिए।
स्थानीयमाथि लगातार कुटपिट तथा सरकारी वनमा गुम्बा र स्तुपा निर्माण हुन थालेपछि उक्त क्षेत्रलाई शंकास्पद भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदा बमजन सिन्धुली पुगेका थिए। जंगल अतिक्रमण गरी बनाइएका पक्की गुम्बा र स्तुपा डोजर लगाएर भत्काइएका थिए। बमजनको समितिमा रहेका आफ्नै दाजु र निकटका व्यक्तिहरूका नाममा राष्ट्रिय वाणिज्य बैंक, निजगढ शाखामा निक्षेप गरएिको सात लाख रुपियाँसमेत सरकारी ढुकुटीमा दाखिला गरएिको थियो।
सन्देहमा अभ्यास
विश्व शान्ति मैत्री परधिान नाम दिएर बमजनका अनुयायीहरूले अंग्रेजी, लामा र नेपाली लिपिमा धार्मिक ग्रन्थसमेत प्रकाशन गरेका छन्। बौद्ध धर्मका अध्येता रमेश ढुंगेलका अनुसार बुद्धत्व प्राप्तिका दुईवटा माध्यम हुन्छन्, योग परम्परा ध्यान र शास्त्रीय दर्शनको गहन अध्ययन। बमजनले अघिल्लो विधि यौगिक ध्यानमार्फत बौद्धमार्गी बन्ने बाटो रोजेका हुन्। “उनको अभ्यास हेर्दा उनले यौगिक ध्यान विधि अपनाएका छन्,“ ढुंगेल भन्छन्, “विधिमा विवाद छैन तर क्रियाकलाप विवादमा आउनु दुःखद कुरा हो।“
ध्यान र ज्ञान दुवैको सम्मिश्रणबाट अभ्यास नगर्दा बमजन विवादमा मुछिएको हुन सक्ने ढुंगेलको विश्लेषण छ। अहिलेको समयमा बौद्ध दर्शनको किताबी ज्ञानबिना ध्यानले मात्रै बुद्धत्व प्राप्त गर्न सकिँदैन। भन्छन्, “बमजनको अभ्यास एकांगी किसिमको देखिन्छ। बुद्ध धर्ममा ध्यान र ज्ञान दुवै चाहिन्छ। एउटा नभए त्यो अपूरो हुन्छ। बमजनले ध्यान गरे तर बौद्ध दर्शनको ज्ञान पाएनन्। त्यसले गर्दा उनका अभिव्यक्ति र व्यवहार बारम्बार विवादमा आएका हुन सक्छन्।“
अहिंसालाई आधार बनाउने दर्शन हातमा लिएर हिंसामा उत्रिनु बौद्ध दर्शन र धर्मका लागि पनि राम्रो नभएको बौद्ध दर्शनका अध्यापक आचार्य सोनम ग्युर्मे बताउँछन्। भन्छन्, “साधना, ध्यानमा लागेका व्यक्ति हातपातमा उत्रिनुु पक्कै राम्रो कुरा होइन। तर, हामीले बमजन स्वयंले हातपात गरेका हुन् वा उनका अनुयायीले भन्ने पनि हेक्का राख्नुपर्छ। अनुयायीले गरेका गल्तीले बमजन बदनाम भएका पनि हुन सक्छन्। यसको मिहिन अध्ययन नगरी यसै भन्न सकिँदैन।“ ग्युर्मेले बमजनका श्रव्य, दृश्य सामग्री संकलन गरेर लामा, अंग्रेजी र नेपाली भाषामा सम्पादन गरेका छन्। भन्छन्, “मैले झन्डै एक वर्ष बमजनले तपस्या गर्ने स्थानमा यी सामग्री बटुलेँ। म बस्दा कुनै विवाद आएको थिएन।“
बौद्ध दर्शनका अर्का अध्येता तथा गृह मन्त्रालयको अध्ययन समितिमा रहेका वसन्त विडारी सानैदेखि माछामासु नखाने र सुसंस्कृत बाल्यकाल बिताएका बमजन उतिबेला तपस्वीका रूपमा देखिएको बताए। “ध्यानले मात्रै बुद्धत्व प्राप्त हुँदैन। उनी कुन चरणमा पुगे, त्यसको अध्ययन नगरी यसै भन्न सकिन्न,“ उनी भन्छन्, “सामाजिक असहिष्णुता फैलाउनु, हिंसात्मक गतिविधि गर्नुचाहिँ राम्रो होइन। त्यसभित्रको राजनीति के हो, हाम्रो समितिले पनि खोजेको थिएन।“
बमजनको निराहार तपस्याबारे बाराका तत्कालीन प्रमुख जिल्ला अधिकारी शान्तराज सुवेदीले चिकित्सकीय जाँच गराउने प्रयास गरेका थिए। तर, उनी सफल भएनन्। “ध्यानको उद्देश्य के हो, उनी किन बारम्बार असन्तुष्ट हुन्छन् भन्ने कुराको प्राज्ञिक अध्ययन हुनुपर्छ,“ विडारी भन्छन्।
(कलैयाबाट लक्ष्मी साहको सहयोगमा)
प्रकाशित : भाद्र २९, २०७१
No comments:
Post a Comment