जालसाजी, लागूऔषध र सम्पत्ति विवादमा यसरी मुछिए, मसकुर अहमद
त्रिभुवन अन्तर्रा्ष्टि्रय विमानस्थल (टीआईए)को तीन नम्बर गोदाममा चेकजााच भएर प्लाइउडका केही बाकस विमानस्थलको एप्रोन क्षेत्रमा छिराइन्छ, १४ मंसिर ०५४ को सााझ । केही बेरपछि बाअप २६४ नम्बरको भ्यान बाकसनजिकै पुग्छ । विमानस्थलमा सामान लोडरअनलोड गर्ने ६ जना त्यहाा झुरुप्प भेला हुन्छन् र भन्सार जााच भएका बाकससाग भ्यानमा लगिएका पााच थान बाकस साट्छन् ।
कडा सुरक्षा जााच हुने टीआईएमा
सहजै साटफेर भएका यी बाकसको भेद दुई दिनपछि खुल्छ, जब जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा त्यहााको प्रहरीले नेदरल्यान्ड पुर्याउन खोजिएको उक्त बाकस खोतल्छ । सिंगिङ बल (एक किसिमको कचौरा, जसको आवाजबाट विभिन्न रोगको उपचार गरिन्छ) भनेर लगिएको बाकसभित्र जर्मन प्रहरीले २ सय ५० किलोग्राम चरेस बरामद गर्छ, जसको जरो नेपालमा जोडिएको थियो । लगत्तै अपराध नियन्त्रणका लागि प्रहरीको अन्तर्रा्ष्टि्रय सञ्जाल इन्टरपोलले नेपालमा फ्याक्स पठाउाछ, ‘नेपालीले पठाएको ठूलो परिमाणको चरेस बरामद गरिएको छ । थप अनुसन्धान गर्नू ।’ त्यसको चार दिनपछि २० मंसिर ०५४ मा नयाा दिल्लीस्थित जर्मन दूतावासले जाहेरी नै पठाउाछ ।
जर्मनीमा जफत भएको चरेसले त्यहााबाट ६ हजार ७ सय ५५ किलोमिटर हवाई दूरीमा रहेको नेपालमा खैलाबैला मच्चाइदिन्छ । तत्कालीन लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइ (हाल लागूऔषध नियन्त्रण व्युरो)ले अनुसन्धान थाल्छ । त्यसपछि नेपालबाट समेत लगालग भारी मात्रामा चरेस बरामद हुन्छ (हेर्नूस्, चरेस तस्करी मार्ग) । यसबीचमा १४ जना पक्राउ नै पर्छन् । कारोबारीको जालो केलाउादै जाादा व्युरो यस्तो ‘हाइप्रोफाइल’ व्यक्तिसम्म पुग्छ, जसले अनुसन्धानकर्तालाई नै चकित पार्छ । हाइप्रोफाइल लागूऔषध कारोबारका ती अभियुक्त अरू कोही नभएर काठमाडौाको पााचतारे होटलका सञ्चालक एवं सेयरधनी मसकुर अहमद लारी हुन् । काठमाडौाको नयाा बानेश्वरको मुख्य सडकमै ३२ रोपनी १० आना क्षेत्रफलमा फैलिएको एभरेस्ट होटलका मालिक हुन्, लारी ।
भारतीय नागरिक उनले नेपालमा ठूलो व्यापारिक घरानियााको छवि बनाएका थिए । उनी कति शक्तिशाली थिए भन्ने त २० वर्षपछि बल्ल पक्राउ पर्नुले खुलस्त हुन्छ । यही अभियोगमा ‘फरार’ रहेका लारीलाई २५ माघमा काठमाडौाको महाराजगन्जबाट प्रहरीले पक्राउ गरेको हो । दुई दशकसम्म उनी सबैलाई जिल्याउादै प्रहरीको हात पर्नबाट जोगिदै आएका थिए ।
कानुनकै ओत
जर्मनीमा चरेस जफत भएपछि नेपालमा बसेर विदेशीले लागूऔषधको अवैध धन्दा चलाएको खुल्यो । हल्यान्डका नागरिक फिलिप्स जिस्केन इफ ग्रिसेलले झन्डै १० वर्षदेखि नेपालमै बसेर चरेसको अवैध कारोबार गरेको प्रहरी बयानमा उल्लेख गरेका छन् । उनले भक्तपुरकी लक्ष्मी कंसाकारसाग विवाह गरेर कारोबार गर्दै आएका थिए । यो जोडीले चरेस कारोबारमा कुख्यात अग्निकुमार भट्टचनसाग मिलेर कारोबार गर्थे । कंसाकार र ग्रिसेलले ललितपुरको नख्खु, भक्तपुरको सल्लाघारी र काठमाडौाको भीमसेनस्थानमा चरेसको गोदाम नै खोलेका थिए । प्रहरीले यी ठाउाबाट क्रमशस् २ सय ३२ किलो, ५ किलो २ सय ५० ग्राम र ९ किलो ७ सय ग्राम चरेस बरामद गरेको थियो, चार दिनको अन्तरमा ।
विमानस्थलसम्म चरेसको अवैध निर्यातका लागि लारीको एभरेस्ट होटलको भ्यान प्रयोग गरिएको थियो । उक्त भ्यान हवाई क्याटरिङको आवरणमा लागूऔषध ओसारपसारमा प्रयोग भएको थियो । स्मरणीय रहोस्, विमानका लागि खाना आपूर्ति गर्ने यस्ता सवारीसाधनले विमानस्थलको एप्रोन कक्षमै पुग्ने सुविधा पाउाछन् । लारीले यही सुविधालाई दुरुपयोग गरेका थिए । तर, उनी फरार बनेरै अनुसन्धान गुजार्न सफल रहे । घटनालगत्तै लारी फरारसूचीमै घुमिरहे । प्रहरीले लारीलाई लगाएको अभियोग–पत्रमा भनिएको छ, ‘निज गाडी मालिक मस्कोर अहमद लारीले पनि उक्त वारदातमा सवारी साधन दिई सहयोग पुर्याएको देखिन आयो ।’
प्रहरीले अभियोग–पत्रमा मसकुरको नाम ‘मास्कोर’ लेख्नु नै ठूलो भूल मात्रै बनेन, उनी सुरक्षित रहने आधारसमेत बन्यो । नाम र वतन नमिलेकैले उनी पटक–पटक अदालतबाट पक्राउ आदेश जारी हुादासमेत सहजै छलिए । फलतस् उनी कानुनी प्रक्रियाकै वरिपरि घुमेर पनि अनुसन्धानको दायरामा तानिएनन् । कतिसम्म भने नाम फरक पर्न गएकाले अभियुक्तलाई अदालतमा उपस्थित गराउन नसक्दा उनको मुद्दा सुरुमै खारेजीसमेत भएको थियो । ८ जेठ ०५७ मा लारीविरुद्ध फौजदारी मुद्दा दर्ता गर्नु भन्ने काठमाडौा जिल्ला अदालतले आदेश दिएको थियो । तर, यो आदेश नौ दिन पनि टिकेन । ठेगाना नभेटिने, नाम नमिल्नेजस्ता कारणले म्याद तामेल (अदालतले उपस्थित हुनु भनेर दिएको समयावधि) हुन नसकेपछि १७ माघ ०५७ मा जिल्ला अदालत काठमाडौाले मुद्दा खारेजको आदेश दिएको थियो । गिरिशकुमार शर्मा र कुमारप्रसाद पोखरेलको इजलासले गरेको फैसलामा भनिएको छ, ‘अभियोजन गर्ने पक्षले म्याद तामेल गर्न पनि सक्दैन र अर्को वतन देखाउन पनि सक्दैन । तसर्थ, निजका हकमा यो मुद्दा दायर हुन सक्ने देखिएन र खारेज हुने ठहर्छ ।’
मुद्दा नै दर्ता हुन नसक्ने अदालती ठहरपछि लारीका लागि ६ वर्ष ढुक्क भयो । किनभने, सरकारी पक्ष यसविरुद्ध पुनरावेदनमा गएको लामो समयपछि मात्रै अर्को आदेश आयो । तत्कालीन पुनरावेदन अदालत पाटनले २१ जेठ ०६३ मा मात्रै काठमाडौा जिल्ला अदालतको मुद्दा उल्टी हुने आदेश दियो । ‘अदालतले कानुनद्वारा व्यवस्थित कार्य्विधिको पालना नै नगरी मुद्दा खारेजी गरिदिएको’ भन्दै जिल्ला अदालतको फैसला ‘त्रुटिपूर्ण’ भनेको छ । पुनरावेदनका न्यायाधीशद्वय लक्ष्मणमणि रिसाल र हरिबहादुर बस्नेतको इजलासले जिल्ला अदालतको खारेजी फैसला उल्टाउने आदेश दिएपछि यो मुद्दा दर्ता त भयो । तर, एकातिर सुनुवाइ हुन लामो समय लाग्यो भने अर्को्तिर ‘तामेली’ चक्रमा समेत फस्यो ।
२८ भदौ ०६४ मा जिल्ला अदालत काठमाडौाले मसकुर अहमद लारीका नाममा म्यादी पुर्जी तामेल हुन नसकेको (पक्राउ आदेश सम्बन्धित व्यक्तिसम्म पुर्याउन नसकिएको)ले वतन खुलाई पठाएको बखत ठहर हुने भन्दै मुद्दा तामेलीमा राखियो र दुई वर्ष थन्कियो । त्यसपछि ०६६ मा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौाले पुनस् कारबाहीका लागि जिल्ला अदालतमा निवेदन दियो । २४ कात्तिक ०६६ मा जिल्ला अदालतले तामेली जगाउने निर्णय पनि गर्यो । तामेलीबाट मुद्दा जगाउने पुरानो चक्रीय प्रक्रिया फेरि सुरु भयो । व्युरोले अर्को वतन खुलाएर पठाउन सकेन र सरकारी वकिलको कार्यालयले ४ चैत ०६६ मा सोही बेहोराको पत्र अदालतमा पेस गर्यो । त्यसपछि १२ चैत ०६६ मा जिल्ला अदालत काठमाडौाले लारीको मुद्दा पुनस् तामेलीमै राख्ने आदेश सुनायो ।
दुई वर्षपछि सरकारी वकिलको कार्यालयले तामेली जगाउन निवदेन दिएपछि यो मुद्दा फेरि अगाडि बढ्यो । २२ माघ ०६८ मा सरकारी वकिलको कार्यालयले तामेलीबाट जगाई कारबाही गरिपाऊा भन्दै अदालतमा निवेदन चढाएको थियो । त्यसपछि २७ माघ ०६८ मा अदालतले उनको नाममा पुनस् पक्राउ आदेश जारी गर्यो । आदेशमा ७० दिनभित्र उपस्थित हुन भनिएको थियो । यसका साथै म्याद गुजारेमा उनको अंश रोक्का गरिने समेत उल्लेख छ । दुई वर्षसम्म पनि उपस्थित नभए उनको रोक्का अंशबारे कानुनी कारबाही हुने र त्यसबारे पछि उजुरी गर्न नपाइने समेत पक्राउ आदेशमा किटान गरिएको छ । तर, १४ चैत ०६८ मा पुनस् यो मुद्दा तामेलीमा पठाइयो । त्यसपछि २४ असार ०६९ मा पुनस् उनीविरुद्ध पुनरावेदन अदालतले वारेन्ट जारी गरेको थियो । त्यसयता उनी फरार रहादै आएका थिए ।
लागूऔषध नियन्त्रण ऐन, ०३३ को दफा १४ को उपदफा घ (५) मा १० किलोभन्दा बढी गााजा (चरेस) उत्पादन, तयार, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार तथा सञ्चय गर्ने व्यक्तिलाई दुईदेखि दस वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपियाासम्म जरिवानाको भागीदार हुने व्यवस्था छ । साथै, सवारी साधन प्रयोग भएमा त्यो जफत हुने व्यवस्था छ । तर, उनको भ्यान जफत नगर्नु भनेर जिल्ला अदालत काठमाडौाले ०६४ मा आदेश दिएको थियो । त्यसलाई पुनरावेदन अदालत पाटनले पनि सदर गरिदियो । राजनीतिक, प्रहरी र प्रशासनजस्ता प्रभावी शक्ति केन्ऽमा राम्ररी पहुाच बनाएकाले लारीले लागूऔषधजस्तो जघन्य अपराधमा मुछिादासमेत सहजै उन्मुक्ति पाउादै आएका थिए । नेपाल प्रहरीका एक पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक भन्छन्, ँलारी पहिल्यैदेखि ड्रग्स कारोबार गर्थे । एकपटक प्रमाण भेटियो तैपनि कारबाही भएन । किनभने, उच्चपदस्थ धेरै व्यक्तिसाग उनको राम्रै उठबस छ ।”
विवादास्पद विगत
लारी आफ्ना काका मकबुल अहमद लारीको व्यापार हेर्न नेपाल आएका हुन् । लारी परिवारको स्थायी ठेगाना भारतको लखनउ हो । मकबुलले ०२१ देखि नेपालमा छाला र मदिराको व्यापार थालेका थिए । पञ्चायत कालभरि मकबुलले नेपालको तराई क्षेत्रमा मदिरा उत्पादनको साम्राज्य नै खडा गरेका थिए । पश्चिमको महेन्ऽनगरदेखि पूर्वको झापासम्मै उनले मदिरा कारखाना खोलेका थिए । झापाको मेची डिस्टिलरी, विराटनगरको कोसी डिस्टिलरी, सिरहाको सगरमाथा डिस्टिलरी, महेन्ऽनगरको लारी डिस्टिलरी मकबुलले चलाएका नामी मदिरा कारखाना थिए । त्यसपछि लारी परिवारले छालाको व्यापारमा समेत हात हाल्यो । नेपालबाट कााचो छाला भारत निकासी गथ्र्यो, यो परिवारले । भारतको कानपुरमा मकबुल परिवारको छाला प्रशोधन कारखाना अझै सञ्चालनमा छ । मदिरा र छालाबाट राम्रो आम्दानी गरेपछि मकबुलले होटल व्यवसायमा लगानी गरे । ०३७ मा मकबुलले द एभरेस्ट होटल काठमाडौा खोलेको कम्पनी रजिस्ट्रारको कार्यालयका कागजातबाट देखिन्छ ।
मकबुलका एक छोरा छन्, मुजफ्फर अहमद लारी । कानपुरमै छाला प्रशोधन उद्योग चलाउने उनी नेपालमा बस्दैनन् । छोरालाई भारतको व्यापाररव्यवसाय सम्हाल्ने जिम्मा दिएर भतिजा लारीलाई नेपालको व्यापार हेर्ने जिम्मा दिएका थिए, मकबुलले । ०४५ तिर मकबुल बिरामी परेपछि नेपाल बस्न छोडे र यहााको व्यापार–व्यवसाय भतिजाको रेखदेखमा छोडिदिए । ०६१ मा मकबुलको भारतमै मृत्यु भयो । त्यसपछि ०६२ मा मकबुलका छोरा मुजफ्फर बाबुको नामको सम्पत्ति खोज्दै नेपाल आए । तर, लारीले ०५० मै एभरेस्ट होटलमा मुकबुलका नाममा रहेको ५० प्रतिशत सेयर आफ्नो र श्रीमती नज्मा मसकुर लारीका नाममा सारिसकेको खुल्यो । त्यसपछि यो परिवारमा होटलको सम्पत्ति विवाद अदालतमा पुग्यो । लारीले कीर्ते कागजात बनाएर सम्पत्ति आफ्नो नाममा पारेको भन्दै मुजफ्फरले जिल्ला अदालत काठमाडौामा मुद्दा हाले । त्यसपछि विवाद सर्वोच्चसम्म तन्कियो । सर्वोच्च अदालतले २१ पुसमा यिनै लारीकै पक्षमा फैसला गरिदियो ।
विदेशी नागरिकले लगानी गर्दा (सम्पत्ति नामसारी) उद्योग विभाग र लगानी बोर्डको स्वीकृति लिनुपर्छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, ०४९ अनुसार यस्तो स्वीकृति लिनुपर्छ । तर, लारीले सेयर आफ्नो नाममा बनाउादा यस्तो स्वीकृति लिएका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यो सेयर किनबेचको मुद्दा हेरिरहेको छ । दुई वर्षअघि उद्योग विभागसाग अनुमति लिएरनलिएकोबारे पत्राचार गर्दा विभागले नलिएको जवाफ पठाएको थियो । अदालतले लारीकै पक्षमा फैसला गरे पनि कसरी सम्पत्ति नामसारी भयो भन्ने आशंकाचाहिा कायमै छ ।
रोचक पक्ष त के छ भने लागूऔषधमा फरार रहेका व्यक्ति ०६२ देखि नै अदालतमा अर्को मुद्दा खेपिरहेका छन् । एउटा मुद्दामा फरार हुने र अर्कोमा वारेसनामामार्फत मुद्दा लड्नु वारेसको सिद्धान्तविपरीत मानिन्छ । फेरि एउटै अदालतमा फरार व्यक्तिबारे मुद्दा चलेको थियो । अदालती बन्दोबस्तको ऐनको दफा ६५ को ३ अनुसार फौजदारी मुद्दामा वारेन्ट जारी भई फरार रहेको व्यक्तिको अन्य मुद्दामा वारेसनामा गर्न पाइादैन ।
शक्ति–सम्बन्धका सारथि
व्यापारका लागि नेपाल आएका लारीका काका मकबुल सुरुदेखि नै सत्तासाग नजिक रहे । पञ्चायतकालमा ठूलो स्तरमा व्यापार गर्नेहरूको अक्सर राजपरिवारसाग नजिकको सम्बन्ध रहन्थ्यो । राजा महेन्ऽसाग लारी परिवारको हितैषी सम्बन्ध थियो । स्रोतका अनुसार मकबुलको लखनउस्थित घरमा राजा महेन्ऽ गएर बसेका समेत थिए । मकबुलकै कारण भतिजा लारीले पनि सत्ता र शक्तिसाग सम्बन्ध गाासे । ०४६ मा प्रजातन्त्र पुनस्स्थापनापछिको केही समयमै लारीले राजनीतिक दलका नेताहरूकहाा पहुाच बनाए, जो आजपर्यन्त कायम छ । एभरेस्ट होटल बेचेर लारी भारत जाने योजनामा थिए । सोही अनुरूप व्यापारी अजेयराज सुमार्गीसाग होटल किनबेचबारे छिनोफानोसमेत भइसकेको स्रोतको दाबी छ ।
शक्तिशालीहरूसाग राम्रै उठबस गर्ने लारी एकाएक पक्राउ पर्नु धेरैका लागि अनौठो विषय बनेको छ । धेरैलाई छक्याएर अभियोगबाट बच्दै आएका उनी के अब सााच्चै लाचार भएका हुन् ?
प्रकाशित : माघ २९, २०७४
No comments:
Post a Comment