Tuesday, March 28, 2017

कम्मरमाथि मात्रै किन गोली ?


दंगा नियन्त्रणका लागि दक्ष जनशक्ति र गैरघातक हतियारको अभाव

  • मनबहादुर बस्नेत

राजविराजनजिकै मलेठ गाउामा २३ फागुनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नेकपा एमालेको सभा बिथोल्न खोज्ने भीड साम्य पार्न गोली चलाउादा पााच जनाको मृत्यु भयो । मृतक सञ्जन मेहता, पीताम्बरलाल मण्डल, आनन्द साह, वीरेन्ऽ महतो र इनरदेव यादवको टाउको र घााटीमा गोली लागेको थियो ।

खानकै धन्दा

नाम मात्रको सेवा तर मुनाफामा बोनस लिने हतारो

  • मनबहादुर बस्नेत

—  शौचालयको सरसफाइको अवस्था कमजोर रहेको, उपलब्ध हुनुपर्ने ट्वाइलेट पेपर, ड्राइररहिटर, सोपजस्ता साधनहरू नभएको तथा भएका सामान पनि काम गर्ने र व्यवस्थित नरहेको । ११ मंसिर ०७२
   (त्रिभुवन अन्तर्रा्ष्टि्रय विमानस्थल अनुगमन निरीक्षण समितिको प्रारम्भिक प्रतिवेदन)
—   विमानस्थलका शौचालयका कमोड टुटफुट र फोहर देखिएको हुादा यात्रुलाई
असहज भएको । २७ माघ ०७३
   (संसद्को सुशासन समितिले गरेको अनुगमनको प्रतिवेदन)


बाह्य मुलुकसाग जोड्ने एक मात्र हवाई मार्ग त्रिभुवन अन्तर्रा्ष्टि्रय विमानस्थल (टीआईए)मा डेढ वर्षयता गरिएको अनुगमनबाट प्राप्त साझा तथ्य हो, यो । सामान्य तर

प्रहरीमा प्रहसन

अति राजनीतीकरणले अन्योलग्रस्त

  • मनबहादुर बस्नेत


अघिल्लो दिनदेखि नै निमित्त प्रमुख पाउनसक्ने हल्ला चलेकाले उनका कान चनाखा थिए । तर, विश्वास रत्तिभर थिएन । नेपाल प्रहरीको प्राविधिक सेवा समूहका अतिरिक्त महानिरीक्षक (एआईजी) डा दिनेशचन्ऽ पोखरेलले अन्ततस् २ फागुनमा कहिल्यै नसोचेको जिम्मेवारी पाए, निमित्त प्रहरी महानिरीक्षकको । यो अनपेक्षित जिम्मेवारीले करिब ७० हजारको फौज हााक्न प्रहरी अस्पतालका प्रमुख, वरिष्ठ फिजिसियन तथा पेट रोग विशेषज्ञ डा पोखरेललाई कति कठिन बनाइरहेछ भन्ने कुरा प्रहरी मुख्यालयमा हुने दैनिक गतिविधिबाट नै छर्लंग हुन्छ ।

रेल उडाउने योजनाको पर्दाफास

नया स्वरूपमा आतंकवाद

  • मनबहादुर बस्नेत

गत १३ पुसमा हरैया गाउा, बाराको जंगलमा दुइटा शव भेटिए । एउटा रूखमा बााधिएर र अर्कोको हातखुट्टा बााधेर घााटी रेटिएको अवस्थामा । प्रहरी अनुसन्धानबाट दुवै जना भारतीय नागरिक भएको खुल्यो । हत्या गरिएका व्यक्ति थिए, चम्पारन लक्ष्मीपुर, बिहारका दीपक राम र अरूण राम । रामद्वयको हत्या अभियोगमा कलैया, बरेवाका मोजाहिर अन्सारी र उमेशकुमार पटेल समातिए । दुवैले आर्थिक लेनदेनमा कुरा नमिलेपछि हत्या गरेको बयान दिए । त्यही बीचमा कलैयाकै आशिष सिंहसमेत समातिए ।

तस्करीको सुनले ढुकुटीमा धक्का


हप्तामै करिब डेढ सय किलो सुन अवैध आयात भइरहेको खुलासा, रेमिट्यान्सबापत आउने विदेशी मुऽामा उल्लेख्य गिरावट

  • मनबहादुर बस्नेत

पुस तेस्रो साताको सुरुमा त्रिभुवन अन्तर्रा्ष्टि्रय विमानस्थल हुादै  शार जहााबाट ठूलो परिमाणमा सुन  भित्रिादै छ भन्ने सूचना आयो, नेपाल प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरो (सीआईबी) मा । त्यसपछि ब्युरोले तत्कालै सादा पोसाकमा टिम परिचालन गरेर विमानस्थलमा निगरानी बढायो ।
२० पुसको राती करिब साढे ८ बजे सुन बोकेर आउने भनिएका दुई जना व्यक्ति संयुक्त अरब इमिरेट्सको शारजहााबाट आएको एअर अरेबियाको विमानबाट ओर्लिए तर रित्तो हात । उनीहरूसाग लगेज थिएन । ती दुवै जना ट्याक्सी चढेर कोटेश्वर पुगे ।

अन्यायमा अबला


गम्भीर अपराधमा समेत मिलापत्र–प्रवृत्ति


  • मनबहादुर बस्नेत

खोटाङ सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनकी एक श्रमिक महिला र उनकी नाबालिग छोरीलाई होटल सञ्चालक हरिप्रसाद आचार्य र कविराज रिजालले यौन दुव्र्यवहार र कुटपिट गरे, १४ वैशाखमा । घटनापछि होटल सञ्चालक, कर्मचारी र केही स्थानीय अगुवाहरूको रोहबरमा दुवै पक्षले कहीाकतै उजुरी नगर्ने, पीडितलाई जीवन निर्वाहका लागि स्थापित गर्न पहल गर्ने र यो घटनाबारे भविष्यमा एकअर्काबीच दोषारोपण नगर्ने तीनबुादे मिलापत्र भयो ।

कारण, प्रहरी व्यवहार


  • मनबहादुर बस्नेत

घडीको सुईले मध्याह्नको घन्टी छुनै लागेको थियो । राजधानीको उत्तरी भेगमा पर्ने बौद्धस्थित नयाा बस्तीको अस्थायी प्रहरी बिटमा एक्कासि ढुंगा बर्सिए । हेर्दाहेर्दै बिटबाहिर पार्किङ गरिएका सातवटा मोटरसाइकल खरानी भए । बाहिरबाट चुक्कुल लगाइदिएपछि असईको कमान्डमा रहेका आठ जना प्रहरी बिटभित्रै थुनिए । बिटमा पेट्रोल छर्केर आगो लगाउने तयारी भइरहादा महानगरीय प्रहरी वृत्त बौद्ध र गौशालाबाट करिब एक सय जना प्रहरीको मद्दत जुटेपछि स्थिति नियन्त्रणमा आयो । घटना २६ मंसिरको हो ।