Tuesday, March 28, 2017

कारण, प्रहरी व्यवहार


  • मनबहादुर बस्नेत

घडीको सुईले मध्याह्नको घन्टी छुनै लागेको थियो । राजधानीको उत्तरी भेगमा पर्ने बौद्धस्थित नयाा बस्तीको अस्थायी प्रहरी बिटमा एक्कासि ढुंगा बर्सिए । हेर्दाहेर्दै बिटबाहिर पार्किङ गरिएका सातवटा मोटरसाइकल खरानी भए । बाहिरबाट चुक्कुल लगाइदिएपछि असईको कमान्डमा रहेका आठ जना प्रहरी बिटभित्रै थुनिए । बिटमा पेट्रोल छर्केर आगो लगाउने तयारी भइरहादा महानगरीय प्रहरी वृत्त बौद्ध र गौशालाबाट करिब एक सय जना प्रहरीको मद्दत जुटेपछि स्थिति नियन्त्रणमा आयो । घटना २६ मंसिरको हो ।



प्रहरी बिटअगाडि नै ट्याक्सी चालक राजकुमार लामा, ३२, को हत्या हुादा प्रहरीले ‘ भवितव्य मृत्यु’ मानेर अनुसन्धान नगरेको ठान्दै मृतकका आफन्तले चौकी तोडफोड गरिदिए । स्थानीय प्रहरीले भने अत्यधिक मदिरा सेवनलाई लामाको मृत्युको कारण मानेको थियो । तर, महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्ऽ खनालको नेतृत्वमा गठित छानबिन समितिले यसलाई हत्या ठहर्‍यायो । पोस्टमार्टम रिपोर्टमा समेत मदिरा सेवनका कारण लामाको मृत्यु भएको देखिएन । बरू, टाउकोमा गम्भीर चोट देखियो । स्थानीय होटल सञ्चालिकासागको यौन सम्बन्ध र आर्थिक विवाद भएपछि कुटपिटबाट उनको मृत्यु भयो । समितिले प्रहरीकै भूमिका शंकास्पद मानेर तीन जनालाई छानबिनको दायरामा तानेको छ । प्रहरी कार्यालयनजिकै भएको घटनामा प्रहरी स्वयंले अपराध लुकाउन खोजेको भन्ने मृतकका आफन्तमा परेपछि चौकीमाथि नै आक्रमण भएको एसएसपी खनाल बताउाछन् । भन्छन्, ँयसबारे हामीले अनुसन्धान गरिरहेका छौा ।”

जनसाधारणको आक्रोश भौतिक रूपमा प्रहरी चौकीमाथि पोखिएको यो नै पहिलो घटना भने होइन । यसको ४० दिनअघि सुर्खेतमा समेत चौकीमाथि आक्रमण भएको थियो । १६ कात्तिकमा सुर्खेतको आग्रीगाउा प्रहरी चौकी राती नै गाउालेहरूले आफ्नो कब्जामा लिए, ६ जना प्रहरीलाई समेत । घरेलु हतियारधारी गाउालेको समूहले तीनवटा राइफल, एउटा पेस्तोल र १ सय ५० राउन्ड गोली लुटेको थियो ।
सुर्खेतमा स्थानीयवासी र प्रहरीबीच भएको विवादले चौकी आक्रमणसम्मको रूप लिएको थियो । मदिरा सेवनका क्रममा प्रहरी जवान नीरबहादुर विक र गाउालेबीच दिउासो विवाद भएको थियो । त्यसपछि विकलाई सरुवा गर्ने वचन दिएर चौकी नेतृत्वले विवाद मिलाउन खोज्यो । मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) माधव नेपाल भन्छन्, ँतर, गाउाले राती नै प्रहरी चौकीमाथि खनिए ।” घटनापछि विकलाई जागिरबाट बर्खास्त गरिएको छ भने अन्य प्रहरीलाई रेकर्डमा जनिने गरी नसिहत दिएको छ ।

मुलुकभित्र विऽोह, ठूला आन्दोलन नभएका बखत नै ०७१ यता मात्रै आधा दर्जन प्रहरी चौकी स्थानीयको निसानामा परेका छन् । यस अवधिमा काठमाडौा, भक्तपुर, सुर्खेत, गोरखा र मुगुका प्रहरी चौकीमा स्थानीयको आक्रोश व्यक्त भएको छ । उपत्यकामा मात्रै काठमाडौाको बौद्ध, चाल्नाखेल र भक्तपुरको ठिमीमा प्रहरीमाथि आक्रमण भएको छ । प्रहरीको व्यवहारका कारण यस्ता घटना हुने गरेको स्वीकार्छन् प्रहरी प्रवक्ता डीआईजी हेमन्त मल्ल ।

हुन पनि आग्रीगाउा र बौद्धको चौकी आक्रमण प्रहरी व्यवहारकै उपज थियो । प्रहरीले सांगठनिक आचरणको दायराभित्र बस्न नसकी मदिरा सेवन गरेकाले आग्रीगाउा चौकीमाथि हमला भयो भने घटनाको गाम्भीर्यको सही आकलन गर्न नसक्दा बौद्धको चौकी निसानामा पर्‍यो । त्यसैगरी ४ साउन ०७१ मा गोरखाको बारपाक चौकी पनि प्रहरी आचरणकै कारण सिकार बनेको थियो । चौकीका प्रहरी जवान रोशन सिंहले स्थानीय युवतीसाग अनैतिक सम्बन्ध राखेको भेटेपछि गाउालेले चौकीमा निसाना सााधेका थिए । ँयी घटनाले प्रहरीले समेत आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको देखाउाछ,” डीआईजी मल्ल भन्छन् ।

प्रहरीका कामप्रति चित्त बुझाउन नसकिरहेको खराब जमातले कहिलेकाहीा गलत हल्ला फैलाएर समेत प्रहरी कार्यालयहरू तोडफोडमा परेका घटना नभएका होइनन् । यस्तै घटना भएको थियो, गत वर्षको भारतीय नाकाबन्दीको बेला । ७ पुस ०७२ मा चाल्नाखेलको एभरेस्ट ग्यास उद्योगमा सुरक्षार्थ खटिएका प्रहरीमाथि गाउाले खनिए । नाकाबन्दीका कारण त्यसबेला ग्यासको हाहाकार थियो । उद्योगले ग्यास बााड्दाबााड्दै बन्द गरिदियो । तर, भीडमाझ कसैले ‘प्रहरीले ग्यास लुकायो’ भनिदिएपछि उत्तेजित भीडले प्रहरीमाथि ढुंगामुढा गर्‍यो ।

उक्त घटनामा महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) टीकाबहादुर केसीको पेस्तोल नै लुटिएको थियो । उक्त हतियार तीन दिनपछि स्थानीय विकेश कार्कीको साथबाट भेटिएको थियो । केसीसहित अर्का डीएसपी रेवती ढकाल उक्त आक्रमणमा घाइते भएका थिए । ढकाल ‘ ब्याक अप फोर्स’ लिएर महानगरीय प्रहरी परिसर काठमाडौाबाट चाल्नाखेल पुगेका थिए । ँफिल्डमा खटिनेले त्यहााको वस्तुस्थितिबारे सही मूल्यांकन गर्न सकेन भने प्रहरीमाथि आक्रमण हुन्छ,” महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतापसिंह थापा भन्छन् ।

दबाब नदिए घटनालाई गम्भीरतापूर्वक नलिने प्रहरी प्रवृत्तिका कारण पनि समुदायहरू प्रहरीमाथि खनिने प्रवृत्ति छ । जस्तो कि गत १२ कात्तिकमा मोटरसाइकलको ठक्करबाट दोलखाकी सरस्वती खत्री, ४५, को मृत्यु भएपछि आफन्तले क्षतिपूर्ति, मृतकका दुई सन्ततिको पढाइ खर्च बेहोर्नुपर्ने माग राख्दै महानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरमा तोडफोड गरे । जब कि, प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही सुरु गरिसकेको थियो ।

परिणाम आफ्नो पक्षमा पार्नकै लागि प्रहरी चौकीमा आक्रमण भएको अर्को उदाहरण हो, गोरखाको आरुघाटको इलाका प्रहरी कार्यालय । गत २० वैशाखमा गोरखा यातायात संघका उपाध्यक्ष कालु गुरुङसहित २३ जनालाई प्रहरीले पक्राउ गरेपछि उनीहरूलाई कारबाही गर्न माग गर्दै आरुघाट यातायात प्रालि पक्षधरले ढुंगामुढा गरेको थियो । संघले आरुघाट यातायात प्रालिका गाडी गुड्न नदिएपछि सिन्डीकेट पक्षधर र विपक्षीबीच विवाद भएको थियो । संघको सिन्डीकेटलाई प्रहरीले संरक्षण दिएको भन्दै सुरक्षा कार्यालय तोडफोड भएको थियो ।

१७ भदौ ०७२ मा मुगुको सीमा प्रहरी चौकीमा स्थानीयले हमला गरेका थिए । डीएसपी शारदाप्रसाद चौधरीका अनुसार जडीबुटी संकलनमार्फत हुने करको विषयमा विवाद हुादा प्रहरी चौकीमा आक्रमण भएको थियो । यार्सागुम्बालगायत हिमाली जडीबुटी संकलन गर्न जुम्लाका ठेकेदार आएपछि स्थानीयवासीलाई रकम बुझाउनुपर्ने सहमति भयो । ठेकेदारका स्थानीय प्रतिनिधि लुन्डुप दोर्जे लामाले रकम नदिएपछि गाउालेले लामालाई कुटपिट गरे । त्यसपछि लामालाई प्रहरीले चौकीमा राख्यो । ँकर नबुझाउनेलाई प्रहरीले संरक्षण गरेको भनेर स्थानीयवासी प्रहरी कार्यालयमाथि नै खनिए,” चौधरी भन्छन्, ँजसले तोडफोड गर्‍यो, उसैले बनाइदिने सहमति भएपछि कुरो मिलेको छ ।”

आमनागरिक आफ्नै सुरक्षार्थ स्थापित प्रहरी कार्यालयमाथि जाइलाग्नु भनेको प्रहरीको न्याय सम्पादनमा आएको क्षयको परिणाम हुन सक्छ । डीआईजी मल्ल भन्छन्, ँकहिलेकाहीा यस्ता घटना हुनु अपवाद मान्न सकिन्छ । तर, यस्ता घटना देशव्यापी दोहोरिनु भने चिन्ताको विषय हो ।”
प्रकाशित: पुस ६, २०७३


No comments:

Post a Comment