- मनबहादुर बस्नेत
माग : ४५
परीक्षार्थी : ५४
उत्तीर्ण:४
उत्तीर्ण प्रतिशत : ९
गत वर्षको सुरुमै नेपाली सेनाले अधिकृत तहमा भर्तीका लागि खोलेको विज्ञापनको नतिजाको अंश हो यो, जसले चाहिनेभन्दा कति थोरै संख्यामा सैन्य जनशक्ति भर्ना भइरहेका छन् भन्ने तस्बिर दिन्छ । अझ डरलाग्दो पक्ष त दुई वर्षदेखि नेपाली सेनाको रिक्त दरबन्दी पूर्ति यही हालतबाट गुज्रिरहेको छ । सैन्य भर्नाको लिखित परीक्षा लोकसेवा आयोगले लिन थालेपछि






