कमजोर सुरक्षा संयन्त्रका कारण मूर्ति तस्करहरू विकट क्षेत्रतिर
- मनबहादुर बस्नेत
कर्णाली क्षेत्रको प्रमुख धार्मिक स्थलमध्येको हो, जुम्लाको चन्दननाथ मन्दिर । त्यही मन्दिरका ४५ मध्ये २१ मूर्ति चोरी भए, ११ मंसिरमा । मूर्ति चोरिएको यो मन्दिर सिंगो जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको जिल्ला प्रशासन कार्यालय हाताको आडैमा पर्छ भने जिल्ला प्रहरी कार्यालयबाट पनि त्यति टाढा छैन । पुरातत्त्व विभागको तथ्यांकले देखाउाछ, यति ठूलो संख्यामा एकसाथ मूर्ति चोरिएको दुई दशकयताकै ठूलो घटना हो यो ।
पुरातत्त्व विभाग योजना तथा अनुगमन महाशाखाका प्रमुख रामबहादुर कुावरका अनुसार चोरिएका सबै मूर्ति सय वर्ष पुराना थिए । त्यसमध्ये सरस्वतीको एउटा त्यस्तो मूर्तिसमेत चोरियो, जसमा विसं ६०१ अंकित थियो । मतलब, त्यो मूर्ति झन्डै १ हजार ५ सय वर्ष पुरानो थियो । सय वर्ष नाघेका प्राचीन सामग्रीलाई विभागले प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गत पुरातात्त्विक वस्तुमा सूचीकृत गर्छ ।
मन्दिर नै रित्तिने गरी मूर्ति चोरिएको यो घटना कर्णाली लक्षित पछिल्लो आपराधिक उपक्रम हो । खासमा केही वर्षयता कर्णालीका जिल्लामा मूर्ति चोरीका घटना बढ्दै गएका छन् । नेपाल प्रहरी र पुरातत्त्व विभागले उपलब्ध गराएको तथ्यांक अनुसार कर्णालीका पााच जिल्लामध्ये हुम्ला, जुम्ला र डोल्पामा मूर्ति चोर खुब सक्रिय छन् । जस्तो स् ०६८ यता वर्षै्पिच्छे गुम्बाबाट मूर्ति चोरिन र हराउन थालेका छन् । त्यसयता मात्रै ५४ वटा मूर्ति चोरिएका छन् ।
भौगोलिक विकटता, सुरक्षाकर्मीको न्यून उपस्थिति, मानिसहरूको चहलपहल कम हुने भएकाले यी क्षेत्रका प्राचीन स्मारकहरूलाई तस्करको गिरोहले सुरक्षित थलो मानेको प्रहरी अधिकारीहरू बताउाछन् । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्लका अनुसार तुलनात्मक रूपमा यी क्षेत्रमा राज्य संयन्त्रको उपस्थिति कम हुने हुादा चोर र तस्करहरू सक्रिय भएका हुन् । मल्ल भन्छन्, ँतस्करहरू हतियारसहित आउने र डकैती शैलीमा गुम्बाका मूर्ति लुटपाट गर्ने गरेका छन् ।”
मूर्ति तस्करको गिरोहले सबैभन्दा बढी ‘टार्गेट’ गरेको जिल्ला हो, डोल्पा । तिब्बतसाग सीमा जोडिएको डोल्पामा पााच वर्षयता पााचवटा गुम्बाबाट पुरातात्त्विक महत्त्वका ३२ थान प्राचीन मूर्ति चोरिएको प्रहरीको अभिलेखमा छ । ०७२ मा धो गाविसको गाकर गुम्बा र साल्दाङको शे गुम्बाबाट चार महिनाको अवधिमा १४ वटा मूर्ति चोरिएको थियो । त्यसमध्ये शे गुम्बाबाट चोरिएको मूर्तिबारे प्रहरीले छेउटुप्पो केलाउन सकेको छैन । त्यहााबाट १० मंसिर ०७२ मा चोरहरूले १० वटा मूर्ति मात्र होइन, ८३ हजार रुपियाा नगदसमेत लुटे ।
त्यसअघि डोल्पामा ०५७ सालमा ठूलो संख्यामा मूर्ति चोरिएको थियो । जिल्लाको त्रिपुराकोटमा रहेको बाल त्रिपुरासुन्दरी माताको मन्दिरमा रहेका १८ मूर्ति चोरिएका थिए, उतिबेला । त्यसयताको एक दशकमा डोल्पामा पुरातात्त्विक धनमाल हराएको थिएन । तर, ०६८ देखि चोरिने, लुटिने क्रम बढ्यो । जसको उत्कर्ष ११ मंसिरमा २१ मूर्ति चोरिएको घटना हो ।
आवरण राजनीति, धन्दा चोरी
मूर्ति चोरीको तार राजनीतिक तहसम्म गाासिएको भेटिन्छ, कर्णालीमा । २८ जेठमा मुस्ताङसाग सीमा जोडिएको डोल्पाको छार्का्स्थित वन गुम्बाका पुजारीलाई चार जनाको हतियारधारी समूहले नियन्त्रणमा लियो र एक थान बुद्ध मूर्ति लुट्यो । तीन दिनपछि प्रहरीले रोल्पाका ईश्वर घर्ती, अमर पुन, जयबहादुर घर्ती र छार्काकै धावा पुनलाई पक्राउ गर्यो । उनीहरूबाट प्रहरीले ९ एमएम र ७७.४४ को दुई थान अत्याधुनिक पेस्तोलसमेत फेला पार्यो ।
अनुसन्धान निचोडमा पुर्याउन समर्थ भएर हौसिएको प्रहरी त्यतिबेला छक्क पर्यो, जतिबेला घटनाको तार राजनीतिसाग जोडिन पुग्यो । अनुसन्धानले नेकपा माओवादी केन्ऽका नेताकै योजनामा मूर्ति चोरिएको देखियो । आरोपी चोरहरूले रुकुमका माओवादी नेता कालीबहादुर खामको योजना तथा निर्देशनमा मूर्ति चोर्न पुगेको बताए । शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकूको क्यान्टोनमेन्टका तत्कालीन प्रमुख खाम रेस्टुराा व्यवसायी रामहरि श्रेष्ठ हत्याका फरार अभियुक्त पनि हुन् ।
डोल्पा प्रहरीले खामलाई फरार अभियुक्तको सूचीमा दर्ज त गरेको छ । तर, पक्राउ गर्न भने सकेको छैन । किनभने, सत्तारुढ माओवादी केन्ऽको पोलिटब्युरो सदस्य रहेका उनको यही राजनीतिक हैसियतका कारण कानुनी दायरमा तानिएका छैनन् । जब कि, उनीमाथि प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार कारबाही हुनुपर्ने हो । ऐनको दफा १२ ले पााच हजारदेखि एक लाख रुपियाा जरिवाना र पााच वर्ष कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था गरेको छ ।
अनुसन्धानका क्रममा प्रहरीले हिमाली क्षेत्रका अमूल्य वस्तुको अवैध कारोबारमा बढ्दो आकर्षणको कारणसमेत पत्ता लगायो । डोल्पाकै गाकर गुम्बाबाट चार थान बुद्धका मूर्ति चोरिएका थिए, २८ चैत ०७० मा । ती मूर्ति चोरीको अभियोगमा ३ वैशाख ०७१ मा सोनाम ढाक्पा गुरुङ र धावा गुरुङ पक्राउ परे ।
कटुवा, पेस्तोल र रिभल्भर एकरएक थानसहित गिरफ्तार भएका गुरुङद्वयले मूर्ति चोरेर काठमाडौा पुर्याउन सकेमा घरकै बन्दोबस्त हुने आश्वासन पाएका रहेछन् । धावाले प्रहरी बयानमा भनेका छन्, ‘पहिल्यै ३०र३५ हजार बाटो खर्च पाएको हो । मूर्ति काठमाडौासम्म पुर्याउन सके सबैलाई राजधानीमा घर किनिदिने वचन दिएका थिए ।’
प्रहरीका भनाइमा घटनामा दुई जना फरार छन्, जो काठमाडौामा बसेर अन्तर्रा्ष्टि्रय कारोबार ीसाग काम गरिरहेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका भनाइमा उनीहरूले यी मूर्ति हेलिकप्टर चार्टर्ड गरेर काठमाडौा पुर्याउने योजना बनाएका रहेछन् । यी मूर्तिको मूल्य आठ लाख रुपियाा पर्ने उल्लेख गरेको छ, पुरातत्त्व विभागले । त्यस क्रममा सुन र चाादीका जलपले लेखिएको बौद्ध ग्रन्थको पुस्तकसमेत चोरिएको थियो, जसको मूल्य विभागले एक करोड रुपियाा मूल्यांकन गरेको छ ।
हुम्लाको वरगाउास्थित तारकाखोर गुम्बाबाट १४ असोज ०६८ मा बुद्धको मूर्ति चोरिएको थियो । मूर्ति चोरीमा नेकपा माओवादी केन्ऽ अर्थात् तत्कालीन एमाओवादीका राज्य स्तरीय नेता निरमान बुढा संलग्न थिए । बुढा मगराात राज्य समितिका सदस्य थिए । उनले ‘कर्णाली टाइगर्स’ समूह बनाएर मूर्ति चोरी गरेका थिए । प्रहरीका भनाइमा बूढाले चोरिएका मूर्ति अन्तर्रा्ष्टि्रय बजारमा पुर्याउने गरी काठमाडौामा पहुाचसमेत स्थापना गरिसकेका रहेछन् ।
कहाा पुग्छन् ?
अमेरिकाको क्रिस्टिज अक्सन हाउसको बेवसाइटको ‘अपकमिङ अक्सन’मा नेपाली मूर्ति राखिएको छ । २९ मंसिरदेखि सुरु हुने ‘आर्ट द एसिया’ नामक उक्त लिलामीमा मल्लकालीन नेपालको काठको मूर्तिसमेत राखिएको छ, जसको मूल्य १६ देखि २२ लाख रुपियाासम्म अंकित छ । यो इन्ऽको मूर्ति हो । पहिल्यै बिक्री भइसकेका ६ सय ५० थान मूर्ति क्रिस्टिजको वेबसाइट सूचीकृत छन् । यसले देखाउाछ, पुरातात्त्विक महत्त्वका कति धेरै मूर्ति चोरिएर विदेश पुगेका रहेछन् !
विश्वका प्रख्यात कला संग्रहालयहरूमा अक्सर नेपाली कलाकृति नै लिलामीका लागि राखिएका हुन्छन् । अमेरिकाको क्रिस्टिज, रुविन म्युजियमदेखि बेलायतको सुदी, भिक्टोरिया ग्यालरी, अल्बर्ट आर्ट ग्यालरीहरू नेपाली मूर्तिहरूले सजिएका छन् । इटालीको रोममा नेसनल म्युजियम अफ एसिया नामक म्युजियम छ, जहाा डेढ दशकअघि आफूले दुई दर्जन नेपाली मूर्ति देखेको बताउाछन् विभागका उपमहानिर्देशक भरत रावत ।
जानकारहरूका भनाइमा नेपालबाट चोरिएका अधिकांश प्राचीन कला जर्मनी, बेलायत, इटाली, फ्रान्स, अमेरिका, जापानलगायत विकसित मुलुकमा पुग्ने गरेका छन् । पछिल्ला वर्ष चीन, बर्मा, थाइल्यान्ड, भियतनामजस्ता मुलुकमा समेत नेपाली बौद्ध मूर्ति पुर्याइन थालेको प्रहरी अनुसन्धानले देखाएको छ । दक्षिण पूर्वी एसियाका यी मुलुकबाट नै चोरिएका मूर्ति युरोप–अमेरिकालगायत पश्चिमा मुलुकमा पुग्ने गरेका छन् । तर, मूर्ति चोरीका गिरोह–सञ्चालक कहिल्यै पक्राउ परेका छैनन्, सिर्फ भरिया मात्र समातिएका छन् । नेपाल प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरो (सीआईबी)का निर्देशक डीआईजी नवराज सिलवाल भन्छन्, ँयो नै हाम्रो दुर्भाग्य हो । यही कारण हाम्रा ऐतिहासिक दस्तावेज र कलाकौशल रित्तिरहेका छन् र रित्तिरहने छन् ।”
शक्तिशालीको संलग्नता
चोरिएका मूर्तिहरूका ग्राहक विदेशी हुन् । खास गरी नेपालस्थित कूटनीतिक नियोगका अधिकारी, विदेशी अध्येता, पर्यटक मूर्तिलगायत पुरातात्त्विक वस्तुका ग्राहक हुने जानकारहरू बताउाछन् । पुरातत्त्व विभागका पूर्वमहानिर्देशक साफल्य अमात्य दृष्टान्त दिन्छन्, ँसन् १९७५ तिर तत्कालीन शाही नेपाल वायु सेवा निगमका सल्लाहकार बनेर आएका थाई नागरिक फर्किंदा त्रिभुवन अन्तर्रा्ष्टि्रय विमानस्थलबाट बुद्धको मूर्तिसहित पक्राउ परेका थिए ।”
२००७ को राजनीतिक परिवर्तनपछि नेपाल विदेशीहरूका लागि सहज रूपमा खुला भयो । नेपाल आउने विदेशी पर्यटकले यहााका कलाकृतिमा आाखा गाड्न थाले । मि डेभिड सासोनले आफ्नो लेख ‘कन्सिडरिङ द पर्सपेक्टिभ अफ द भिक्टिम स् द एन्टिक्स अफ नेपाल’मा लेखेका छन्, ‘केही कला व्यापारीले नेपालबाट पुरातत्त्व विभागको सिल छाप र प्रमाणपत्रसहित नै पुरातात्त्विक वस्तुहरू चोरी निकासी नगरी कानुनी रूपबाट विदेशमा जाने गरेको पाइन्छ ।’
नेपाली सेना, प्रहरी र पुरातत्त्व विभागका उच्च अधिकारीहरूकै संलग्नतामा समेत प्राचीन मूर्तिहरू विदेशिएको पाइन्छ । विभागका तत्कालीन महानिर्देशक एवं संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार ०१६ सालमा चोरी बढेपछि विभाग स्वयंले काठमाडौा, धोबीचौरबाट विश्व क्रान्तिको मूर्ति चोरेर लुकाउनु परेको थियो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्ऽीय विभागकी पूर्वप्रमुख वीणा पौड्याल भन्छिन्, ँसबै तहको मिलेमतोबिना बहुमूल्य वस्तुहरू बाहिरिन सम्भव हुादैन ।”
पुरातत्त्व विभागका अनुसार सन् ’८० को दशक पुरातात्त्विक महत्त्वका मूर्ति चोरीका दृष्टिले उत्कर्ष काल थियो । त्यस दशकमा प्रहरीले ८ सय ५७ थान पुरातात्त्विक एवं सांस्कृतिक महत्त्वका सामान जफत गरेको थियो । राजपरिवारका सदस्यहरूकै मिलेमतोमा मूर्ति चोरिएर विदेश पुर्याइन्थ्यो । त्यसबेला कति मूर्ति चोरिए, त्यसको रेकर्ड नै छैन । सन् २००० मा जफत मूर्तिको संख्या ४ सय ९२ थियो । ०६० सालमा १० थान मूर्ति चोरी भएकामा गणतन्त्र स्थापना भएयताको ०७१ सालमा मात्रै बरामद भएका मूर्तिको संख्या २६ छ ।
प्रकाशित : मंसिर २९, २०७३
No comments:
Post a Comment