लामो समय बढुवा नहुादा प्रहरी संयन्त्र सुस्त र अनुभवहीनताले ग्रस्त
- मनबहादुर बस्नेत
निर्धा्रित समयमा बढुवा नहुादा दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय मिलन बस्नेत र यादवराज खनालले अवकाश पाए । बस्नेत १९ वैशाखमा र खनाल १३ जेठमा उमेरका कारण सेवानिवृत्त भएका हुन् । प्रहरी नियमावलीमा प्रहरी उपरिक्षक (एसपी) र एसएसपीको उमेर ५५ वर्ष तोकिएको छ । जबकि, उनीहरू बढुवा हुनुपर्ने माथिल्लो तह प्रहरी नायव महानिरिक्षक (डीआईजी)का चारवटा दरबन्दी तीन महिनादेखि खाली छ । डीआईजीको उमेर हद ५६ वर्ष छ । यस हिसाबले बस्नेत र खनाल बढुवा भएको भए थप एक वर्ष डीआईजीमा काम गरेर अवकाश पाउने थिए ।
समयमा बढुवा नहुादा अवकाश पाउनुपर्नेसम्मको अवस्था सिर्जित हुनु भनेको चरम लापरबाही र अस्तव्यस्तताको अवस्था हो । किनभने, जागिर खानेहरूले आफ्नो क्षमताका आधारमा निश्चित पदसम्म पुग्ने स्वाभाविक लक्ष्य लिएका हुन्छन् । ँतर, हामी बढुवाका लागि योग्य हौा कि होइनौा भन्ने परीक्षण प्रक्रियामा छिर्नै नपाई बाहिरिनुपर्यो,” एसएसपी बस्नेत भन्छन्, ँयत्रो वर्ष देश र जनताको सेवा गरेपछि अन्यायपूर्वक अवकाश पाउनुपर्दा कस्तो पीडा हुन्छ, जो कसैले अनुमान लगाउन सक्छ ।”
गत २ चैतमा प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्ऽकान्त अर्यालसहित ११ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले अवकाश पाए । तीन महिनादेखि रिक्त पद पूर्ति हुन सकेको छैन । आईजीपी नियुक्तिको विवाद लम्बिएर न्यायालयसम्म पुगेपछि प्रहरी प्रशासनभित्रको माथिदेखि तलसम्मकै नियमित बढुवा नै ‘जाम’ भएको छ, जसले गर्दा प्रहरी कर्मचारीहरूको वृत्तिविकास त अवरुद्ध भएको छ नै, आमनागरिकको सुरक्षासाग प्रत्यक्ष सम्बन्ध राख्ने प्रहरी संगठन आफौ अस्तव्यस्त बन्दै गएको छ ।






