Tuesday, August 15, 2017

सगरमाथातिर नजर


  • मनबहादुर बस्नेत

भारतको सुरक्षा निकायका टोलीको सर्वोच्च शिखरलगायतका हिमालको एकपछि अर्को आरोहण


वर्ष भारतीय सेनाका तीन टोलीका २९ जनाको डफ्फाले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्यो । ६ जेठ ०७३ मा लेफ्टिनेन्ट कर्नेल रणवीरसिंह जमवल १० जनाको फौजी टोलीको नेतृत्व गरी सगरमाथाबाट झर्दा नझर्दै भोलिपल्टै थप दुईवटा भारतीय सुरक्षा टोली टुप्पोमा पुगे । ७ जेठमा कर्नेल गौरव कार्की र विशाल अल्हवात क्रमशस् १४ र पााच सदस्यीय आरोहण टोलीसहित शिखरमा पुगेका थिए । सगरमाथाबाट ओर्लिएका लेफ्टिनेन्ट कर्नेल जमवल भने फेरि ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्से हिमाल उक्लिए । यसअघि उनी दुईपटक सगरमाथा चढिसकेका थिए, ०७० र ०७१ मा ।



तीन सैनिक टोलीलाई गत वर्ष सगरमाथा शिखरमा पुर्‍याएको भारतले यो याममा समेत दुईवटा टोली पठाएको छ । ‘इन्डियन नेभी साउथ एभरेस्ट एक्सपीडिसन २०१७ स्प्रिङ’ नाम दिएको आरोहण दल ‘ए’ र ‘बी’ समूहमा वर्गीकृत छ । आरोही टिम नौरनौ जनाको छ । समूह ‘ए’को नेतृत्व विनीत दोशीले गरेका छन् भने ‘बी’चाहिा बेल्लियप्पा उदय इयामन्डको कमान्डमा छ ।

भारतीय सुरक्षा संगठनको चासो नेपालका उत्तरी भूमिमा अवस्थित अग्ला शिखरहरूतिर क्रमशस् बढ्दै गएको यी गतिविधिले देखाउाछन् । केही वर्ष बिराउादै सगरमाथा आरोहणमा आउने भारतीय सेना अहिले भने बर्से्नि आइरहेको छ । ०६८ यता भारतीय सेना बर्से्नि आरोहणमा आएको पर्यटन विभागको तथ्यांकले देखाउाछ । स्थल, हवाई र जल सेना तीनवटै ‘विङ’ले सगरमाथा चढिसकेको छ । तर, ०७१ को हिमपहिरो र ०७२ मा भूकम्प गएपछि नेपाल सरकारले आरोहण नै रोकेकाले ती वर्ष भने खाली रहे । आरोहणको क्रम गत वर्षदेखि पुनस् खुला भइसकेको छ । ०६८ देखि ०७० सम्म ३६ जना भारतीय सैनिकले शिखर चुमेका थिए ।

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पका बेला नेपाल आएको भारतीय वायु सेनाको फौजले समेत उत्तरी भेगमा नै उद्धारको काम गर्न रुचि देखाएको थियो । त्यसबखत वायु सेनाको हेलिकप्टर सगरमाथा क्षेत्रमा उद्धारमा खटिएको थियो । ०७१ चैतदेखि ०७२ वैशाखमा भारतीय सेनाको टुकडी सगरमाथा सरसफाइका लागि समेत आएको थियो, जसमा ३४ जना थिए ।
भारतीय सेनाले सगरमाथामा पाइला राखेको साढे पााच दशक बितिसकेको छ । पहिलोपटक ६ जेठ ०२० मा यो दक्षिणी फौज सगरमाथा उक्लिएको थियो । रोचक त के भने पहिलोपटक सर्वोच्च भूमिमा पुग्ने सैन्य टोली नै
जलसेनाको थियो ।

पहिलोपटक सगरमाथा चढेपछि भारतीय फौजले ३८ वर्षसम्म फर्केर पनि त्यता हेरेन । एकैपटक २२ चैत ०५७ मा पााच जना भारतीय सैनिकले दोस्रो खेप सगरमाथा चढे । त्यसको एक महिनापछि १० जेठ ०५८ मा अर्को १० सदस्यीय टोली सगरमाथा उक्लियो । त्यसअघि १० जेठ ०४१ मा भारतीय सेनाका कर्नेल दर्शनकुमार खुलारले सर्वोच्च शिखर चुमेका थिए । यद्यपि, यो सैन्य टोली भने थिएन । बरू, उनले अर्को समूहसाग मिसिएर आरोहण गरेका थिए ।

एकल आरोहणमा रुचि
सगरमाथा आरोहणको स्वर्ण जयन्तीको अवसरमा जेठ ०६० मा नेपाल र भारतको सेनाले संयुक्त आरोहण गरेको थियो । उक्त टोलीमा नेपाली सेनाका क्याप्टेन सुनीलसिंह राठौरसहित १० जनाको फौज थियो भने मेजर सौरभसिंह सेखावतसहित त्यति नै संख्याको भारतीय सेनाको टोली थियो ।

तथ्यांक केलाउने हो भने संयुक्त आरोहणभन्दा भारतीय सेनाको एकल आरोहण नै बढी भएको छ । भारतीय सेना सगरमाथा चढेको ५४ वर्षे इतिहासमा दुईपटक मात्रै दुई देशीय संयुक्त आरोहण भएको छ । पहिलो, सगरमाथा आरोहणको स्वर्ण जयन्तीमा र दोस्रो जेठ ०७० मा  । जबकि, भारतीय सेनाले एकल आरोहण भने १० पटक गरिसकेको छ । र, यो याममा उसका दुई टोली सगरमाथा आरोहणका लागि आधार शिविरमा छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतसाग सीमा जोडिएको नेपालको हिमाली क्षेत्रलाई भू–राजनीतिक हिसाबले संवेदनशील थलो मानिन्छ । नेपाली सेनाका पूर्वसहायक रथी दिलीपजंग रायमाझीका अनुसार भारतीय फौजले नेपालका हिमाल चढ्न रुचि देखाउनुमा अनुभव बटुल्ने, आफ्नो देशको नाम फैलाउने र छिमेकी मुलुकको भौगोलिक अवस्था परीक्षण गर्ने उद्देश्य हुन्छ । यद्यपि, अनावश्यक क्रियाकलाप नहोस् भन्नका लागि नेपाली सुरक्षा संयन्त्र चनाखो हुनुपर्ने उनको भनाइ छ ।

हुन त भारतीय सैनिक टोलीको आरोहणका लागि नेपाली सेनाकै जनसम्पर्क अधिकृत (लियाजो अफिसर) खटाइएको हुन्छ । ँकहिलेकाहीा उनीहरू (भारतीय सेना)ले नै नेपाली सेनालाई खटाइदिन आग्रह पनि गर्छन्,” पर्यटन विभागका निर्देशक एवं प्रवक्ता दुर्गादत्त ढकाल भन्छन् । भारतीय सेना भएको खुलेमा वा स्वयं उनीहरूले मागेमा मात्रै नेपाली सेनाको प्रतिनिधि खटिने ढकालको कथनले पुष्टि गर्छ । सैनिक भएको पत्तै नदिई चढेमा भने यो समेत खुल्दैन ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी झंकरबहादुर कडायत भने भारतीय सेनाले नेपाली सेनासागको सहकार्यमा संयुक्त आरोहण गर्ने गरेको बताउाछन् । आफूहरूको प्रतिनिधिबिना भारतीय सेना आरोहणमा नजाने समेत उनको जिकिर छ ।

हाल आरोहणका क्रममा रहेको दुई भारतीय सुरक्षा टोलीमध्ये एउटामा मात्रै नेपाली सेनाका सम्पर्क अधिकृत छन् । टिम ‘ ए’मा सेनानी प्रमोद पौड्याल सम्पर्क अधिकृत तोकिएका छन् भने ‘बी’मा पर्यटन विभागका लेखापाल तिलकराम पाण्डे छन् । सम्पर्क अधिकृत आधार शिविरसम्म मात्रै जाने हो । त्यसमाथि भने आरोही मात्रै हुन्छन् ।

अर्धसैनिक बल पनि
भारतको सैन्य शक्ति मात्रै होइन, अर्धसैनिक फौजले समेत सगरमाथा चढ्न रुचि देखाइरहेको छ । बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ)ले जेठ ०६२ मा सगरमाथा चढेको थियो । १४ सदस्यीय आरोहण दलमा सात जना बीएसएफका थिए । अर्को अर्धसैनिक फौज सशस्त्र सीमा बल (एसएसबी)ले समेत सगरमाथा टेकिसकेको छ । वैशाख ०७० मा एसएसबीका पााच जनाले सगरमाथामा झन्डा फहराएका थिए ।

सुरक्षा निकायमा जनशक्ति छनोट गर्ने निकायहरूले समेत सगरमाथा आरोही पठाउने गरेका छन् । प्रहरीका विभिन्न विङमा जनशक्ति छनोट गर्ने इन्डियन पुलिस सर्भिस (आईपीएस)ले जेठ ०६५ मा अतुल कर्वालको टिमलाई सगरमाथा चढ्न पठाएको थियो । उक्त आरोहण दलका १५ मध्ये सात जना आईपीएस अधिकारीले सगरमाथा चढेका थिए ।

आईपीएसका अधिकृत सगरमाथा पुगेको पााच वर्षपछि नेसनल क्याडेट कप्स (एनसीसी)को टोली पनि सगरमाथा उक्लिएको थियो । सेना, प्रहरीजस्ता सुरक्षा निकायलाई मिसिएर समेत सगरमाथा आरोहण गरेको देखिन्छ । ०६७ मा ‘ निम एभरेस्ट एक्सपीडिसन’ नाम दिएर यस्तो अभ्यास भएको थियो ।

अरू हिमालमा उस्तै
सर्वोच्च शिखर सगरमाथा मात्र होइन, भारतीय सुरक्षा निकायको उपस्थिति अन्य हिमाल आरोहणमा समेत बाक्लै देखिन्छ । २४ असोज ०६१ मा भारतीय सेनाले कञ्चनजंघा हिमाल आरोहण गरेको थियो, ६ जना भारतीय सेनासहितको १० जनाको टोलीले ।  भारतीय सेनाले वैशाख ०६५ मा धौलागिरि हिमाल समेत चढेको छ । पााच जनाले यो हिमाल आरोहण गरेका थिए । १३ सदस्यीय भारतीय सेनाले मनास्लु हिमालसमेत चढ्यो, वैशाख ०६८ मा । ०५९ मा कर्नेल एससी शर्माको नेतृत्वमा भारतीय सेनाको चार जनाको टिम अन्नपूर्ण पहिलो हिमाल पुगेको थियो । अहिले पनि उसको एउटा टोली धौलागिरि हिमाल आरोहणमा गएको पर्यटन विभाग पर्वतारोहण शाखाका खेम अर्याल बताउाछन् ।

अर्धसैनिक सुरक्षा बल बीएसएफले पनि कञ्चनजंघा चढेको छ । भारतीय अर्धसैनिक बल या प्रहरीले हिमाल चढेको नेपाल प्रहरीलाई भने थाहा हुादैन । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्ऽ खनाल यसबारे अनविज्ञता प्रकट गर्छन् । भन्छन्, ँप्रहरीलाई यसबारे थाहा छैन ।”

सरकारले सगरमाथा चढ्न ७५ दिनको अनुमति दिन्छ भने अन्य हिमालका हकमा भने कम्तीमा ३५ दिनको अनुमति दिएको हुन्छ । नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रायमाझी भन्छन्, ँउत्तरी छिमेकीसाग सीमा जोडिएकाले दक्षिणी छिमेकीको सैन्य आगमनलाई हामीले सन्तुलित भने बनाउनुपर्छ । त्यसबाहेक भारतीयहरू बढी आए भनेर अत्तालिनुपर्दैन ।”
प्रकाशित :  जेष्ठ ८, २०७४

No comments:

Post a Comment