Showing posts with label US-Nepal. Show all posts
Showing posts with label US-Nepal. Show all posts

Friday, November 15, 2019

नेपाल मुजाहिद्दीनको 'हब' बनेको अमेरिकी प्रतिवेदन

नेपाल आतंकवादी समूह इन्डियन मुजाहिद्दीनको 'हब' बनेको अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदन


अमेरिकी विदेश मन्त्रालयले आतंकवादसम्बन्धी आफ्नो वाषिर्क प्रतिवेदन सार्वजनिक गर्‍यो, १५ कात्तिकमा । नियमित कार्यतालिकाअनुसार प्रकाशित ’कन्ट्री रिपोर्ट्स अन टेरोरिजम ( २०१८’ नामक प्रतिवेदनको एउटा अंशले नेपाललाई आतंकवादको खतरनाक बिन्दुमा रहेको चित्रण गरेको छ । नेपाल आतंकवादी समूह इन्डियन मुजाहिद्दीनको ’हब’ बन्दै गएको दाबी चिन्तित तुल्याउने किसिमको छ ।

सन् २००७ देखि भारतीय भूमिमा विध्वंसात्मक गतिविधिमा सक्रिय देखिएको मुजाहिद्दीनलाई सन् २०१० देखि भारतले र सन् २०११ मा अमेरिकाले आतंकवादी संगठन मानेको थियो । मुजाहिद्दीन भारतका एक दर्जन भागमा शृंखलाबद्ध विस्फोट गराएको संगठन हो । ती विस्फोटमा डेढ सयभन्दा बढीको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए । दक्षिण एसियामा इस्लामिक खिलाफत (धार्मिक राज्य) स्थापना गर्ने उद्देश्यले यो संस्था सक्रिय छ ।

यति खतरनाक समूहले नेपाललाई आफ्नो उर्बर भूमि बनाइरहेको अमेरिकाको दाबी छ । साँच्चै नेपाल विदेशी आतंककारी गतिविधि सञ्चालन गर्न अनुकूल भूमि बन्दै गएको हो वा अमेरिकी प्रोपागान्डा मात्र हो ?