Wednesday, October 31, 2018

आवरण कथा» फेरिएन चिनियाँ चासो


  •  मनबहादुर बस्नेत


 प्रधानमन्त्री केपी ओलीको ६ दिने चीन भ्रमणका क्रममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा भनिएको छ, ‘दुईपक्षीय सहयोगको इतिहासमा रेलमार्ग निर्माणलगायतको समझदारी सबैभन्दा महत्त्वपूर्ण पहल हो, जसले दुईदेशीय सीमापार सम्बन्धमा नयाँ युगको थालनी गर्छ ।’

मूलत: चीन र नेपाललाई जोड्ने रेलमार्ग निर्माणको सहमतिलाई लिएर ओली र चिनियाँ समकक्षी ली खछ्याङले सम्झौतालाई नयाँ युग आरम्भको दस्तावेज नाम दिए । तर, ओलीको अघिल्लो चीन भ्रमणमा भएको समझदारीको मूल मुद्दा भने रेलमार्ग निर्माणको चर्चासँगै ओझेल पर्‍यो । त्यो हो– पारवहन तथा व्यापार सम्झौता, जसले भारतीय आधिपत्य तोड्ने अपेक्षा गरिएको थियो । ०७२ मा भएको सम्झौतालाई कार्यान्वयन गर्ने विस्तृत विवरणसहितको प्रोटोकलको विषयमा ओली भ्रमण प्रवेश नै गरेन । यो त्यही प्रोटोकल हो, जसले चीन हुँदै नेपालमा सामान भित्रिन र यहाँका वस्तु सोही बाटोबाट विश्व बजारमा पुर्‍याउने आयात–निर्यातको ढोका खोल्थ्यो । चिनियाँ बन्दरगाह  हुँदै नेपालले सामुद्रिक मार्गमा आफ्नो पहुँच बनाउन सक्थ्यो ।

स्मरण रहोस्, भ्रमणअघि सरकारले यो ‘प्रोटोकल’ मा हस्ताक्षर हुने सार्वजनिक गरेको थियो । सरकारको निर्देशन अनुसार उद्योग वाणिज्य तथा आपूद्धर्ति मन्त्रालयले पनि प्रोटोकलको ड्राफ्ट तयार पारेर परराष्ट्र मन्त्रालय पठाएको थियो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रविशंकर सैंजु भन्छन्, ँहामीले आफ्नो काम सिध्याएर पठाएका हौँ । किन समझदारी भएन परराष्ट्र मन्त्रालयलाई नै थाहा होला ।”
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमणभन्दा पाँच दिनअघि पनि प्रोटोकलमा समझदारी नहुने संकेत सार्वजनिक गरेका थिए, मन्त्रालयमै । बेइजिङमा सञ्चारकर्मीसँग समेत उनले ‘प्राविधिक पक्ष निक्र्योल गर्न पर्याप्त समय नपाएकाले’ हस्ताक्षर नभएको दोहोर्‍याए ।

व्यापारमा नेपाल पूर्णत: भारतसँग निर्भर छ । नेपाली सामान विश्व बजारमा जाने र विश्व बजारको सामान नेपाल भित्रिने निर्विकल्प मार्ग भारत नै हो । ०५५ मा पछिल्लो पटक नेपाल र भारतबीच यस्तो सन्धि भएको थियो, जुन प्रत्येक ७ वर्षमा नवीकरण हुने गर्छ ।
अघिल्लो चीन भ्रमणमा प्रधानमन्त्री ओलीले यस्तै सुविधा चीनबाट समेत पाउने वैकल्पिक आधार खडा गरेका थिए, समझदारीमा हस्ताक्षर गरेर । तर, उक्त प्रसंग यो भ्रमणमा अघि बढेन । ँझट्ट हेर्दा यो भ्रमणमा थुपै्र सम्झौता भएको देखिन्छ,” सामरिक मामिलाका जानकार गेजा शर्मा वाग्ले भन्छन्, ँहाम्रा लागि रणनीतिक महत्त्वको मूल विषय भनेको पारवहन तथा व्यापारसम्बन्धी प्रोटोकल हो । त्यसमा केही प्रगति हुन सकेन । यसले भ्रमणलाई खल्लो बनाइदिएको छ ।”

नेपाल–चीन कुटनीतिमा सैन्य कार्ड

नेपाल सामरिक र रणनीतिक बदलावको बिन्दु भएकाले नै दुवै देशले रेल कूटनीतिलाई उच्चतम प्राथमिकतामा राखेको जोकोहीले अनुमान लगाउन सक्छ । चीनले त सैन्य स्रोतलाई समेत आफ्नो रेल कूटनीतिमा जोड्न थालेको छ । ६ वैशाखमा चिनियाा रेलवे ब्युरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सोङ रोङ जङसहितको तीन सदस्यीय टोली र प्रधानसेनापति राजेन्ऽ क्षेत्रीबीच अर्थपूर्ण भेट भयो, जसको सुइाको रक्षा र परराष्ट्र मन्त्रालयलाई समेत दिइएन । रक्षा मन्त्रालयमा त्यतिबेला प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव ऋषि राजभण्डारीले उक्त भेटबारे केही पनि जानकारी नभएको बताए । ँयसबारे हामीलाई जानकारी गराइएको थिएन । गराउनुपर्ने हो,” उनी भन्छन्, ँकिन नगराएको सेनाकै प्रवक्तासाग बुझ्नूस् ।”




आवरण कथा» बेइजिङमा ओलीको अग्निपरीक्षा

अघिल्लोपल्ट प्रधानमन्त्री छादा भूराजनीतिमा दूरगामी महत्वका सम्झौता गरेका ओलीको परीक्षण पहिलो विश्वशक्ति बन्ने आकांक्षासहित बढिरहेको चिनियाा प्रयोगशालामा हुादैछ

  • मनबहादुर बस्नेत


काठमाडौालाई चीनसँग जोड्ने अरनिको राजमार्ग बनेलगत्तै आफूसाग पारवहन सम्झौता नवीकरण गर्न आनाकानी गरेको आरोप लगाएर विसं २०२७ मा भारतले नेपालमाथि नाकाबन्दी लगायो । त्यसबखत नेपालमा सवारीसाधन कम भएकाले इन्धन हाहाकारको अवस्था आएन । सामान्य संवादलगत्तै नाकाबन्दी खुल्यो ।
त्यसको १८ वर्षपछि अर्को नाकाबन्दी खेप्नुपर्‍यो, नेपालले । त्यही राजमार्गमार्फत चीनसँग व्यापार हुन थालेको, चीनबाट विमानभेदीलगायतका सैन्य बन्दोबस्तीका सामग्री ल्याएको झोाकमा पारवहन सम्झौता नवीकरणकै प्रसंग उठाएर भारतले नेपालमाथि अर्को नाकाबन्दी लगायो । १५ महिना लामो नाकाबन्दीताका तत्कालीन राजा वीरेन्ऽले पेट्रोलियम पदार्थको जोहो गर्न उत्तरी छिमेकीसँग आग्रह मात्रै गरेनन्, उससँग सम्बन्ध कसिलो बनाउन कार्यदलै गठन गरे । त्यसपछि ०४६ मा चिनियाा प्रधानमन्त्री ली फङ नेपाल आउँदा चिनियाँ नाका जोड्ने स्याफ्रुबेसी–रसुवागढी, धनकुटा–किमाथांका, पोखरा–जोमसोम, सिमकोट–हिल्सा, दार्चुला–टिंकर सडक निर्माण र कोदारी मार्ग

चीन–नेपालबीच तीव्र रेल कूटनीति


  •  मनबहादुर बस्नेत
केही वर्षअघिसम्म नेपालको रेल विभाग सुनसान थियो । कर्मचारी आफूलाई जगेडामा थन्किएको ठान्थे र उत्तिकै फुर्स्दिला देखिन्थे । काठमाडौाको विशालनगरमा अवस्थित विभागको त्यो रूप अहिले बदलिएको छ । त्यसबेलाको उपेक्षित विभाग यतिबेला अन्तर्देशीय चासोको केन्द्र बनेको छ । उदाउादा एसियाली दुई शक्ति चीन र भारत जोडिएका छन्, यो आकर्षणमा । दुवै छिमेकी मुलुक नेपालमा रेलमार्फत जोडिने प्रतिस्पर्धामा उत्रिएकाले त्यसको रन्को विभागमा देखिएको हो ।

विद्युत् उर्जामा भूराजनीतिक भास


  •  मनबहादुर बस्नेत


प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्ऽ मोदीले काठमाडौाको होटल द्वारिकाजमा ‘स्वीच’ थिचेर बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गरे, २९ वैशाखमा । यो त्यही परियोजना हो, जुन तत्कालीन नेकपा एमालेको  विरोधका कारण ०५२ मा प्रमुख लगानीकर्ता विश्व बैंक पछाडि हटेर हालसम्म अलपत्र थियो । एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले १ कात्तिक ०५१ मा पत्र लेखेरै ‘तत्काल आयोजना निर्माण नगर्न’ भनेपछि विश्व बैंक उक्त परियोजनाबाट अलग भयो । विश्व बौकले हात झिक्नुका पछाडि अरू पनि कारण रहेको आशंका गरिन्छ । तर, देखिने कारण एमालेको पत्र बनेको थियो ।

संयोग कस्तो भने आयोजनाको कटु आलोचक पार्टीका प्रधानमन्त्री ओलीकै हातबाट झन्डै अढाई

अप्ठेरोमा अन्डरकभर अपरेसन

  •  मनबहादुर बस्नेत

मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या भएको र उक्त शव व्यवस्थापन गरिदिए तीन करोड रुपियाा खर्च गर्ने सूचना महानगरीय प्रहरी अपराध महाशाखामा आयो, गत १८ माघमा । यस्तो खबर दिने अरू कोही नभएर सुन तस्करीमा जोडिएका चूडामणि उप्रेती ‘गोरे’

सैन्य भर्ना : आशंका प्रमाणित


  • मनबहादुर बस्नेत

माग : ४५

परीक्षार्थी : ५४

उत्तीर्ण:४

उत्तीर्ण प्रतिशत : ९


गत वर्षको सुरुमै नेपाली सेनाले अधिकृत तहमा भर्तीका लागि खोलेको विज्ञापनको नतिजाको अंश हो यो, जसले चाहिनेभन्दा कति थोरै संख्यामा सैन्य जनशक्ति भर्ना भइरहेका छन् भन्ने तस्बिर दिन्छ । अझ डरलाग्दो पक्ष त दुई वर्षदेखि नेपाली सेनाको रिक्त दरबन्दी पूर्ति यही हालतबाट गुज्रिरहेको छ । सैन्य भर्नाको लिखित परीक्षा लोकसेवा आयोगले लिन थालेपछि