Wednesday, August 19, 2026

कस्तो सेना, कत्रो सेना?

 मनबहादुर बस्नेत  

७ चैत, २०७९ । हिमालखबर

द्वन्द्वकालमा दोब्बर बढेर एक लाख पुगेको सैनिक संख्या घटाई संगठनलाई समयानुकूल सबल नबनाउने र सैन्य नेतृत्वको बढ्दो आर्थिक महत्त्वाकांक्षामा लगाम नलगाउने हो भने मुलुकले सुरक्षा र सुशासनमा ठूलो मूल्य चुकाउनुपर्छ।

२०६० सालमा पश्चिम नेपालमा गरिएको माओवादी लडाकू विरुद्धको ‘सर्च अपरेशन’ मा खटिएका सेनाका विशेष दस्ता, रेन्जर बटालियनका सैनिकहरू। तस्वीर: ध्रुव आले/लडाइँमा जनता


नेपाली सेनाले वर्षदिनअघि लागू गरेको कमान्ड संरचना गत भदौमा खारेज गरी पृतना ब्युँतायो। मन्त्रिपरिषद्बाटै स्वीकृत यो निर्णय औपचारिक रूपमा सार्वजनिक गर्न नचाहेको उसले बल्ल ६ महीनापछि सेना दिवसको अघिल्लो दिन (फागुन ५) अन्तर्य खोल्यो। जङ्गी अड्डामा आयोजित नियमित सम्बोधनमा प्रधानसेनापति प्रभुराम शर्माले कमान्ड संरचना अव्यावहारिक भएको जनाउँदै पृतनाले ‘सम्भावित दूरगामी प्रभाव निष्क्रिय पार्न अचुक ओखतीको भूमिका खेल्ने’ बताए।

मुलुक प्रादेशिक संरचनामा गएपछि प्रदेशैपिच्छे र संघीय राजधानीमा गरी आठ पृतना राखिएकोमा जनशक्ति र स्रोतसाधन छरिएको भन्दै शर्माका पूर्ववर्ती पूर्णचन्द्र थापाको कार्यकालमा २०७८ साउनदेखि कमान्ड संरचना कार्यान्वयनमा ल्याइएको थियो। यसो गर्दा लडाइँका वेला तत्काल एकीकृत र परिचालित हुन सकिने तर्क सहित उपरथीको नेतृत्वमा नदी बेसिनका आधारमा पूर्वी, मध्य र पश्चिममा तीन वटा तथा उपत्यकामा एउटा कमान्ड राखिएका थिए। जङ्गी अड्डा मातहत रहने ‘कमान्ड हेडक्वार्टर’ मा सेनालाई चाहिने सम्पूर्ण स्रोतसाधन हुने, अपरेशनल तहको कमान्ड हेडक्वार्टरलाई स्वतन्त्र राख्ने र जङ्गी अड्डाले रणनीतिक तहमा काम गर्ने योजना थियो। तर, उक्त संरचना एक वर्षमै भत्काइयो।

म्याच फिक्सिङमा राज्य संयन्त्रकै मिलेमतो

४ फागुन, २०७९ । हिमालखबर

प्रबन्धपत्रमै सट्टेबाजी चलाउने उद्देश्य स्पष्टै लेखेको सेभेनथ्री स्पोर्टस्‌लाई नेपाल भित्र्याउन क्यानसँगै राखेप र मन्त्रालयको समेत संलग्नता देखिन्छ।

काठमाडौंको कीर्तिपुरमा आयोजित ‘नेपाल टी-२० लिग’।

राष्ट्रिय क्रिकेट टीममा अटाएको १० महीनामै २० वर्षीय मोहम्मद आदिल आलमले जुन परिचय कमाए त्यसले लोभलाग्दो ‘करिअर’ को सङ्केत गरेको थियो। २०७८ चैतमा अन्तर्राष्ट्रिय टी-२० र २०७९ वैशाखमा एकदिवसीयमा ‘डेब्यु’ गरेका यी अलराउन्डरले टी-२० मा आठ खेल खेल्दै समग्रमा ११० रन र पाँच विकेट आफ्नो नाममा लेखाइसकेका छन् भने एकदिवसीयमा ६ खेलबाट ७० रन जोडी ६ विकेट लिएका छन्।

यी उम्दा खेलाडी यति वेला हुनुपर्थ्यो, नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको तयारीमा। तर, छन् केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा। गत पुस ९-२७ सम्म आयोजित नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ को आरोपमा विश्व कीर्तिमानी पूर्व क्रिकेटर महबुब आलमसँगै उनी पनि पक्राउ परे।

शक्तिशाली व्यक्ति विरुद्ध जाहेरी नै लिँदैन प्रहरी

 १७ माघ, २०७९ । हिमालखबर

नेपाल प्रहरी जहिल्यै शक्ति र सत्तामा भएका व्यक्ति विरुद्धको जाहेरी लिन हच्किन्छ, किन?

माघ १७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अवैध नागरिकता प्रयोग गरेर राहदानी लिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परे पनि प्रहरीले दर्ता गर्न अस्वीकार गर्‍यो। विदेशी नागरिकता लिएपछि निष्क्रिय बनेको नेपाली नागरिकता पुनः कायम गर्ने कानूनी रीत नपुर्‍याएको भन्दै लामिछानेको सांसद पद नै सर्वोच्च अदालतको संवैधानिक इजलासले रद्द गरेको चार दिनपछि प्रहरीमा जाहेरी परेको हो। 

जाहेरी लिएर मध्याह्नतिर प्रहरी कार्यालय पुगेका थिए, लामिछाने विरुद्ध सर्वोच्चमा रिट हाल्नेमध्येका एक अधिवक्ता युवराज पौडेल। पौडेलले नै यसअघि गृह मन्त्रालयमा लामिछानेको नागरिकता र राहदानीको वैधानिकता छानबिन गर्न भन्दै दिएको निवेदन जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी परिसरमा अनुसन्धानार्थ पुगेको थियो।

कसूरदारकै कब्जामा किशोरी

 मनबहादुर बस्नेत  

१६ माघ, २०७९ । हिमालखबर

सरकारले बलात्कृत किशोरीलाई संरक्षण नदिँदा परिवारलाई प्रभाव, दबाब र प्रलोभनमा पारेर पीडक सजायबाट उम्किरहेछन्।



हुँदैन, हुँदैन, हुँदैन। जसले जे भनोस्, यो कुरा हुँदैन।

२०७८ चैतको एक दिन ललितपुर, सातदोबाटोस्थित प्रहरी वृत्तमा १४ वर्षीया किशोरी आफूलाई बलात्कार गर्नेलाई कारबाही गराएरै छाड्ने अडान लिइरहेकी थिइन्। उजुरी फिर्ता लिन र घर फर्कन दबाब दिइरहेकी आमाप्रति आक्रोशित उनी भनिरहेकी थिइन्, “जसले मलाई सपोर्ट गर्नुपर्ने उसले उनीहरू (पीडक)कै आवाज किन उठाइरहेको?”

यही संवादको अडियो र भिडिओ प्रहरीले अदालतमा प्रमाणका रूपमा बुझएको थियो। तर, राष्ट्रिय बालअधिकार परिषद्को रोहबरमा अस्पतालमा उपचारमा रहेकै वेला परिवारले चैत २८ गते छोरीलाई घर लग्यो। दुई महीनापछि किशोरीले अदालत पुगेर आफूमाथि घटना नै नभएको बकपत्र गरिन्। अभियुक्त असल व्यक्ति भएको भन्दै प्रशंसा पनि गरिन्। अभियुक्तको परिवारकै गाडी चढाएर उनलाई सरकारी वकीलको कार्यालयलाई समेत पत्तो नदिई अदालत पुर्‍याइएको थियो।

त्यसयता ती किशोरी कहाँ छिन्, कुनै सरकारी निकायलाई थाहा छैन। घटना बाहिरिएपछि उनी विद्यालय आउन छोडेको महेन्द्र आदर्श माविका प्रधानाध्यापक एकबहादुर भण्डारी बताउँछन्। अनुसन्धानकारी प्रहरी, कानूनी लडाइँ लड्ने सरकारी वकील र मुद्दाको उठानमा सघाएको बालअधिकार परिषद्को भनाइ पनि उस्तै छ। “हामीबाट लगेपछि पीडित र परिवार दुवै सम्पर्कमा छैनन्,” परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुसाल भन्छिन्। बकपत्रपछि पीडितको खोजखबरै नगरेको सरकारी वकीलको कार्यालयले मुद्दा सुनुवाइको अन्तिम चरणमा पुगिसकेकाले यसबारे औपचारिक टिप्पणी गर्न चाहेन।

अख्तियारको विकल्प खोजिएको हो?

 मनबहादुर बस्नेत  

२ माघ, २०७९ । हिमालखबर

संवैधानिक अधिकारप्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक स्वार्थका कारण निष्प्रभावी बनेपछि विगतका भ्रष्टाचार उधिन्ने अर्को संयन्त्रको चर्चा शुरू भएको छ।


उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार सम्हाल्ने बित्तिकै यस्तो उच्चस्तरीय संयन्त्र बनाउने उद्घोष गरे जुन विगतदेखि भविष्यसम्मका भ्रष्टाचार प्रकरणमा निर्मम भएर प्रस्तुत हुन सकोस्। भ्रष्टाचार नियन्त्रणकै जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग छँदाछँदै गृहमन्त्रीले नयाँ संयन्त्र खोज्दै यो संवैधानिक अङ्ग निकम्मा भएको सङ्केत किन गरे त?

आयोगकै दशकयताको कार्यसम्पादन हेर्दा 

Tuesday, August 18, 2026

जन्ममिति विवाद: सेनामा बल्झिरहने समस्या

  मनबहादुर बस्नेत  

२७ पुस, २०७९ । हिमालखबर

अवकाश पाएका उपरथी प्रेम शाही पक्राउ प्रकरणमा जंगी अड्डामाथि थुप्रै प्रश्नहरू तेर्सिएका छन्।

अवकाशको अघिल्लो दिन पुस १९ मा नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लियो र त्यसको पर्सिपल्ट काठमाडौं बुढानिलकण्ठस्थित उनको निवासमा छापा मारेर कागजातहरू जफत गर्यो। जन्म मिति विवादमा तानिएका शाहीलाई सेनाले आर्थिक अपचलनको आरोपमा पक्राउ गरेको हो। यद्यपि अनियमितताको विस्तृत विवरण सेनाले सार्वजनिक गरेको छैन।

पुस २० देखि अवकाश हुने भन्दै सैनिक मुख्यालयले शाहीलाई पत्र थमाएपछि सैनिक अभ्यासअनुसार अवकाशको १५ दिन अघिदेखि उनी बिदामा थिए। उनले उमेर विवादमा लामो समयदेखि कानुनी लडाइँ लडिरहेका थिए। सर्वोच्च अदालतमा २०७७

यसरी भइरहेको छ ‘डिजिटल डकैती’

 मनबहादुर बस्नेत  

४ पुस, २०७९ । हिमालखबर

सेवा प्रदायकको लापरवाहीले फर्जी सिम निकालेर व्यक्तिको ब्यांक खाता र डिजिटल वालेटसम्म पुग्ने गिरोहबाट लुटिँदै छ सर्वसाधारणको रकम।

कात्तिक २४ को अपराह्नदेखि अनिल श्रेष्ठको मोबाइलबाट ‘कल’ आउजाउ गर्नै छाड्यो। नेपाल टेलिकम (एनटीसी)कै प्राविधिक गडबडी ठानेका उनी आधा घण्टासम्म पनि सिम नचलेपछि भने काठमाडौं बबरमहलस्थित टेलिकम कार्यालय गए। ३ बजेर १० मिनेटमा त्यहाँ पुग्दा ग्राहक सेवा केन्द्र बन्द भइसकेको रहेछ।

श्रेष्ठले सोही साँझ अनामनगरस्थित भाटभटेनी सुपरमार्केटमा एनआईसी एसिया ब्यांकको एटीएम कार्डबाट पैसा तिर्न खोज्दा ‘स्वाइप’ नै भएन। भोलिपल्ट नयाँ बानेश्वरस्थित एटीएममा जाँच गर्दा रकम मौज्दात नभएको सङ्केत आयो। ब्यांकमा गएर बुझ्दा अघिल्लो दिन नै भक्तपुर, सूर्यविनायकस्थित एटीएमबाट २४ हजार रुपैयाँ निकालिएको देखियो। यो रकम ‘कार्डलेस’ प्रविधिबाट