Tuesday, August 15, 2017

लाजको पसारो

विवादास्पद सार्वजनिक पद धारक व्यक्ति, सरकारी अधिकारी, नातागोता र आफन्तलाई मान–पदवी र विभूषण बााड्ने परम्पराले तिनको महत्त्व र गरिमा बर्से्नि घटाइरहेको छ । यसपटक पनि त्यस्तै भयो ।


गणतन्त्र दिवसमा राज्यले दिने विभूषण, पदवी, अलंकार हरेक पटक विवादको भुमरीमा पर्छ, जसले कामै गरेर कदरस्वरूप सम्मानित हुनेहरूले समेत गर्व महसुस गर्न सक्दैनन् । राष्ट्र र समुदायमा प्रख्यातिभन्दा बदनामी कमाएकाहरूको पोल्टामा समेत पदक परेपछि यो राष्ट्रिय लज्जाको विषय बनेको छ । हरेक वर्षझौ यस वर्ष पनि मान–पदवी अस्वीकार गर्नेहरू छन्, लज्जाबोधका कारण । यसले सत्ता र शक्तिको नजिक रहेर मान–पदवी लिने परम्परा गणतन्त्र आएको दशक पुग्दासमेत नतोडिएको प्रस्ट पार्छ । जबकि, समाजलाई असाधारण योगदान दिएबापत राज्यले दिने सबैभन्दा उच्चकोटिका सम्मान हुन्, यस्ता विभूषण र मानपदवी । तर, विवादास्पद सार्वजनिक पद धारक व्यक्ति, सरकारी अधिकारी, नातागोता र आफन्तलाई मान–पदवी र विभूषण बााड्ने परम्पराले तिनको महत्त्व र गरिमा बर्से्नि घटाइरहेको छ । सरकारले यसपालिको मान–पदवी र विभूषणमा त्यही परम्परालाई निरन्तरता दिएको छ। जस्तै :

कच्चा उमेर, जघन्य अपराध

किशोर–किशोरीलाई गलत बाटोमा जानबाट रोक्न चौतर्फी निगरानी आवश्यक 

सौरभ श्रेष्ठ, १६, को अरू किशोरकिशोरीको जस्तै सपना थियो, राम्रो लाउने अनि मीठो खाने । मध्यमवर्गीय परिवारका उनका यी औसत सपना पूरा भइरहेकै थिए । मनमोहन मेमोरियल कलेजका ११ कक्षाका विद्यार्थी उनी पढाइमा औसतभन्दा राम्रै थिए । इच्छाएका कुरा अभिभावकले जसोतसो पूरा गरिदिएकै थिए । तर, उनी अहिले आफूभन्दा दुई वर्ष जेठो उमेरका सुशान्त श्रेष्ठको हत्या अभियोगमा प्रहरी हिरासतमा छन् । उनी न्यु अरुणोदय उमाविमा १२ कक्षामा पढ्ने सुशान्तको हत्याको योजनाकार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । परिवारका एक्ला सन्तानको

सगरमाथातिर नजर


  • मनबहादुर बस्नेत

भारतको सुरक्षा निकायका टोलीको सर्वोच्च शिखरलगायतका हिमालको एकपछि अर्को आरोहण


वर्ष भारतीय सेनाका तीन टोलीका २९ जनाको डफ्फाले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्यो । ६ जेठ ०७३ मा लेफ्टिनेन्ट कर्नेल रणवीरसिंह जमवल १० जनाको फौजी टोलीको नेतृत्व गरी सगरमाथाबाट झर्दा नझर्दै भोलिपल्टै थप दुईवटा भारतीय सुरक्षा टोली टुप्पोमा पुगे । ७ जेठमा कर्नेल गौरव कार्की र विशाल अल्हवात क्रमशस् १४ र पााच सदस्यीय आरोहण टोलीसहित शिखरमा पुगेका थिए । सगरमाथाबाट ओर्लिएका लेफ्टिनेन्ट कर्नेल जमवल भने फेरि ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्से हिमाल उक्लिए । यसअघि उनी दुईपटक सगरमाथा चढिसकेका थिए, ०७० र ०७१ मा ।

फेरि अशान्त सहर


  • मनबहादुर बस्नेत

गोली प्रहार र अपहरणका घटनामा वृद्धि 

फागुन महिनामा दुई साताको अवधिमा राजधानीमा तीनवटा अपहरणका घटना भए । एक जनाको त ज्यान नै गयो भने एउटा घटनामा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भयो । यिनै घटनाको सिलसिला हो, मखनटोलका साडी पसले श्यामसुन्दर अग्रवालको अपहरण । प्रकाश लामिछाने, राधिका श्रेष्ठ, किशोर गिरी र सरोज घोरासैनीले अग्रवाललाई ४ फागुनमा अपहरण गरे । सुन्धाराको सनसाइन होटलमा पुर्‍याएपछि १० लाख रुपियाा धरौटी लिएर उनीहरूले अग्रवालका हातगोडा बााधिदिए र मुखमा टेप टाासेर छोडिदिएका थिए । अपहरणकारीमध्ये एक अग्रवालको पसलमा काम गर्ने युवती नै थिइन्, राधिका । अपहरणको पोल खुल्ने भयले भोलिपल्टै अपहरणकारी समूहले आफ्नै सदस्य राधिकाको हत्या गरिदिएका थिए ।

लगालग अपहरणका घटनाले काठमाडौा खाल्डोमा गुन्डागर्दी र आपराधिक गतिविधि बढेपछि धेरैलाई झस्काएको थियो । यसभन्दा ठूलो त्रास त त्यतिबेला भयो, जतिखेर अपहरण र हत्याका यी घटनामा खाटा नबस्दै गोली नै चल्न थाल्यो । जस्तो स् २९ चैतमा गौरीघाटमा गुन्डा नाइके योगेन्ऽ लामा (दाबा)माथि गोली प्रहार भयो । त्यसको ६ दिनपछि नै ललितपुरमा क्रिस्चियन महासंघका कार्यालय सचिव सन्तोष खड्का अर्को निसानामा परे ।

अवसरजति अयोग्यलाई


  • मनबहादुर बस्नेत


क्षमताहीन अस्थायी शिक्षकलाई स्थायी बनाउने प्रक्रिया फेरि सुरु

बिनाप्रतिस्पर्धा नियुक्त भएका हुन्, अस्थायी शिक्षकहरू । ६ महिनाको अस्थायी अवधिका लागि भर्ना भएर दशकौासम्म पढाएका यिनै अपरीक्षितले अब स्थायी शिक्षक बनेर स्कुले बालबालिकाको भविष्य निर्देश गर्नेछन् । यसका लागि शिक्षक सेवा आयोगले पदपूर्तिको विज्ञापन खुलाइसकेको छ । यस अन्तर्गत अस्थायीहरूबीच मात्रै आन्तरिक प्रतिस्पर्धा गराएर करिब १७ हजार स्थायी बनाउादै छ ।


खुला प्रतिस्पर्धाबाट क्षमतावान् शिक्षकहरू भित्रिने फराकिलो द्वारलाई बन्द गरेर सरकारले रोजेको यो नियन्त्रित र संकुचित बाटोले त्यसै त खस्कादो सार्वजनिक शिक्षाको हालत झनै कमजोर बनाउनेमा शंका छैन । यो प्रतिस्पर्धाबाट राम्राभन्दा पनि कामचलाउ शिक्षक मात्रै छानिने छन् । किनभने, आयोगले एकातिर प्रतिस्पर्धाको दायरा खुम्च्याइदिएको छ भने अर्को्तिर परीक्षाको पाठ्यक्रमसमेत छुट्टै बनाइदिएको छ । खुला प्रतिस्पर्धीहरूका लागि तयार भएको पाठ्यक्रम अनुसार यी शिक्षक परीक्षामा सामेल हुने छैनन् । आयोगले अस्थायी शिक्षकका लागि अनुकूल हुने छुट्टै पाठ्यक्रम तयार गरिदिएको छ । स्वाभाविक हो, यस्तो अस्थायी शिक्षकमैत्री परीक्षाबाट सिपालु र दक्ष शिक्षक छानिादैनन् । शिक्षाविद् विष्णु कार्की भन्छन्, ँयो प्रक्रियाले नेपालको सार्वजनिक शिक्षाको गुणस्तरलाई पछाडि नै धकेल्ने हो ।”

ज्यादातीको मुश्लो


  • मनबहादुर बस्नेत

आनन्दबजार । कञ्चनपुरको दक्षिणपूर्व, नेपाल–भारत सीमावर्ती क्षेत्रको यो नेपाली बस्तीले नाम अनुसारको आनन्दको अनुभव कहिल्यै गर्न पाएन । विसं २०३० को दशकमा बस्ती विकास भएको यो क्षेत्र अशान्त मात्र छैन, अनगन्ती कष्ट र अपमान झेल्दै आइरहेको छ ।
द्विपक्षीय सीमा विवाद र भारतको सीमा सुरक्षा बल (एसएसबी)ले दैनिक दिने सास्तीका कारण यहााका बासिन्दा जहिल्यै तनावमा छन् । र, २६ फागुनमा तनाव बढेर नेपालीले मृत्युसम्म बेहोर्नुपर्‍यो । स्थानीय नेपालीले आफ्नै सीमाभित्र कल्भर्ट निर्माण गर्दा भारतीय पक्षबाट विरोध भएपछि विवाद बल्झिएको थियो । नेपाली भूमिमै पसेर एसएसबीका एक जवानले गोली हान्दा गोविन्द गौतम, ३२, को मृत्यु भयो । त्यसअघि पनि बारम्बार यो क्षेत्रमा झडप र तनाव हुने गथ्र्यो । सीमा प्रहरी कार्यालय, आनन्दबजारका अनुसार यो झडप १८औा थियो ।

व्यवस्थापिका संसद्को अन्तर्रा्ष्टि्रय सम्बन्ध र मानव अधिकार समितिले ०६६ मा गरेको स्थलगत अध्ययन भ्रमणको प्रतिवेदन अनुसार एसएसबीको त्रासका कारण यहााका नेपालीले लालपुर्जा भएको आफ्नो जग्गासमेत जोतभोग गर्न पाएका छैनन् । साथै, नेपाली भूमिमा लगाएको बालीसमेत बलजफ् ती लैजाने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । ‘यस क्षेत्रको अधिकांश जमिन भारतीयहरूलाई ठेक्का र भोग–बन्धकी दिनुपर्ने बाध्यता छ,’ प्रतिवेदनमा भनिएको छ ।