Thursday, April 17, 2025

गृहपृष्ठहिमालखबर विशेष प्रहरीकै गोप्य प्रतिवेदनको खुलासा : तीनकुने प्रदर्शनमा अर्धस्वचालित हतियारबाट ११० गोली प्रहार

पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले हिंसात्मक प्रदर्शन, लूटपाट र आगजनी गरेको घटनामा प्रहरीले सुरक्षा रणनीति होइन, घातक हतियारको सहारा लिएको प्रहरीकै गोप्य प्रतिवेदनबाट खुलेको छ। राजावादीले शान्तिपूर्ण भनेको प्रदर्शनमा दुई जनाको ज्यान गएको र प्रदर्शनकारीले निजी सम्पत्तिमा आगजनी तथा लूटपाट गरिएको घटनासँगै सुरक्षाकर्मीको भूमिकामाथि पनि प्रश्न उठेको छ। तीनकुने घटनामा प्रहरीको कमजोरी देखाउने एकपछि अर्को भिडिओ सार्वजनिक हुन थालेपछि प्रहरी प्रधान कार्यालयले एकाएक चैत २० गते प्रतिरक्षा गर्न पत्रकार सम्मलेन गर्‍यो। प्रवक्ता प्रहरी नायब महानिरीक्षक ‍‌(डीआईजी) दिनेशकुमार आचार्यले ‘प्रहरीले न्यूनतम बल प्रयोग’ गरेको बारम्बर दोहोर्‍याउँदै एउटा विवरण पनि सार्वजनिक गरे। जस अनुसार भीड नियन्त्रण गर्न ५८ राउन्ड गोली र ७४६ वटा अश्रुग्यास प्रहार गरेको थियो। ५८ राउन्डमध्ये कति जंगी राउन्ड ९साँच्चिकैको गोली०, कति हवाई फायर र कति रबर बुलेट हो भन्ने उनले खुलाएनन्। 

तर जिल्ला प्रहरी परिसर, काठमाडौंले चैत २० गते तयार पारेको एक गोप्य रिपोर्टमा डीआईजी आचार्यले भनेभन्दा दोब्बर संख्यामा त ‘जंगी राउन्ड’ नै फायर भएको उल्लेख छ। उच्च स्रोतबाट हिमालखबरलाई प्राप्त ३९ पृष्ठको