Sunday, April 19, 2015

अपराधको आर्जन १४ वर्षमा १५ करोड


  • मनराज गुरुङको आपराधिक घटनामा संलग्नता, आर्थिक हैसियत र अभिजात्य जीवनशैली प्रहरीका लागि पनि आश्चर्यजनक



विलासी जीवन: अपराधको कमाइ यसरी मोजमस्तीमा प्रयोग गर्छन्, मनराज गुरुङ । 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मनराज गुरुङ, ३०, र प्रमेश चौहान, ३२, लाई २९ फागुनमा पक्राउ गरेपछि १२ वर्ष पुरानो चर्चित रानीबारी हत्याकाण्डको रहस्य त सुल्झियो । तर, हत्यामा संलग्नताको आरोपमा पक्राउ परेकामध्ये मनराजको पृष्ठभूमि, आपराधिक घटनामा संग्लग्नताको शृंखला  र आर्थिक हैसियतले प्रहरीलाई नै आश्चर्यमा पारििदएको छ ।

दोलखाको उत्तरी गाउँ खारे-६ को विपन्न परविारमा जन्मेका मनराजसँग अहिले करबि १५ करोड रुपियाँ बराबरको चलअचल सम्पत्ति छ । कुनै व्यापारकि घरानाको भन्दा कम छैन, उनको जीवनशैली । बजारमा भित्रिएका महँगा गाडीमा हुँइकिन्छन् । २६ लाख रुपियाँ पर्ने डुकाटी मोटरसाइकल छ । लक्जरयिस सेग्मेन्टमा  पर्ने बीएमडब्लू, ल्यान्ड क्रुजर र ग्रान्ड भिटराजस्ता गाडी फेरीफेरी कुदाउँछन् ।

कुनै रेस्टुराँ छिर्दा भीआईपी अतिथिको जस्तो स्वागत पाउँछन् । क्यासिनो र तारे होटलका हेल्थ क्लबहरूमा पनि नियमित पुग्छन् । बाहिरबाट झट्ट हेर्दा मनराजको जीवनशैली लोभलाग्दो देखिन्छ । तर, यसको स्रोत खोज्दै जाँदा डरलाग्दो पाटो उघि्रन्छ ।

रानीबारी, काठमाडौँमा ३१ असार ०५९ मा कम्प्युटर इन्जिनियर हेमन्त श्रेष्ठ दम्पतीको  हत्यामा मनराजको प्रमुख भूमिका रहेको प्रहरी दाबी छ । तर, घटना भएको १२ वर्ष ७ महिनासम्म उनले निरपराधजस्तै खुला जीवनयापन गरे । राजनीतिक दलदेखि प्रहरी र प्रशासनसम्म सम्बन्ध विस्तार गरेर उनले निर्धक्क एक  दशकभन्दा बढी अवैध आर्जन गररिहे । बेलाबेलामा गुन्डागर्दी र अन्य हत्याका घटनामा संलग्नताको आरोपमा पक्राउ पर्दै छुट्दै गरेका मनराज रानीबारी हत्याकाण्डमा संलग्नताको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् । "यति सम्पन्न र सानदार जीवनशैली बाँच्ने आधार के हो ? उनको कमाइको स्र ोतबारे पनि हामी अनुसन्धान गर्छांै," सीआईबीका निर्देशक तथा प्रहरी नायब महानिरीक्षक -डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, "यसका लागि तुरुन्तै अन्य निकायसँग समन्वय गरेर अनुसन्धान गर्छौं ।"

गुन्डागर्दीबाट सुरु भएको मनराजको अवैध असुलीको धन्दा पछिल्लो समय वैदेशिक रोजगार व्यवसायीलाई धम्क्याएर रकम असुल्ने, व्यक्तिगत लेनदेनमा फसेको रकम उठाइदिएर कमिसन लिने र एउटा पक्षबाट रकम -सुपारी) लिई अर्को पक्षको हत्या गर्नेसम्म रहेको प्रहरी अनुसन्धानका क्रममा फेला परेको छ । प्रहरीका  अनुसार रानीबारी हत्याको मुख्य तारो इन्जिनियर दम्पतीकी घरबेटी गीता खड्का थिइन्, जो वैदेशिक रोजगार व्यवसायमा संलग्न थिइन् ।

मनराजको उदय